चीनमा कोरोना संक्रमित बढ्दै « Khabarhub

चीनमा कोरोना संक्रमित बढ्दै


१६ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चीनमा पछिल्ला केही दिनमा कोरोना भाइरसका संक्रमितहरुको संख्या बढिरहेको छ । चीनका अधिकारीहरुले दिएको जानकारीअनुसार चीनमा ३४ घण्टामा ५ हजार ६४६ जना संक्रमित भेटिएका हुन् ।

पछिल्लो समयमा चीनको सांघाइ सहरमा धेरै संक्रमित देखिएका छन् । यस सहरमा मात्र गएको २४ घन्टायता ५ हजार ४८७ जना संक्रमित फेला परेका छन् ।

चीनका विभिन्न सहर र राजधानी बेइजिङमा थप संक्रमितहरु देखिने क्रम जारी नै रहेको बताइएको छ । चिनियाँ राजधानी सहरमा चीन सरकारले पछिल्लो समयमा संक्रमणबाट बच्न सुरक्षाका मापदण्डहरु अपनाउने गरेको भए पनि संक्रमितहरु भने प्रत्येक दिन देखिएका छन् ।

पछिल्ला हप्ताहरुमा चीनको सांघाइ सहरमा सबैभन्दा धेरै संक्रमितहरु देखिन थालेका हुन् । सांघाइ सहरमा पछिल्लो समयमा संक्रमितहरु अन्यत्रभन्दा धेरै देखिन थालेका बताइएको छ ।

त्यहाँ हरेक दिन एक हजारभन्दा बढी संक्रमितहरु देखिन थालेका छन् र ती मध्ये अधिकांश चीनभित्रै संक्रमित भएका हुन् ।

प्रकाशित मिति : १६ बैशाख २०७९, शुक्रबार  २ : ०० बजे

एमाले केन्द्रीय कमिटीको दोस्रो दिन : आज सदस्यले धारणा राख्ने, समय तीन मिनेट

काठमाडौँ- नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकको आज दोस्रो दिन

डाटा सेन्टरको समस्या समाधान, शेयर कारोबार सञ्चालन हुने

काठमाडौँ– नेपाल स्टक एक्सचेन्ज (नेप्से) का ७२ कारोबार सदस्यको डाटा

झापामा भदौ महिनामा २५ विपद्का घटना, उन्नाइस लाख बढीको क्षति

झापा– झापामा भदौ महिनामा २५ विपद्का घटना हुँदा १९ लाख

फ्लाई दुबईबाट पोखरा आउने यात्रुलाई होटल र रेष्टुराँमा छुट

गण्डकी– आगामी बुधबारदेखि फ्लाई दुबईले सुरु गर्ने दुबई–पोखरा–दुबई सीधा हवाई

अकस्मात् बदलियो प्रतिनिधि सभाको कार्यसूची

काठमाडौँ – प्रतिनिधि सभाको बैठकको निर्धारित कार्यसूची आकस्मिक रूपमा परिवर्तन