जुम्लामा एक सय बाइस जनाको मोतिविन्दुको निःशुल्क शल्यक्रिया « Khabarhub

जुम्लामा एक सय बाइस जनाको मोतिविन्दुको निःशुल्क शल्यक्रिया


८ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

जुम्ला – जुम्लामा १२२ जनाको मोतिविन्दुको निःशुल्क शल्यक्रिया गरिएको छ । आर्थिक अभाव र भौगोलिक विकटताले मोतियाविन्दुको उपचार गर्न नसकेका बिरामीको निःशुल्क शल्यक्रिया गरिएको हो ।

नेपाल नेत्रज्योति सङ्घ जुम्लाको आयोजना तथा हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोग र रिड्ले आई फाउन्डेसन नेपालको आर्थिक सहयोगमा सञ्चालन भएको दुईदिने आँखा शिविरमा १२२ जना मोतिविन्दु बिरामीको निःशुल्क शल्यक्रिया गरिएको नेपाल नेत्रज्योति सङ्घ जुम्लाका सभापति जगदीश चौलागाईंले जानकारी दिए ।

नेत्रज्योति सङ्घमा सोमबार र मङ्गलबार सञ्चालन भएको उक्त शिविरमा ५४६ जना बिरामीको आँखा चेकजाँच गरिएको छ । यसअघि यहाँका आठ वटै स्थानीय तहमा भएको मोतिविन्दु छनोट शिविरमा ५४० जना गरी जम्मा एक हजार ८६ जना बिरामीको हिमालय आँखा अस्पताल पोखराका आँखा विशेषज्ञ चिकित्सक हरिविक्रम अधिकारीको टोलीबाट बिरामीको आँखा चेकजाँच तथा मोतिविन्दुको शल्यक्रिया भएको नेपाल नेत्रज्योति सङ्घका सभापति चौलागाईंको भनाइ छ ।

अधिकांश आँखाका बिरामीले आर्थिक अभावका कारण उपचार गराउन पाएका थिएनन् । उक्त निःशुल्क शिविरले निकै राहत भएको नेत्रज्योति सङ्घ चन्दननाथ आँखा अस्पतालका आई वर्कर सुपरभाइजर दलबहादुर महताराले जानकारी दिए ।

स्थानीय तहमा भएको मोतिविन्दु छनोट शिविरबाट ६१ जनालाई बिरामी मोतिविन्दुका लागि सिफारिस भएर आएका थियो । मोतिविन्दु देखिएका सबै बिरामीको निःशुल्क शल्यक्रिया गरिएको छ । शिविरमा चस्मा आवश्यक देखिएका २५० जना बिरामीलाई निःशुल्क चस्मासमेत वितरण गरिएको चन्दननाथ आँखा अस्पतालका सुपरभाइजर महताराको भनाइ छ ।

प्रकाशित मिति : ८ बैशाख २०८३, मंगलबार  १० : ४३ बजे

झपट रावलले भने– बादलको प्रतिवेदन वस्तुनिष्ठ होइन, ‘व्यक्ति केन्द्रित टिपोट’ मात्रै

काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य झपट रावलले पार्टी पुनर्गठन

भोटेकोशी बाढी : नेपाल प्रहरीद्वारा ‘टिमुरे टु त्रिवेणी’ अप्रेशन सञ्चालन

काठमाडौं – भोटेकोशी बाढीबाट प्रभावितको उद्धार तथा बेपत्ता भएकाको खोजीलाई

दुई दिनमा साढे ३ लाख सिलिन्डर ग्यास भित्रियो, उपभोक्तालाई भने अझै सास्ती

काठमाडौं – पछिल्लो दुई दिनमा भारतबाट नेपालका विभिन्न नाका हुँदै

भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

बर्दिया – रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा छोराबुहारी बेपत्ता भएपछि

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी – राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल