अमेरिकाले युक्रेनलाई थप ३३ अर्ब डलर सहयोग गर्ने « Khabarhub

अमेरिकाले युक्रेनलाई थप ३३ अर्ब डलर सहयोग गर्ने


१६ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनलाई थप ३३ अर्ब डलरको सहयोग घोषणा गरेका छन् । युक्रेनमा रुसी आक्रमण जारी रहेका बेला राष्ट्रपति बाइडेनले नयाँ सहायताको घोषणा गरेका हुन् ।

उनको सहायता प्याकेजमा २० अर्ब सैन्य सहयोग, साढे ८ अर्ब आर्थिक सहायता र ३ अर्ब मानवीय सहायता समेत रहेको बीबीसीले जनाएको छ ।

उनले यसबारे कांग्रेसलाई आग्रह गर्ने जनाइएको छ ।

‘यो सस्तो छैन ।’ बाइडेनलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ, ‘तर आक्रमण सहेर बस्नु अझ महङ्गो हुनेछ ।’

राष्ट्रपति बाइडेनले युक्रेनमा परिचालित हरेक रुसी ट्यांकलाई मार हान्न १० वटा ट्यांकभेदी हतियार अमेरिकाले सहयोग गरेको समेत जानकारी दिए ।

कठोर बयानबाजीका बावजुद राष्ट्रपति बाइडेनले अमेरिकाले रुसमाथि आक्रमण गरेको हिसाबमा यसलाई लिन नहुने समेत बताए । ‘हामीले रुसी आक्रमणबाट रक्षा गर्न युक्रेनलाई सहयोग गरेका हौँ ।’ बाइडेनले भने ।

यसअघि गत बुधबार रुसी विदेश मन्त्रालयले पश्चिमा मुलुकहरुले युक्रेनलाई हतियार सहयोग गरेको खण्डमा त्यसले युरोपेली महादेशकै सुरक्षामा खतरा उत्पन्न गर्ने चेतावनी दिएको थियो ।

प्रकाशित मिति : १६ बैशाख २०७९, शुक्रबार  १२ : ५९ बजे

स्वस्थानीका व्रतालु परदेश यात्रामा, पशुपतिमा पूजा (तस्बिरहरू)

काठमाडौं– एक महिने स्वस्थानी व्रत अनुसार व्रतालुहरूले परदेश यात्रा अन्तर्गत

गगन र निर्वाचन आयोगविरुद्ध मुद्दा लिएर सर्वोच्चमा देउवा पक्ष

काठमाडौं- दोस्रो विशेष महाधिवेशनबाट सभापति गगन थापा र निर्वाचन आयोगविरुद्ध

नेपालगन्जमा चौथो मःम महोत्सव सुरु

नेपालगन्ज– विभिन्न दुई सय प्रकारका मःमको स्वाद प्राप्त गर्ने गरी

सिंहदरबारमा बस्यो राष्ट्रियसभा बैठक (तस्बिरहरू)

काठमाडौं– गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलपछि

सुनको मूल्य निरन्तर बढ्दो, तोलामा दुई लाख ७७ हजार नाघ्यो

काठमाडौं– विवाहको याम सुरु भएसँगै सुनको मूल्य निरन्तर बढिरहेको छ