लमजुङको कोइलेनीमा टिपर दुर्घटना हुँदा ४ को मृत्यु « Khabarhub

लमजुङको कोइलेनीमा टिपर दुर्घटना हुँदा ४ को मृत्यु


१५ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ- लमजुङको मध्यनेपालमा टिपर दुर्घटना हुँदा चार जनाको ज्यान गएको छ । मध्यनेपाल नगरपालिका वडा नम्बर ७ र ८ को सिमाना पर्ने कोइलेनी भन्ने स्थानमा बा ४ ख ७७८१ नम्बरको टिपर दुर्घटना भएको हो । मध्यपहाडी लोकमार्ग अन्तर्गत भोर्लेटार सडक खण्डमा काम गर्दै आएको काष्ठमण्डप कन्स्ट्रक्सन प्रालिको टिपर दुर्घटना भएको हो ।

सडक आयोजनाका लागि ढुंगा ढुवानी गर्नेक्रममा टिपर सडकबाट करिब ३० मिटर तल खसेको हो । दुर्घटनामा परि टिपर चालकसहित चार जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी मृत्यु हुनेमा सोही टिपरका चालक अन्दाजी २७ वर्षीय आकाश घिमिरेसहित सो आयोजनाका सुपरभाइजर र सहयोगी रहेका छन् ।

त्यसैगरी अन्य मृतक मध्ये सोही आयोजनाका सुपरभाइजर अन्दाजी ४५ वर्षीय उत्तम न्यौपाने रहेका छन् । अन्य दुई जना अन्दाजी २८ वर्षीय पारस शाह र अन्दाजी २५ वर्षीय रवीन्द्र सेढाईं रहेका छन् । उनीहरूको नाम खुले पनि ठेगाना भने यकिन नभएको प्रहरीले जनाएको छ ।न्युज कारखाना

प्रकाशित मिति : १५ जेठ २०७९, आइतबार  ५ : ५७ बजे

आजका समाचार : कांग्रेस महाधिवेशनको तयारी पूरा, नयाँ भवन ऐन संसदमा दर्ता, अर्थमन्त्री अमेरिकातिर र ३२ करोड ५० लाख ब्यारेल तेल बजारमा

हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछ : प्रधानमन्त्री शाहप्रधानमन्त्री वालेन्द्र शाहले

प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लैजान संयोजक दाहालको आह्वान

बनेपा (काभ्रे)- नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित

मुस्ताङ– राष्ट्रिय गौरवको बेनी–जोमसोम सडक अवरुद्ध भएसँगै मुस्ताङमा पेट्रोलियम पदार्थ

बाढीमा मृत्यु तथा बेपत्ता राष्ट्रसेवकका परिवारलाई २५ हजार राहत

त्रिशूली – भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीमा परी मृत्यु तथा

‘गगनले सकेनन्, कांग्रेसलाई एक बनाएर म देखाउँछु’

काठमाडौं- नेपाल विद्यार्थी संगठनका पूर्वअध्यक्ष एवम् नेपाली कांग्रेसका पूर्वमहामन्त्री किशोर