बालेनको उमेद्वारी: मधेसवादीलाई दनक कि अवसर ? | Khabarhub Khabarhub

बालेनको उमेद्वारी: मधेसवादीलाई दनक कि अवसर ?



काठमाडौं महानगरपालिका देशको संघीय राजधानी हो। तर, काठमाडौंको पहिचान देशको राजधानीका रुपमा मात्रै सीमित छैन। धार्मिक, सांस्कृतिक तथा पुरातात्त्विक महत्त्व बोकेको सहर पनि हो। काठमाडौंका मानव निर्मित धेरै सम्पदालाई संयुक्त राष्ट्रसंघले विश्व सम्पदा सूचीमा राखेको छ। मानव निर्मित सम्पदा मात्रै होइनन् काठमाडौंका रैथानेले निरन्तरता दिँदै आएको संस्कृति पनि पुरातात्त्विक भन्दा अझैमाथि छ।

२००७ सालको जनक्रान्ति अघिसम्म नेपाल भनेर काठमाडौं उपत्यकालाई मात्रै चिनिन्थ्यो। कुनै बेला नेपाल राज्य काठमाडौं उपत्यकाका चार भन्ज्याङ भित्र मात्रै सीमित भएको इतिहास पाइन्छ। विश्वमा नेपालले गर्व गर्न लायक सम्पदा तथा संस्कृति काठमाडौं उपत्याकामा मात्रै छन् भन्दा फरक पर्दैन। लिच्छिवी तथा मल्लकालमा बनेका भौतिक पूर्वाधार यसका साक्षी हुन्। उपत्यकाका रैथानेले मनाउँदै आएका चाड, पर्व, मेला, जात्रा पनि यसका साक्षी हुन्। विदेशी पर्यटक नेपाल आउने भनेको हिमाल चढ्न मात्रै होइन, हिमाल त अरु देशमा पनि छन्। तर, काठमाडौं जस्ता पुरातात्त्विक सम्पदा तथा काठमाडौंको जस्तो पुरानो जीवन्त संस्कृति विश्वमा कतै छैन।

२००७ सालको जनक्रान्ति अघिसम्म नेपाल भनेर काठमाडौं उपत्यकालाई मात्रै चिनिन्थ्यो। कुनै बेला नेपाल राज्य काठमाडौं उपत्यकाका चार भन्ज्याङ भित्र मात्रै सीमित भएको इतिहास पाइन्छ।

लिच्छवीकालमा र मल्लकालको सुरुवाती समयमा नेपाल विश्वका १० वटा धनी, विकसित र सुसंस्कृत देशको सूचीमा पथ्र्यो भन्ने कुरा बुझ्न इतिहास पढ्नै पर्दैन। उपत्यका भित्रका संरचना हेर्ने हो भने पनि पुग्छ। लिच्छवीकाल तथा मल्लकालमा काठमाडौं उपत्यकाका तीन सहरमा सडकको व्यवस्था जती राम्रो थियो, त्यति राम्रो विश्वमा कतै पनि थिएन। खानेपानीको व्यवस्थापन काठमाडौं उपत्याकाका तीन सहरमा जति समुन्नत थियो, त्यति समुन्नत विश्वका अन्य कुनै पनि सहरमा थिएन। कला कौशलको कुरा गर्ने हो भने त बूढानीलकण्ठको मूर्ति तथा पाटनको कृष्ण मन्दिरको संरचना हेर्ने हो भने पनि पुष्टि हुन्छ। त्यतिबेला नेपाल उपत्यकाको जत्तिको इन्जिजियरिङ पद्धति विश्वमा कतै पनि नभएको प्रष्ट हुन्छ।

यति ठूलो ऐतिहासिक तथा पुरातात्त्विक गौरव बोकेका तीन सहर नेपाल कहिलेदेखि खस्कन थाल्यो ? के कारणले खस्कन थाल्यो ? अझै खस्कँदै गयो भने नेपालको अवस्था के होला ? कम्तीमा पनि वैशाख ३० गतेको स्थानीय निर्वाचनमा मतदान गर्नुअघि काठमाडौंका मतदाताले यी प्रश्नको उत्तर थाह पाउनु जरुरी छ।

