सेटिङ गरेर नेपाल पठाइदिन्छु भन्नेको विश्वास नगर्न दूतावासको आग्रह « Khabarhub

सेटिङ गरेर नेपाल पठाइदिन्छु भन्नेको विश्वास नगर्न दूतावासको आग्रह



दोहा – साउदीमा नेपालीले नेपाली नै ठग्ने क्रम बढेको भन्दै रियादस्थित नेपाली दूतावासले सचेत हुन आग्रह गरेको छ ।

दूतावासले एक सूचना जारी गर्दै एक्जिट भिसा मिलाइ दिने र सेटिङ गरेर नेपाल पठाइदिने भनेर कसैले भनेमा साउदी प्रहरीलाई खबर गर्न आग्रह गरेको हो ।

एक्जिट भिसा प्रोसेसिङ निःशुल्क हुने, यस बापत एक हलाला पनि कहीँ कतै बुझाउनु नपर्ने, दूतावासमा आफूले चिनेका मान्छे भएको र यति पैसा लाग्छ भन्ने व्यक्तिको विश्वास नगर्न दूतावासले आग्रह गरेको छ ।

त्यसैगरी, कुनै दलालले सेटिङ गरेर नेपाल पठाइदिने लगायतका कुराहरु गरेमा उक्त व्यक्तिको बारेमा साउदी प्रहरीको ९११ नम्बरमा तुरुन्तै खबर गर्न समेत दूतावासले अनुरोध गरेको छ ।

दूतावास रियाद र महावाणिज्यदूतावासले मात्र एक्जिट भिसा प्रोसेसिङ गर्ने, एक्जिट भिसा प्रोसेसिङ पूर्ण निःशुल्क भएको तर एक्जिट भिसा आइसकेपछि नेपाल फर्किने हवाई टिकट व्यक्ति स्वयंले व्यवस्था गर्नुपर्ने दूतावासले जनाएको छ ।

इकामाको म्याद सकिएको ३ महिना भन्दा बढी भैसकेको, साउदी आएको ३ महिनाभन्दा बढी समयसम्म कम्पनीले इकामा बनाइदिएको छैन वा कम्पनीले हुरूब लगाइदिएको छ भने मात्रै राजदूतावास वा महावाणिज्यदूतावासबाट एक्जिट भिसा प्रोसेस गर्न मिल्ने दूतावासले जनाएको छ । साथै इकामाको म्याद भएकाहरूको एक्जिट भिसा प्रोसेसिङ दूतावासबाट गर्न नमिल्ने जनाइएको छ ।

जुन ठाउँबाट आफ्नो इकाममा बनेको हो त्यही ठाउँको श्रम कार्यालय र अध्यागमन कार्यालयमा मात्र एक्जिट भिसाको लागि प्रोसेसिङ गर्नुपर्ने साउदी नियम रहेको छ । तसर्थ, एक्जिट भिसा प्रोसेसिङको लागि दूतावासमा आउनुभन्दा पहिले आफ्नो इकामा कहाँबाट बनेको हो अनिवार्य रूपमा एकिन गर्न दूतावासले अनुरोध गरेको छ ।

रियादबाट इकामा बनेकाहरू मात्रै एक्जिट भिसा प्रोसेसिङको काम दूतावासबाट हुनेछ । रियाद भन्दा बाहिरबाट इकामा बनेकाहरूले एक्जिट भिसा प्रोसेसिङका बारेमा फोनबाटै जानकारी लिन सक्ने दूतावासले जनाएको छ।

एक्जिट भिसा प्रोसेसिङका लागि मोवाइल नम्बर ०५०००२१४०९ वा ०५४७०४५२७२ मा सम्पर्क गर्न सकिनेछ ।

प्रकाशित मिति : १५ असार २०७९, बुधबार  ७ : ३३ बजे

भारतीय तीर्थयात्रीको मृत्यु भएको दुर्घटनाबारे छानबिन गर्न समिति गठन

गोरखा – सात भारतीय तीर्थयात्रीको ज्यान जाने गरी गोरखामा भएको

के हो आइतबार आकाशमा देखिएको चम्किलो दृश्य ?

काठमाडौं – आइतबार साँझ नेपालका विभिन्न स्थानबाट आकाशमा देखिएको उज्यालो

साढे २२ करोड जरिवाना र ६ वर्ष कैद तोकिएका फरार प्रतिवादी पक्राउ

काठमाडौं– प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले काठमाडौंबाट एकजना फरार

पेट्रोल प्रतिलिटर १५ र डिजेल १० रुपैयाँले बढ्यो

काठमाडौँ – डिजेल र पेट्रोलको मूल्य बढेको छ । अन्तर्राष्ट्रिय

नवनिर्वाचित सांसदलाई रास्वपाले अभिमुखीकरण तालिम दिने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूका