भाडा समायोजनको माग राखि ट्रक व्यवसायी आन्दोलित, २० जेठदेखि ट्रक नचलाउने चेतावनी « Khabarhub

भाडा समायोजनको माग राखि ट्रक व्यवसायी आन्दोलित, २० जेठदेखि ट्रक नचलाउने चेतावनी


१५ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भैरहवा- सरकारले सात वर्षअघि समायोजन गरी तोकेको भाडादर अझै कार्यान्वयन नगरेको भन्दै ट्रक व्यवसायीहरू आन्दोलित भएका छन् ।

तत्काल उक्त भाडादार कार्यान्वयन नभए २० जेठदेखि लुम्बिनी क्षेत्रका ट्रक व्यवसायीले ट्रक ठप्प पार्ने चेतावनी दिएका छन् । लुम्बिनी ट्रक व्यवसायी संघका अध्यक्ष विष्णु खरेलले दुध र सब्जीको मूल्य बढ्दा तुरुन्तै बढ्ने, तेलको मूल्य पटकपटक बढ्दा हाम्रो चाही वर्षौँसम्म नबढ्ने भएपछि व्यवसायनै धरापमा परेको बताए ।

‘हामीले सस्तोमा सेवा दिए पनि उपभोक्ताले यसको फाइदा नपाएर दलाललाई कमाउने बाटो भएको छ, अति नै भएपछि विस्फोट हुन्छ सोही अनुरुप यातायात व्यवसायीले भाडा समायोजन कार्यान्वयनका लागि अवाज उठाएका हुन् ।’ उनले भने ।

सरकारलेनै तोकेको भाडादर नपाउँदा पेसा नै संकटमा परेको भन्दै २० जेठबाट ट्रक घर र ग्यारेजमा थन्काएर ढुवानी रोक्ने निर्णय गरेको पश्चिमाञ्चल यातायात व्यवसायी समितिका अध्यक्ष यमप्रसाद पाण्डेले बताए । पश्चिमाञ्चल यातायात व्यवसायी समिति बुटवलको अगुवाइ तथा लुम्बिनी प्रदेशका अन्य ट्रक समितिहरु समेतको सहकार्यमा समायोजित भाडादर कार्यान्वयनका लागि ट्रक व्यवसायीहरूले आन्दोलन तय गरेका हुन् ।

आन्दोलनसँगै व्यवसायी संस्थाहरूले लोडिङ कार्डलाई व्यवस्थित र पारदर्शी बनाउने, विभिन्न ट्रक समितिहरुको प्रतिनिधित्वमा अनुगमन गर्ने र सरकारले तोकेको भाडा प्राप्तिका लागि ट्रान्सपोर्ट व्यवसायीहरुसँग पनि सहकार्य गर्ने निर्णय गरेको अध्यक्ष पाण्डेले बताए ।

 

प्रकाशित मिति : १५ जेठ २०७९, आइतबार  २ : ५५ बजे

अमेरिकी अभियानमा साथ नदिन दक्षिण कोरियालाई इरानको चेतावनी

तेहरान- इरानको विदेश मन्त्रालयले सोमबार दक्षिण कोरियालाई होर्मुज जलसन्धिमा अमेरिकी

बाढीमा आफन्त हराएकाहरू भन्छन्- गृहमन्त्रीज्यू, अक्सिजन बोक्ने हामी छौँ, तपाईं स्टन्ट रोकेर काम गर्नुस्

काठमाडौं– त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजना स्थलमा उद्धार कार्य प्रभावकारी रुपमा

खानेपानीको मूल सुक्दै गएपछि पुनर्जीवित कार्यक्रमको सुरुवात

काभ्रेपलाञ्चोक– पछिल्ला केही वर्षदेखि काभ्रेपलाञ्चोकका अधिकांश स्थानीय तहमा खानेपानीको मुहान

राष्ट्रपति पौडेलले भने : विपत्तिमा परेका नागरिकलाई राज्यको साथ र भरोसा चाहिएको छ

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले गत भदौ १० गते रसुवाको भोटेकोशी

जलवायु परिवर्तनका कारण उत्पन्न जोखिमप्रति राष्ट्रपति पौडेलले गराए अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण

काठमाडौं- रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रको स्थलगगत अवलोकनपछि