नेपाल उपत्यकाको सभ्यता तथा संस्कृति भन्दा बाहिरका मानिसको शासन सत्ताले यहाँको सम्पदालाई पारेको प्रभावका बारेमा पनि कहिलेकाही बहस हुने गरेको छ।

नेपाल उपत्यकाको सभ्यता तथा संस्कृति भन्दा बाहिरका मानिसको शासन सत्ताले यहाँको सम्पदालाई पारेको प्रभावका बारेमा पनि कहिलेकाही बहस हुने गरेको छ। नेपाल उपत्यकाको राजनीतिक इतिहास निकै पेचिलो छ। लिच्छिवी शासक पनि उपत्यकाका रैथाने थिएनन्। तर, उनीहरु केही पुस्ता भित्रै यहाँको नेवा सभ्यतामा समाहित भए। मल्ल शासक पनि उपत्यकाका रैथाने थिएनन्, मधेसी थिए। तर, कालन्तरमा मल्ल शासक पनि नेवा सभ्यतामा समाहित भए।

एकीकरणपछि नेपालमा शाह राजाको शासन सुरु भयो। तर, शाह राजा नेवा सभ्यतामा समाहित हुन सकेनन्। एक हिसाबले भन्नु पर्दा शाह राजा र नेवा सभ्यताबीच सँधै टक्कर चलिरह्यो। शाह राजाको शासन सुरु भएपछि काठमाडौंका तीन सहरको मौलिक विकासमा पूर्ण विराम लाग्यो। तर, साविकका सम्पदा तथा संस्कृतिको संरक्षणलाई अवरुद्ध बनाउन भने शाह राजाको शासनले पनि सकेन। बरु देखावटी रुपमै भए पनि केही सम्पदा, संस्कृति तथा जात्रा पर्वको संरक्षणमा राज्यको संलग्नतालाई निरन्तरता दिइयो। इन्द्रजात्रा, भोटो जात्रा, भैरव जात्रालगायतका चाड पर्वमा राजाको सहभागिता हुने प्रचलनलाई शाह राजाले पनि निरन्तरता दिए। तर, शाह राजासँग उपत्यकाका रैथाने कहिल्यै खुशी भएनन्।

इन्द्रजात्रा, भोटो जात्रा, भैरव जात्रालगायतका चाड पर्वमा राजाको सहभागिता हुने प्रचलनलाई शाह राजाले पनि निरन्तरता दिए। तर, शाह राजासँग उपत्यकाका रैथाने कहिल्यै खुशी भएनन्।

राणा शासन हटाउन होस् या गणतन्त्र स्थापनाका लागि होस्, काठमाडौंका रैथानेको योगदान तथा सहभागिता अन्य समुदायको भन्दा बढी छ। उपत्यकाका रैथानेलाई रिझाउन शाह राजा तथा राणाले पनि प्रयास नगरेका भने होइनन्। त्यतिबेला राणा शासकले सर्वसाधरण जनता पनि पुग्नसक्ने सर्वोच्च पद सिर्जना गरेका थिए। त्यो पद हो बडाकाजी। श्रीपेच लगाउन पाउने इजाजत भएको उक्त पदमा पुगेका थिए बडाकाजी रत्नमान सिंह। तर, रत्नमानको काखमै बसेर उनका नाती गणेशमान सिंहले राणा शासन ढाल्ने आन्दोलनको अगुवाइ गरे। गणेशमान सिंह राणा शासनको अन्त्यका मामिलामा मात्रै होइन, गणतन्त्रको मामिलामा समेत स्पष्ट थिए। २०४७ सालको संविधान निर्माणका क्रममा काठमाडौं उपत्यकाका रैथानेले धर्म निरपेक्षताको आवाज अघि सार्दा गणेशमान सिंहले भनेका थिए,‘हिन्दू राजतन्त्र रहेको देशमा धर्म निरपेक्षता सम्भव छैन, धर्म निरपेक्षताका लागि अझै १५-२० वर्ष पर्खनुपर्छ।’

