चपली सवस्टेसनको ट्रान्सफर्मरमा समस्या, बुढानिलकण्ठ क्षेत्रको विद्युत् आपूर्ति बन्द | Khabarhub Khabarhub

चपली सवस्टेसनको ट्रान्सफर्मरमा समस्या, बुढानिलकण्ठ क्षेत्रको विद्युत् आपूर्ति बन्द


१५ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बुढानिलकण्ठ नगरपालिकाको चपलीस्थित चपली सवस्टेसनको पावर ट्रान्सफर्मरमा समस्या आएको छ । सवस्टेसनमा रहेका १०/१० एमभिए क्षमताका तीनवटा ट्रान्सफर्मरहरुमध्ये एउटामा बुधबार बिहान ५ बजेतिरबाट समस्या देखिएको हो । 

ट्रान्सफर्मरमा समस्या आउँदा टोखा, मण्डिखाटार, बाँसबारी, धापासी हाइट, बुढानिलकण्ठ, तारेभीर, झोरलगायतका क्षेत्रमा विद्युत आपूर्ति बन्द छ । उक्त ट्रान्सफर्मरबाट पाँचवटा फिडर निकाली ती क्षेत्रमा विद्युत् आपूर्ति हुँदै आएको थियो ।

नेपाल विद्युत प्राधिकरण महाराजगञ्ज वितरण केन्द्र प्रमुख प्रज्ज्वलमान श्रेष्ठले सम्भव भएका स्थानमा अन्य सवस्टेसनबाट वैकल्पिक व्यवस्था गरी विद्युत् आपूर्ति गरिएको बताए । 

उनका अनुसार, समस्या देखिएको ट्रान्सफर्मरलाई हटाएर जगेडामा रहेको ट्रान्सफर्मर जडान गर्न लागिएको छ । नयाँ ट्रान्सफर्मर जडान जतिसक्दो छिट्टो सम्पन्न गरी विद्युत आपूर्ति सुचारु गर्न टोली परिचालित भएको श्रेष्ठले बताए ।

प्रकाशित मिति : १५ असार २०७९, बुधबार  १२ : ३५ बजे

चितवनका तीन जनामा देखियो जापानिज इन्सेफलाइटिस

चितवन– सन् २०२५ मा हालसम्म चितवनका तीन जनामा जापानिज इन्सेफ्लाइटिस

एक वर्षे उपलब्धिको फेहरिस्त सुनाउँदै प्रधानमन्त्रीले भने- कुरा काट्ने काटिरहुन्, सरकार काम गर्दैछ

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलले आफू नेतृत्वको सरकार बनेपछिको १४

रूपन्देही उपनिर्वाचन : विरासत जोगाउने ध्याउन्नमा राप्रपा, बदला लिने ‘मुड’ मा कांग्रेस

काठमाडौं– प्रतिनिधिसभा सदस्यका लागि रूपन्देही–३ मा हुन गइरहेको उपनिर्वाचनको नतिजा

ऊर्जामन्त्री खड्कासँग एमसीसीका सहायक उपाध्यक्षको भेट

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कासँग अमेरिकी अनुदान सहयोग