‘लन्डन टु पेरिस’ टोली बेलायत जाँदै  « Khabarhub

‘लन्डन टु पेरिस’ टोली बेलायत जाँदै 


१५ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- फिल्म ‘लन्डन टु पेरिस’ को छायांकनको लागि निर्माण युनिट बेलायत प्रस्थान गर्ने भएको छ । आज दिउसो ३ बजेको विमान मार्फत निर्देशक घनश्याम लामिछाने, मुख्य सहायक निर्देशक फिरोज खड्का र कार्यकारी निर्माता अजितकुमार थापा बेलायत प्रस्थान गर्दै छन् ।

निर्माण पक्षले तय गरेको लोकेसन फाइनल गर्न , स्थानीय कलाकारहरूलाई फाइनल गर्न निर्देशक सहितको टोली अगाडी नै बेलायत जान लागेको मुख्य सहायक निर्देशक खड्काले बताए ।

‘हामी त्यहाँ पुगेको झन्डै सातापछि कलाकार टोली आउनु हुनेछ । हामीले स्थानीय कलाकारसँगै छायांकन अगाडीका केही काम सकाउने छौँ’ खड्काले भने । साम्राज्ञी आरएल शाह, कबीर खड्का, निश्चल खड्का, लोकविक्रम मल्ल र गरिमा शर्माको मुख्य भूमिका रहने फिल्म ‘लन्डन टु पेरिस’ आगामी सातादेखि बेलायतका लण्डन, म्यानचेस्टर र वेल्समा छायांकन हुँदै छ ।

भ्रमणमा आधारित प्रेमकथाको यो फिल्म बेलायत हुँदै पेरिससम्म सुटिङ हुने तयारीमा छ ।

प्रकाशित मिति : १५ असार २०७९, बुधबार  १ : १५ बजे

संसदीय मर्यादा र पदीय प्रतिष्ठामा किन चुक्दैछन् नयाँ सांसद ?

सरकार दुईतिहाइको छ। संसद इतिहासकै युवामय छ। तर सांसदको बोली,

संरक्षणको पर्खाइमा नेपालकै पहिलो ‘फर्पिङ जलविद्युत आयोजना’ (तस्बिर)

काठमाडौँ– नेपाल विद्युत् प्राधिकरणले आज आफ्नो स्थापनाको ४१औँ वार्षिकोत्सव मनाउँदै

कोशीटप्पुको निगुरो काठमाडौँको कालीमाटीमा

सुनसरी– कोशी गाउँपालिका– ८ भन्टाबारीकी मीरा मेहताले विगत सात वर्षदेखि

नागपञ्चमी : सर्पलाई किन देवता मानेर पूजा गरिन्छ ?

नेपाललाई प्रकृति, संस्कृति र धर्मको अनौठो संगमका रूपमा चिनिन्छ। यहाँ

लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै

दाङ– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आज प्रदेशसभाबाट विश्वासको मत