२०४६ सालको जनआन्दोलन गणेशमान सिंहकै नेतृत्वमा भएको हो। पञ्चायती व्यवस्था ढाल्न गणेशमानको सर्वोपरी भूमिकाका विषयमा दुई मत छैन। तर, उनी २०४६ सालको जनआन्दोलनका उपलब्धिलाई मात्रै चित्त बुझाएर बसेका थिएनन् भन्ने कुरा स्पष्ट हुन्छ। उनले नेपाली कांग्रेस पार्टी किन छाडे ? भन्ने प्रश्नको उत्तर नखोजेसम्म, मुलुकमा गणतन्त्र किन र कसरी आयो ? भन्ने प्रश्नको स्पष्ट उत्तर पाउन सकिन्न।

गणेशमानले आँकलन गरेकै समयअवधि भित्र मुलुकमा गणतन्त्र आएको छ। गणतन्त्रको मुख्य उपलब्धि भनेकै अधिकार सम्पन्न स्थानीय सरकार हो।

गणेशमानले आँकलन गरेकै समयअवधि भित्र मुलुकमा गणतन्त्र आएको छ। गणतन्त्रको मुख्य उपलब्धि भनेकै अधिकार सम्पन्न स्थानीय सरकार हो। नेपालमा ७ सय ५३ वटा स्थानीय सरकार छन्। तिनै ७ सय ५३ मध्येका काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका तथा भक्तपुर नगरपालिका हुन्। यी तीन सहरका मेयर भनेका त्यतिबेलाका मल्ल राजा जस्तै हुन भन्दा पनि फरक नपर्ला। फरक के हो भने त्यतिबेलाका मल्लराजा सांस्कृतिक प्रमुख जस्ता मात्रै थिए। तर, यतिबेलाका मेयर भनेका विकास तथा शासन प्रमुख बनेका छन्।

सांस्कृतिक प्रमुखको भूमिकामा यी तीन सहरका मेयर अझै आउन सकेका छैनन्। अझै पनि जात्रा पर्वमा शाह राजाको ठाउँमा राष्ट्रपति सहभागी हुने परम्पराले निरन्तरता पाइरहेको छ। राष्ट्रपति पदमा नेवा सभ्यता भन्दा बहिरका मान्छे मात्रै होइन इशाई तथा इस्लाम धर्मावलम्बी पनि पुग्ने सम्भावना रहन्छ। त्यसैले राष्ट्र प्रमुखको सट्टा मेयरले नै सांस्कृतिक नेतृत्व गर्नु उपयुक्त हुने धारणा काठमाडौंका रैथानेको रहिआएको देखिन्छ।

काडमाडौं उपत्यकाका तीन सहरका रैथानेले आफ्नो सभ्यता भन्दा बाहिरको व्यक्तिलाई मेयर पदमा चुनाव जिताएका घटना खासै छैनन्।

काडमाडौं उपत्यकाका तीन सहरका रैथानेले आफ्नो सभ्यता भन्दा बाहिरको व्यक्तिलाई मेयर पदमा चुनाव जिताएका घटना खासै छैनन्। उदाहरणका लागि २०४९ सालमा कांग्रेसका पिएल सिंहले करिव २० हजार मतको अन्तरमा चुनाव जिते। तर, २०५४ सालको निर्वाचनमा कांग्रेसकै मनमोहन भट्टराईले ३० हजार भोटको अन्तरले चुनाव जिते। यसैगरी २०७० सालको आम निर्वाचनमा काठमाडौंका निर्वाचन क्षेत्रबाट नेपाली कांग्रेसका उमेद्वारले एमालेका उमेद्वार भन्दा ८ हजार मत बढी ल्याएका थिए। तर, २०७४ सालको स्थानीय निर्वाचनमा कांग्रेसका मेयर पदका उमेद्वार राजु जोशीले करिब २० हजार मत अन्तरले चुनाव हारे भने कांग्रेसकै उपमेयर पदकी उमेद्वार हरिप्रभा खड्गीले करिव ३० हजार मत अन्तरले चुनाव जितिन्।

