‘कृषिलाई आधुनिक र व्यावसायिक बनाउन प्रदेश सरकार क्रियाशील’ « Khabarhub

‘कृषिलाई आधुनिक र व्यावसायिक बनाउन प्रदेश सरकार क्रियाशील’


१५ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा – गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गण्डकी प्रदेश सरकार कृषिलाई आधुनिक र व्यावसायिक बनाउन प्रतिबद्ध रहेको बताएका छन् ।

राष्ट्रिय धान दिवस एवं असार १५ का अवसरमा शुभकामना सन्देश दिँदै उनले गण्डकी प्रदेश र समग्र मुलुकको जीविकाको मुख्य आधार कृषि नै रहेको उल्लेख गर्दै जग्गा चक्लाबन्दीका आधारमा व्यावसायिक कृषि फार्म सञ्चालनलाई प्राथमिकतामा राखिएको बताए । ‘कृषि क्षेत्रको आधुनिकीकरण, यान्त्रिकीकरण र व्यावसायीकरणमार्फत उत्पादन तथा उत्पादकत्व वृद्धि गरी स्वरोजगारका अवसर सिर्जना, खाद्य सुरक्षा र नागरिकको स्वास्थ्यको प्रत्याभूति गर्ने नीति प्रदेश सरकारको छ’, सन्देशमा उल्लेख छ ।

यस वर्ष ‘धान रोपौँ, खाद्यान्नमा आत्मनिर्भर बनौँ’ नाराका साथ धान दिवस मनाइँदै छ । नेपालमा २०६२ असार १५ गतेदेखि धान दिवस मनाउन थालिएको हो । असार १५ नेपाली समाजमा दही चिउरा खाने पर्वका रूपमा पनि परिचित छ । खेतीपातीबाहेक अन्य पेशा तथा व्यवसायमा लागेका नेपालीले पनि आज दही, चिउरा खाई असार १५ मनाउँछन् ।

धान दिवसका अवसरमा मुख्यमन्त्री पोखरेलले सम्पूर्ण नेपाली नागरिक तथा कृषक दाजुभाइ, दिदीबहिनीमा सुख, समृद्धि, उन्नति र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दै असार १५ लाई सभ्य, भव्य र उल्लासपूर्वक मनाई नेपालमा धान संस्कृतिको जगेर्ना गर्दै खाद्यान्नमा आत्मनिर्भर बन्ने अभियानमा हातेमालो गर्न अनुरोध गरेका छन् ।

प्रकाशित मिति : १५ असार २०७९, बुधबार  ७ : ४५ बजे

गगनले अघि सारे ‘राष्ट्रिय पुनर्जागरण र समुन्नतिको आगामी दशक’को दृष्टिकोण

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देश, लोकतन्त्र र कांग्रेसको

विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम

चितवन– अण्डाको पोषण तथा स्वास्थ्यसम्बन्धी महत्वबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले

यूईएफए नेसन्स लिग : नर्वेमाथि पोचुगलको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा पोर्चुगलले नर्वेलाई हराएको छ । गएराति

सलमानजस्तै देखिने सुफयान को हुन् ? बलिउडमा बढ्यो चर्चा

बलिउडमा कलाकारका सन्तान चर्चामा आउनु सामान्यजस्तै हो। कसैले अभिनयमा डेब्यु

कांग्रेस महाधिवेशनमा आजदेखि बन्दसत्र सुरु हुँदै, विभिन्न प्रतिवेदन पेस गरिँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आजदेखि बन्दसत्र सुरु हुँदैछ