मस्कलाई ट्विटर किन्न टेस्लाको शेयर बेचेर पुगेन, साढे २५ अर्ब ऋण लिँदै « Khabarhub

मस्कलाई ट्विटर किन्न टेस्लाको शेयर बेचेर पुगेन, साढे २५ अर्ब ऋण लिँदै


१६ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सामाजिक सञ्जाल ट्विटर खरिदका लागि विश्वकै धनाढ्य इलोन मस्कले टेस्ला कम्पनीको शेयर विक्री गरेका छन् । उनले टेस्लाको ४४ लाख शेयर विक्री गरेको समाचार संस्था एपीले जनाएको छ ।

८७२ डलरदेखि ९९९ डलरसम्म प्रतिशेयर विक्रीबाट उनले ४ अर्ब डलर संकलन गरिएको बताइएको छ । उनले अधिकांश शेयर गत मंगलबार विक्री गरेका हुन् । मंगलबार टेस्लाको शेयरमा १२ प्रतिशतको भारी गिरावट आएको थियो ।

यद्यपि उनले टेस्लाको अरु शेयर विक्री नगर्ने बताएको एपीले जनाएको छ ।

केही समयअघि मस्कले ४४ अर्ब डलरमा ट्विटर खरिद गर्ने प्रस्ताव गरेका थिए । उनको प्रस्तावलाई ट्विटरको बोर्डले सदर गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

बाँकी पैसा जुटाउनका लागि उनले साढे २५ अर्ब ऋण लिनसक्ने एपीले जनाएको छ ।

प्रकाशित मिति : १६ बैशाख २०७९, शुक्रबार  ३ : ३१ बजे

सुनको मूल्य निरन्तर बढ्दो, तोलामा दुई लाख ७७ हजार नाघ्यो

काठमाडौं– विवाहको याम सुरु भएसँगै सुनको मूल्य निरन्तर बढिरहेको छ

छिसवाङमा मार्ग खुलेको १५ वर्षपछि सडक स्तरोन्नति थालियो

म्याग्दी– म्याग्दीको मङ्गला गाउँपालिका–५ छिसवाङमा मार्ग खुलेको १५ वर्षपछि सडक

आईसीसी महिला टी–२० : नेपालले थाइल्याण्डलाई दियो १२३ रनको लक्ष्य

काठमाडौं– आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटमा नेपालले थाइल्याण्डसामु १

रौतहटमा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु

रौतहट– रौतहटको दुर्गा भगवती गाउँपालिका–३ र ५ को बीचमा पर्ने

एमालेले आज काठमाडौंमा जनप्रदर्शन र सभा गर्दै

काठमाडौं– नेकपा एमालेले आज काठमाडौंमा जनप्रदर्शन र जनसभा गर्ने भएको