राजधानी काठमाडौं उपत्यकाको प्रश्न मात्रै होइन यो। आफ्नो सभ्यता तथा संस्कृति भन्दा बाहिरको व्यक्तिलाई रैथानेले हतपत भोट दिँदैनन्। जहाँ रैथाने सभ्यता समुदायको निर्णायक मत छैन, वा उनीहरु संगठित छैनन्, त्यहाँ मात्रै बसिराखेकोले चुनाव जित्ने गरेको देखिन्छ। तर, काठमाडौंका तीन सहरको हकमा रैथाने सभ्याता समुदायको बहुमत छ र रैथाने सभ्यताबोकेको समुदाय संगठित पनि छ।

काठमाडौंका तीन सहरको हकमा रैथाने सभ्याता समुदायको बहुमत छ र रैथाने सभ्यताबोकेको समुदाय संगठित पनि छ।

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका सन्दर्भमा काठमाडौं महानगरका केही घटना निकै पेचिला छन्। उदाहरणका लागि मेयर पदमा स्वतन्त्र उमेद्वारी घोषणा गरेका मध्ये सुनिता डंगोल र बालेन साह धेरै नै चर्चामा थिए। तर, कम्युनिष्ट पारिवारिक पृष्ठभूमीकी सुनिता डंगोललाई नेकपा (एमाल)ले टपक्क टिपेर उपमेयर पदमा उमेद्वार बनायो। यता प्रजातान्त्रिक पृष्ठभूमीका बालेन साहलाई कुनै पनि पार्टीले वास्ता गरेनन्। यसको मुख्य कारण हो सुनिता डंगोल रैथाने सभ्यता बोकेको ज्यापु समुदायकी प्रतिक हुन्। तर, बालेन साह मधेसको तेली समुदायका युवा हुन्। बालेनका हजुरबुबा अजोधी साहले २००७ सालको जनक्रान्तिका बेला जनकपुर क्षेत्रमा ठूलो योगदान पुर्याएका थिए। बालेनका पिता डा. रामनायण साहको पनि नेविसंघ र नेपाली कांग्रेसमा धेरै ठूलो योगदान छ। जनकपुर उपमहानगरपालिका भित्र कांग्रेस तथा मधेसी दलको राजनीति बालेन साहको परिवारको वरिपरी नै घुमिरहेको छ।

मधेसी समुदायका युवाले काठमाडौं महानगरपालिकाको मेयर उमेद्वारका रुपमा यति ठूलो चर्चा पाएको नेपालको इतिहासमै पहिलो घटना हो। युवा जमातमा अत्यन्त लोकप्रिय छन् बालेन।

बालेन साह मधेसको तेली समुदायका युवा हुन्। बालेनका हजुरबुबा अजोधी साहले २००७ सालको जनक्रान्तिका बेला जनकपुर क्षेत्रमा ठूलो योगदान पुर्याएका थिए। बालेनका पिता डा. रामनायण साहको पनि नेविसंघ र नेपाली कांग्रेसमा धेरै ठूलो योगदान छ।

काठमाडौंका चार जना युवाहरुलाई सोध्ने हो भने एक जनाले बालेनको पक्ष लिएको देखिन्छ। यो भनेको जित्न पुग्ने भोट हो। तर, बालेनको पक्षमा जुटेका करिव ९५ प्रतिशत युवा काठमाडौं महानगरपालिकाका मतदाता होइनन्। त्यसो त काठमाडौं महानगरपालिकामा करिव १० हजार भोट मधेसी समुदायको छ। यति हुँदाहुँदै पनि नेपाली कांग्रेसले बालेनलाई अघि बढाउने हिम्मत गरेन। किनकी अघिल्ला पटकका दुई स्थानीय निर्वाचनबाट नेपाली कांग्रेसले मज्जाले पाठ सिकेको देखिन्छ।

