ब्रेकिङ स्टोरी

काठमाडौँबाट चितवन एक घण्टामा पुग्ने द्रुतमार्ग निर्माण गरिने 

By खबरहब

May 29, 2022

काठमाडौँ- सरकारले आगामी आर्थिक वर्ष २०७९/८० बाट काठमाडौँ–चितवन द्रुतमार्ग निर्माण प्रक्रिया अघि बढाउने भएको छ । 

अर्थमन्त्री जनार्दन शर्माले आज संसद्‌मा आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै उक्त कुरा बताएका हुन् । 

‘काठमाडौँदेखि चितवनको यात्रा एक घण्टामा गर्नेगरी चन्द्रागिरी–चित्लाङ–पालुङ–चितवनु द्रुतमार्ग पहिलो चरणमा निर्माण गर्ने र चितवन–रामपुर–बुटवल र चितवन–रामपुर–पोखरा द्रुतमार्ग निजी क्षेत्रको लगानीमा निर्माण गर्न लगानी बोर्ड नेपाल मार्फत प्रक्रिया अघि बढाइने छ,’ मन्त्री शर्माले भने । 

यसबाट काठमाडौँदेखि बुटबल र काठमाडौँदेखि पोखरासम्मको यात्रा उल्लेख्य रुपमा छोटिने उनले जनाए छ ।