ओलीलाई शर्माको सुझाव : लोकतान्त्रिक संस्कृति बुझ्नलाई मदन भण्डारीको पुस्तक पढ्नु « Khabarhub

ओलीलाई शर्माको सुझाव : लोकतान्त्रिक संस्कृति बुझ्नलाई मदन भण्डारीको पुस्तक पढ्नु


१६ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले लोकतान्त्रिक संस्कृतिलाई बुझ्नका लागि मदन भण्डारीको पुस्तक पढ्न एमाले अध्यक्ष केपी ओलीलाई सुझाव दिएका छन् ।

शुक्रबार पार्टी कार्यालय सानेपामा चुनावी गीत तथा प्रचारप्रसार सामाग्री सार्वजनिक कार्यक्रममा शर्माले अराजनीतिक ढंगले ओलीले कांग्रेस र कांग्रेसको घोषणापत्रप्रति टिप्पणी गरेको भन्दै मदन भण्डारीबाट केही सिक्न सुझाव दिएका हुन् ।

No description available.

मुखमा बहुदलिय जनवाद र बगलीमा स्टालीनबाद बोकेर देशको समृद्धि हासिल गर्न नसक्ने उनले भनाइ छ । शर्माले निर्वाचनमा सवै दलले लोकतान्त्रिक संस्कृति देखाउनुपर्ने धारणा राखे। शर्माले प्रचार अभियानलाई आवेगका साथ नभइ संयमका साथ अघि बढाउन आग्रह गरे ।

शर्माले कांग्रेसले सक्ने काम मात्र घोषणापत्रमा उल्लेख गरेको भन्दै घोषणापत्रलाई जनतामाझ लैजान निर्देशन दिए ।

प्रकाशित मिति : १६ बैशाख २०७९, शुक्रबार  ६ : ५३ बजे

पाँचथरका ६० वटै वडामा कांग्रेसको सर्वसम्मत नेतृत्व चयन

पाँचथर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पाँचथरका ६० वटै वडामा

कांग्रेसको वडा अधिवेशन : ७३ जिल्लाका ६ हजार १३२ वडामा निर्वाचन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत देशभर जारी वडा

करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ

काठमाडौं – प्रहरीले सप्तरीको डाक्नेश्वरी नगरपालिका-६ फतेपुर टोलबाट अवैध लागुऔषध

सुनसरीमा रुखले च्यापिएर महिलाको मृत्यु

सुनसरी – सुनसरीमा आज रुख ढलेर च्यापिँदा बर्जु गाउँपालिकामा एक

मनास्लु हिमपहिरो पुरिएर नेपाली गाइडसहित दुई जनाको मृत्यु

काठमाडौं – मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइडसहित दुई जनाको