गत स्थानीय तहको निर्वाचनमा रन्जु दर्शनाले जुन ठाउँ ओगटेकी थिइन, त्यो ठाउँ बालेनले ओगट्ने अड्कलबाजी धेरैले गरेका छन्। यो अड्कलबाजी सही ठहरियो भने कांग्रेसकी सिर्जना सिंहविरुद्ध शक्ति केन्द्रले निकै ठूलो चलखेल गरेको पुष्टि हुन्छ।

काठमाडौं उपत्यकाको रैथाने सभ्यता बोकेको समुदायले अन्य समुदायका राजनीतिकर्मीलाई भन्ने गरेको छ,‘हाम्रो विकास हामी आँफै गर्न सक्षम छौँ, विगतमा गरेर देखाएका पनि हौं, तपाईंहरु आफ्नै थातथलोलाई अलपत्र पारेर किन काठमाडौं ताक्नु हुन्छ ?’ हुन पनि यो प्रश्न कम पेचिलो छैन। बालेनकै उदाहरण लिने हो भने पनि उनले काठमाडौंको मेयरमा दाबी गर्नका लागि इन्जिनियरिङको पढाइलाई आफ्नो मुख्य योग्यता भनेका छन्। तर, इन्जिनियरको कमी काठमाडौंको रैथाने समुदायमा छैन। उता मधेस क्षेत्रले भने इन्जिनियरकै अभाव बेहोरिरहेको छ। काठमाडौं बाहिर डाक्टर र इन्जिनियर नजाने समस्याका कारण पनि नेपालको विकास अवरुद्ध भएको हो कि ? भन्ने बहसलाई नजर अन्दाज गर्न मिल्दैन।

तर, कुनै मधेसीले काठमाडौंको मेयरमा चुनाव जित्नु या नजिते पनि सम्मानित भोट ल्याउनु भनेको नेपालका लागि सानो उपलब्धि हुँदैन। किनकी मधेसी दलका नेताले आफ्नो नारामा भन्ने गरेका छन्, ‘ काठमाडौंमा मधेसीलाई खुव हेप्ने गरिन्छ। यदि बालेनले चुनाव जित्ने वा सम्मानजनक भोट ल्याउने हो भने, मधेसीदलले अघि सारेको साम्प्रदायिक राजनीति बिसर्जन हुनेछ।

प्रकाशित मिति : १६ बैशाख २०७९, शुक्रबार  ८ : ३४ बजे

Nepatop

ब्राजिलको ब्रासिलियामा ‘एक्स्पो नेपाल २०२४’

काठमाडौँ– ब्राजिलको राजधानी ब्रासिलियामा आजदेखि नेपाली दूतावास र रक सिद्धि

‘उखु किसानको पलायन रोक्नुपर्छ’

जनकपुरधाम– मधेस प्रदेशका उखु उत्पादक किसानले उखु खेतीबाट बढीभन्दा बढी

डा. रुइतलाई गृह जिल्लामा अभिनन्दन

ताप्लेजुङ– नेपाल नेत्र ज्योति सङ्घ ताप्लेजुङले प्रख्यात नेत्ररोग विशेषज्ञ डा.

आईपीएलमा उत्कृष्ट प्रदर्शनको आशा गरिएका खेलाडीहरू

भारतको बहुप्रतिक्षित आईपीएल अर्को महिना सुरु हुँदैछ । विश्वका फ्रेन्चाइज

काया फेरिएकी नुमा भन्छिन्– अपमानको आँसुलाई हाँसोमा बदलेँ

विराटनगर– लिम्बू भाषामा ‘नुमा’ भनेको सुन्दर हो । तर यौनिक