इन्डोनेसियामा पहिरोमा परी सुन खानीमा काम गर्ने १२ महिला कामदारको मृत्यु | Khabarhub Khabarhub

इन्डोनेसियामा पहिरोमा परी सुन खानीमा काम गर्ने १२ महिला कामदारको मृत्यु


१६ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इन्डोनेसियाको उत्तरी सुमात्रा प्रान्तमा पहिरोमा परी सुन खानीमा काम गर्ने १२ महिला कामदारको मृत्यु भएको छ । घटनामा अरु दुई जना घाइते भएको प्रहरीले जनाएको छ । उक्त सुन खानी अवैध रुपमा सञ्चालित रहेको समेत अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

मण्डैलिङ नाताल क्षेत्रको बन्दर लिमाबुङ गाउँमा पहिरो जानुअघि अवैध सुन खानीमा केही व्यक्ति काम गरिरहेका थिए ।

अचानक चट्टानको एक भाग भत्किएको र यसमा परी खानीमा काम गरिरहेका महिलाहरू मारिएका जिल्ला प्रहरी प्रमुख रजा चेरुलले स्थानीय सञ्चारमाध्यमलाई बताए । 

दुर्घटनाको छानबिन भइरहेको पनि उनले जानकारी दिएका छन् । खानीमा काम कुल  १४ जना पहिरोमा गाडिएका थिए ।

ती मध्ये दुईजना बाँचेको र मृतकको शवलाई प्रहरीले परिवारलाई फिर्ता गरेको जनाइएको छ  । इन्डोनेशियामा धेरै खानीहरु बिना इजाजतपत्र सञ्चालनमा रहेको बताइएको छ ।

गतवर्ष त्यहाँको सुलावेसी प्रान्तमा अवैधानीक रुपमा सञ्चालन भएको सुन खानीमा गएको पहिरोमा परी ६ जना कामदारको मृत्यु भएको थियो ।

 

प्रकाशित मिति : १६ बैशाख २०७९, शुक्रबार  ५ : २३ बजे

छामछुम समिति : रवि जोखिममा, अरु धरापमा

यो आलेख तयार पार्दासम्म सहकारी क्षेत्रको बेथितिमाथि छानविनका लागि संसदीय

नेप्सेमा देखियो समस्या, केहीबेरमा समाधान हुने 

काठमाडौं–नेपाल स्टक एक्चेञ्जमा समस्या देखिएको छ । नेप्से बन्द हुनु

फेरि सर्‍यो प्रतिनिधिसभा बैठक 

काठमाडौं– सत्तापक्ष र प्रतिपक्षबीच सहकारी ठगी प्रकरण छानबिनका लागि गठन

प्रधानमन्त्रीको विश्वासको मत रोक्न माग गर्दै सर्वोच्च पुगे उपेन्द्र

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले

राष्ट्रिय सभा बैठक बस्दै नबसी स्थगित 

काठमाडौं– संघीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभा बैठक स्थगित भएको