काम सुरु भइसकेको आयोजनाका लागि फेरि सम्भाव्यता अध्ययन गर्ने घोषणा « Khabarhub

काम सुरु भइसकेको आयोजनाका लागि फेरि सम्भाव्यता अध्ययन गर्ने घोषणा


१५ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी- २०७७ सालमै सुख्खा बन्दरगाह निर्माणको काम अघि बढेको भन्दै तत्कालिन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले शुभारम्भ गरेको कञ्चनपुरको सुख्खा बन्दरगाह निर्माणका लागि फेरी सम्भाव्यता अध्ययन गर्ने सरकारले घोषणा गरेको छ ।

एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारका मन्त्री रहेको भट्टले २०७७ कार्तिकमा कञ्चनपुरको दोधारामा सुख्खा बन्दरगाह निर्माण कार्य शुभारम्भ भएको घोषणा गरेका थिए । उनले सुख्खा बन्दरगाह निर्माणका लागि सम्भाव्यता अध्ययन समेत भइसकेको घोषणा गरेका थिए ।

आर्थिक वर्ष २०७९/८० को बजेट वक्तव्यमा भने दोधारमा सुख्खा बन्दरगाह निर्माणका लागि आवश्यक सम्भाव्यता अध्ययन गर्ने घोषणा गरिएको छ । आइतबार आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले सुख्खा बन्दरगाह निर्माणका लागि आगामी आर्थिक वर्षमा सम्भाव्यता अध्ययन गरिने उल्लेख गरेका हुन् ।

अर्थमन्त्री जनार्दन शर्माले बजेट भाषण गर्दै आगामी आर्थिक वर्षमा कञ्चनपुरको चादनीदोधारामा सुख्खा बन्दरगाह निर्माणका लागि सम्भाव्यता अध्ययन गरी निर्माण कार्य अगाडि बढाइने उल्लेख गरेका छन् । तर केपी ओली नेतृत्वको सरकारले यसअघि नै दोधारा स्थित महाकाली नदीमा सुख्खा बन्दरगाह उद्घाटन गरिसकेको छ ।

ओली सरकारका तत्कालीन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मन्त्री लेखराज भट्टले २०७७ कात्तिकमा कञ्चनपुरमा सुख्खा बन्दरगाह निर्माणको शुभारम्भ भएको घोषणा गरेका थिए । दोधाराचादनीको मायापुरी र गौरीशंकर सामुदायिक वन क्षेत्रमा सुख्खा बन्दरगाह निर्माण हुने भन्दै तत्कालीन मन्त्री भट्टले सो कार्य शुभारम्भ गरेका थिए ।

 

प्रकाशित मिति : १५ जेठ २०७९, आइतबार  ९ : ५२ बजे

युएईमाथि ४४ रनको शानदार जित, नेपाल एसिया कपमा छनोट

काठमाडौं– तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली

इराकी लडाकुको ड्रोन हमलापछि पूर्व-पश्चिम पाइपलाइन बन्द गरिएको साउदी अरबको घोषणा

काठमाडौं- मध्यपूर्वमा जारी युद्ध थप भड्कँदै जाँदा साउदी अरबले आफ्नो

बुल्दी खोलामा एक करोडमा तटबन्धन निर्माण

दमौली– व्यास नगरपालिका-२ अन्तर्गत बुल्दी खोला आसपासका बस्तीलाई वर्षायाममा हुने

इराक र साउदी अरबका विदेशमन्त्रीबीच टेलिफोन वार्ता, ड्रोन आक्रमणबारे छलफल

एजेन्सी– इराकका विदेशमन्त्री फुआद हुसेन र साउदी अरबका विदेशमन्त्री प्रिन्स फैसल बिन फरहान अल साउदबीच

सिक्टा सिँचाइ : पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने तयारी

राँझा–  बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजना आगामी पाँच