म्युजिक भिडियो निर्देशक समाजमा विधानको नेतृत्व « Khabarhub

म्युजिक भिडियो निर्देशक समाजमा विधानको नेतृत्व


१६ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– म्युजिक भिडियो निर्देशकहरूको छाता संस्था नेपाल म्युजिक भिडियो निर्देशक समाजले नयाँ कार्यसमिति पाएको छ । 

शुक्रबार राजधानीमा आयोजित समाजको प्रथम साधारण सभा तथा अधिवेशनबाट संस्थापक अध्यक्ष विधान कार्कीको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध चयन भएको हो । समाजको प्रथम उपाध्यक्षमा देवेन्द्र पाण्डे र द्वितीय उपाध्यक्षमा निकेश खड्का निर्विरोध चुनिएका छन् ।

त्यस्तै, महासचिवमा सुव्रतराज आचार्य, सचिवमा प्रकाश घिताल, कोषाध्यक्षमा बविता श्रेष्ठ र सह-कोषाध्यक्षमा डि.आर सुजन (डिल्लीराम रेग्मी) चयन भए । सदस्यहरूमा भने कृष्णदेश रूपाखेती, सुरेन्द्र बसेल, देवेन्द्र कुँवर, जनक बहादुर सिंह, लक्षु गौतम, दयाराम घिमिरे, नरेन्द्र विष्ट (गम्भीर) र देवराज आचार्य चयन भएका छन् । 

नयाँ कार्यसमितिले पद तथा गोपनियताको सपथ ग्रहण गरेपछि कार्यसमितिको पहिलो बैठकले उपाध्यक्ष र सह सचिव पदमा मनोनित गरेको छ । उपाध्यक्षमा निशान घिमिरे र सह सचिवमा समन अधिकारी मनोनित भएका हुन् । 

योसँगै नेपाल म्युजिक भिडियो निर्देशक समाजको कार्यसमिति १७ जनाको भएको छ । यो कार्यसमितिको कार्यकाल २ वर्षको हुनेछ ।

प्रकाशित मिति : १६ बैशाख २०७९, शुक्रबार  ७ : ५६ बजे

पहिलो पटक संघीय सरकारमा ३३ प्रतिशत महिला

काठमाडौं- नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको १५ सदस्यीय मन्त्रिपरिषद्मा

कानुन सुधारको जिम्मा अब सोविताको काँधमा 

काठमाडौं– नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम चितवन

बालेन्द्रलाई महेश बस्नेतको बधाई, भने : जिम्मेवारी प्रमाणित गर्नुस्

काठमाडौं– नेकपा एमालेका सचिव महेश बस्नेतले नवगठित सरकारका प्रधानमन्त्री बालेन्द्र

देउवाले दिए बालेन्द्रलाई बधाई

काठमाडौं- नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीमा नियुक्त भएकामा

इरानमाथि हवाई हमलाबारे बैठक हुने : रुसी सरकारी मिडिया

मस्को– संयुक्त राष्ट्र सुरक्षा परिषद्ले रुसी अनुरोधमा शुक्रबार बन्द बैठक