जुम्लाबाट सात हजार ३३० मेट्रिकटन स्याउ निर्यात « Khabarhub

जुम्लाबाट सात हजार ३३० मेट्रिकटन स्याउ निर्यात


२ कार्तिक २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

जुम्ला- जुम्लाबाट सात हजारभन्दा बढी मेट्रिकटन टन स्याउ निर्यात भएको छ । कृषि विकास कार्यालयको तथ्याङ्कअनुसार जिल्लामा उत्पादन भएको स्याउ हालसम्म करिब सात हजार ३३० मेट्रिकटन बाहिरी जिल्लामा गएको छ । कृषि विकास कार्यालयका प्रमुख रामभक्त अधिकारीले जिल्लामा करिब १९ हजार ५०० मेट्रिकटन स्याउ उत्पादन भई रु ५५ करोड बराबरको कारोबार हुने अनुमान गरिएको जानकारी दिए ।

हाल प्रतिकेजी न्यूनतम रु ७५ मा स्थानीय बगैँचाबाट किसानले स्याउ बिक्री गरिरहेका छन् । तातोपानी गाउँपालिका–६ स्थित बाँजारावलामा सात हजार १४० रोपनी क्षेत्रफलमा भएको सामूहिक स्याउ खेतीबाट मात्र ३४ मेट्रिकटन स्याउ उत्पादन भएको छ । जसबाट मात्र रु ३० लाख बराबरको स्याउ बिक्री भएको कार्यालय प्रमुख अधिकारीको भनाइ छ ।

जुम्लामा झण्डै चार हजार ६०५ हेक्टर अर्थात् ९२ हजार ८० रोपनी क्षेत्रफलमा स्याउखेती हुने गरेको छ । चालु आवमा झण्डै १०८ हेक्टर अर्थात् दुई हजार १६० रोपनी थप क्षेत्रफलमा स्याउखेती विस्तार गरिने लक्ष्य कार्यालयले लिएको कार्यालय प्रमुख अधिकारीले बताए ।

उच्च जातको फुजी स्याउको खेती भने जम्मा ५२ हेक्टर क्षेत्रफलमा भएको छ । यस वर्ष ४९ हेक्टरमा मात्र फुजी स्याउ फलेको कृषि कार्यालयले जनाएको छ । यसैगरी, रेडडेलिसेस, रोयलडेलिसेस, गोल्डेन, रिचा रेड, जनाथन, स्पोरलगायत स्थानीय जातका स्याउको खेती भई बिक्री वितरण भइरहेको कृषि कार्यालयले जनाएको छ ।

केही स्याउ व्यापारीले कोल्ड स्टोरका साथै घरमा पनि राखिएकाले निर्यात र रकम बढ्न सक्ने अनुमान गरिएको छ । कार्यालयका अनुसार यहाँका आठवटै स्थानीय तहका करिब १९ हजार घरधुरी स्याउ खेतीमै निर्भर रहेको जनाएको छ ।

यो वर्ष भारतबाट आउने स्याउ नेपालमा बन्द भएपछि जुम्लाको स्याउले बजार राम्रो पाएको छ । जिल्लाबाट एक हजार ५०० कार्टुन स्याउ खरिद गरी नेपालगञ्जमा बिक्री गरेको हिमा गाउँपालिकाका स्थानीय स्याउ व्यापारी माया रोकायाले जानकारी दिइन् ।

प्रकाशित मिति : २ कार्तिक २०८३, सोमबार  ७ : २३ बजे

ओमनविरुद्ध १० रनले विजयी हुँदै नेपाल लिग-२ को छैटौँ स्थानमा

काठमाडौं- नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को आफ्नो अन्तिम

महानवमीमा मात्र खुल्ने तलेजु भवानी मन्दिरमा भोलि बिहान ५ बजेदेखि पूजाआरधना गर्न पाइने

काठमाडौँ- विश्व सम्पदा सूचीमा सूचिकृत हनुमानढोका दरबार क्षेत्रभित्र रहेको तलेजु

जुम्लाबाट सात हजार ३३० मेट्रिकटन स्याउ निर्यात

जुम्ला- जुम्लाबाट सात हजारभन्दा बढी मेट्रिकटन टन स्याउ निर्यात भएको

दक्षिण सुडानमा ड्रोन आक्रमण, ८० जनाको मृत्यु

जुबा- दक्षिण सुडानको बजारनजिक भएको ड्रोन आक्रमणमा कम्तीमा ८० जनाको

दसैँको संस्कृतिबाट साधनाको पक्ष बिलाउन लागेको छ : संस्कृतिविद् डा. टण्डन

काठमाडौं- नेपालको सांस्कृतिक क्षेत्रमा डा गोविन्द टण्डन स्थापित नाम हो