दक्षिण कोरियामा उत्तरलाई गोप्य सैनिक सूचना चुहाउने दुई पक्राउ « Khabarhub

 दक्षिण कोरियामा उत्तरलाई गोप्य सैनिक सूचना चुहाउने दुई पक्राउ


१६ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उत्तर कोरियालाई गोप्य सैनिक सूचना चुहाएको आरोपमा दक्षिण कोरियामा दुई जना पक्राउ परेका छन् । उत्तर कोरियालाई गोप्य सूचना चुहाएको आरोपमा पक्राउ पर्नेमा एकजना भर्चुअल मुद्रा कम्पनीका प्रमुख र एकजना सैनिक अधिकारी रहेको जनाइएको छ ।

उनीहरुलाई यही महिनाको शुरुमा पक्राउ गरिएको र उनीहरूको पहिचान गोप्य राखिएको बीबीसीले जनाएको छ । दक्षिण कोरियाली अधिकारीहरुले भर्चुअल मुद्रा कम्पनीका प्रमुखको नाम ली र सैनिक अधिकारीको नाम क्याप्टेन बी राखेपनि उनीहरूको अन्य विवरण उपलब्ध गराइएको छैन ।

उनीहरुले स्मार्ट घडीबाट जासुसी गर्ने गरेका थिए । बीबीसीले जनाएअनुसार लीले ‘घडीजस्तो गोप्य क्यामेरा’ क्याप्टेन बीलाई पठाएका थिए । सोही घडीबाट क्याप्टेन बीले उत्तर कोरियाका लागि जासुसी गर्ने गरेको बताइएको छ ।

त्यसबाहेक लीले युएसबीजस्तो ह्याकिङ उपकरण पनि क्याप्टेन बीलाई उपलब्ध गराएका थिए । यसबाट अन्य विद्युतीय उपकरणको डेटामा पनि क्याप्टेन बीले सहजै पहुँच पुर्‍याएका थिए ।

गोप्य सूचना दिएको बदलामा उत्तर कोरियाले उनीहरुलाई ठूलो परिमाणमा पैसा उपलब्ध गराएको बताइएको छ । अभियोजनकर्ताले दिएको जानकारी अनुसार सूचना चुहाएबापत क्याप्टेन बीले झण्डै ३८ हजार डलर र लीले साढे ५ लाख डलर क्रिप्टोकरेन्सीमार्फत प्राप्त गरेका थिए ।

पक्राउ परेकाहरुलाई राष्ट्रिय सुरक्षा कानून अनुसार कारवाही गरिने दक्षिण कोरियाली समाचार संस्था योन्हापले जनाएको छ ।

प्रकाशित मिति : १६ बैशाख २०७९, शुक्रबार  ३ : १७ बजे

इस्लामावादमा उच्च सुरक्षा सतर्कता, इरान-अमेरिका वार्ता भोलि

काठमाडौं- पाकिस्तानको राजधानी इस्लामावादमा अहिले सुरक्षा व्यवस्था कडा पारिएको छ

प्रतिनिधि सभाका १० वटा विषयगत समितिमा कुन सांसदलाई कहाँ राखियो ?

काठमाडौं- फागुन २१ गतेको निर्वाचनबाट चुनिएको प्रतिनिधि सभाका १० वटा

वालेन्द्र क्याबिनेटमा पुगे ६ महिला सदस्य, ३७ प्रतिशत सहभागिता

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्मा उल्लेखनीय रूपमा महिला सहभागी

चितवनका ७२ जनामा क्षयरोग पुष्टि

चितवन- चितवन जिल्लाका विभिन्न पालिकामा गरिएको एआई एक्सरे क्याम्पबाट ७२

संसद्को चालु अधिवेशन मध्यरातिबाट अन्त्य

काठमाडौं- प्रतिनिधि सभाको चालु पहिलो संसद् अधिवेशन शुक्रबार मध्यराति १२