माओवादीका उम्मेदवार नै एमाले प्रवेश « Khabarhub

माओवादीका उम्मेदवार नै एमाले प्रवेश


१६ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रसुवा – नेकपा (माओवादी केन्द्र)बाट रसुवाको गोसाइँकुण्ड गाउँपालिकामा अध्यक्षका उम्मेदवार बनेका नेता नेकपा एमालेमा प्रवेश गरेका छन् । माओवादीको गाउँपालिका इन्चार्ज समेतका रहेका अध्यक्षका उम्मेदवार तेन्जिङ छेसाङ तामाङ एमालेमा प्रवेश गरेका हुन्।

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि उनले माओवादीबाट उम्मेदवारी दर्ता गराएका थिए । उनीसँगै गोसाइँकुण्ड गाउँपालिका ५ का वडाध्यक्षका उम्मेदवार पनि एमालेमा प्रवेश गरेका छन्।

बिहीबार एक कार्यक्रमबीच एमाले नेताहरूले दुवै जनालाई फूलमाला लगाएर पार्टीमा स्वागत गरेका छन्। एमाले नै सशक्त पार्टी भएको भन्दै माओवादीबाट दिएको उम्मेदवारीसमेत फिर्ता लिने गरी पार्टीमा प्रवेश गरेको तामाङको भनाइ छ।

एमाले शीर्ष नेताहरूसँगको सल्लाह र परामर्शमा माओवादी छोडेको उनले बताए ।

प्रकाशित मिति : १६ बैशाख २०७९, शुक्रबार  ८ : ४८ बजे

शान्ति स्थापनाका लागि १० हजारसम्म सुरक्षाकर्मी पठाउन तयार छौँ : मन्त्री खनाल

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापनाका अभियानमा

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका विदेशमन्त्री एलिना भाल्टोनेनबीच

कांग्रेस हेटौँडाको नगर सभापतिमा ७ मतले कोइराला निर्वाचित

काठमाडौँ । नेपाली कांग्रेस हेटौँडा उपमहानगर समितिको सभापति पदमा रामकृष्ण

एमाले केन्द्रीय कमिटी बैठक : अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित

काठमाडौं – नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकले अध्यक्ष केपी