थप ४२ हजार ८५७ नागरिक आधारभूत खानेपानीको पहुँचमा « Khabarhub

थप ४२ हजार ८५७ नागरिक आधारभूत खानेपानीको पहुँचमा


१५ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- चालु आर्थिक वर्षमा थप ४२ हजार ८५७ नागरिक आधारभूत खानेपानीको पहुँच पुगेका छन् । गत आवको सुरुमा ९३ दशमलव २१ प्रतिशत नागरिक खानेपानीको पहुँचमा पुगेका र हाल ९३ दशमलब ३५ प्रतिशतमा पुगेको सरकारद्वारा शनिबार सार्वजनिक भएको चालू आर्थिक वर्षको आर्थिक सर्वेक्षणमा उल्लेख छ । 

हाल देशभरमा २४ दशमलव ८२ प्रतिशत नागरिकमा उच्च तथा मध्यमस्तरको खानेपानीको पहुँच पुगेको छ । गत आवको अन्त्यसम्ममा २४ दशमलव ६५ प्रतिशतमा उच्च तथा मध्यमस्तरको खानेपानीको पहुँच पुगेको थियो । 

गत फागुनसम्ममा विभिन्न खानेपानी तथा सरसफाइ कार्यक्रम र आयोजनाबाट ९२ हजार ५०५ जना खानेपानी तथा सरसफाइ सेवाबाट लाभान्वित भएका छन् । ‘एक घर एक शौचालय’ को अवधारणाअनुसार शतप्रतिशत नागरिकमा खानेपानीको पहुँच पुगेको छ ।

हालसम्म ३८२ पालिकाका ११ हजार ४२५ खानेपानी प्रणालीको तथ्याङ्क सङ्कलन गरिएको छ । यसमा प्रणालीको संरचनागत अवस्था, खानेपानीको पहुँच नपुगेका समुदाय, सरसफाइको अवस्था, विद्यालयको खानेपानी तथा सरसफाइको अवस्थाको पहिचान भएको छ । खानेपानीसम्बन्धी विकास आयोजनाका आर्थिक, सामाजिक र प्राविधिक क्षेत्रमा दक्ष तथा अदक्ष गरी झण्डै २० हजारले रोजगारी पाएका छन् । 

मेलम्ची खानेपानी आयोजनामा भएको क्षतिको मर्मत भइरहेको बताइएको छ । जलवायु अनुकूलित बृहत् खानेपानी आयोजनाअन्तर्गत गोर्खा–दरौदी, हर्रे–टुनिबोटे डुँडेखोला वृहत पम्पिङ तथा आङ्ना मौवा सम्पन्न भएर थप २५ हजार ९८९ व्यक्ति मध्यमस्तरको खानेपानीबाट लाभान्वित भएका छन् । 

खानेपानी तथा ढल व्यवस्थापन विभागअन्तर्गत नारायणी सहलगानी खानेपानी आयोजना, नवलपुर तथा भरतपुर सहलगानी आयोजना, दाङ आयोजना सम्पन्न भएर थप १३ हजार ६१२ जनसङ्ख्यालाई उच्चस्तरको पानी उपलब्ध गरिएको छ  । काठमाडौँ उपत्यका खानेपानी सुधार आयोजनाअन्तर्गतका १० पोखरीमध्ये चालू आवमा बाँकी एउटा पनि सम्पन्न भएको छ । सो आयोजनामा ७७ किमी थोक वितरण प्रणाली सम्पन्न भएको छ भने एक हजार १० किमी वितरण सञ्जाल सुधारमध्ये एक हजार किमी सम्पन्न भएको छ । 

गुहयेश्वरी ढल प्रशोधन केन्द्रबाट ३२ दशमलव चार मिलियन लिटर प्रतिदिन पानी प्रशोधित भएर बागमतीमा प्रवाह भइरहेको छ । वर्षात्को पानी सङ्कलन गर्ने कार्यक्रममा थप १६ स्थानमा वर्षात्को पानी सङ्कलन प्रविधि जडान भएर चार हजार आठ सय जनसङ्ख्या लाभान्वित भएको छ । चालू आवमा वाटर एटिएम थप छ स्थानमा जडान भएको तथ्याङ्क छ । 

 

प्रकाशित मिति : १५ जेठ २०७९, आइतबार  ३ : १९ बजे

ओयारजाबालको दुई गोलमा स्पेनको शानदार सुरुवात, साउदीविरुद्ध पहिलो हाफमै ३–० को अग्रता

काठमाडौं – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को खेलमा

साउदीविरुद्ध स्पेनको आक्रामक सुरूवात, ३–० को अग्रता

काठमाडौं – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को खेलमा

आँप महोत्सव सम्पन्न : उत्साहित किसान

महोत्तरी – किसानलाई प्रोत्साहन गर्दै आँपखेतीको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित

तिलिचो भक्ति यात्रा सम्पन्न

मुस्ताङ – तिलिचो ताललाई धार्मिक तथा आध्यात्मिक पर्यटकीय गन्तव्यका रुपमा

इरानलाई ट्रम्पको चेतावनी : हिजबुल्लाहलाई नियन्त्रण नगरे कडा कारबाही गर्न बाध्य हुनेछौं

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई लेबनानमा सक्रिय रहेको