‘भिलेन’ मा स्थापित हिरोहरू  « Khabarhub

‘भिलेन’ मा स्थापित हिरोहरू 


१५ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बलिउडमा प्रवेश गर्न निकै गाह्रो छ । यद्यपि त्यहाँ हिरो बन्छु भन्नेको कमी छैन । पछिल्लो समय फिल्ममा क्यारेक्टर हाबी हुने भएता पनि दशक अगाडीसम्म हिरो वा भिलेन मात्र चर्चामा हुने गर्थे । यद्यपि अहिले मेकिङ्गमा परिवर्तन आएसँगै क्यारेक्टर चर्चा हुने गरेको छ । यसपश्चात् कलाकारहरू हिरो भिलेनको रूपमा नभई क्यारेक्टरलाई निर्वाह गर्न थालेका छन् ।

बलिउडमा हिरोको रूपमा परिचित सञ्जय दत्त , मिथुन चक्रवर्ती , सोनु सूद लगायत पछिल्लो समय दमदार भिलेनको रूपमा स्थापित छन् । सञ्जय ‘हिरो’को रूपमा जति लोकप्रिय छन्, ‘भिलेन’ चरित्रमा पनि उनको लोकप्रियताको कमी छैन । सञ्जयसँगै बलिउडमा ऋषि कपुर, नाना पाटेकरको भिलेन चरित्र उत्तिकै रुचाइएको छ । यहाँ बलिउडका केही लोकप्रिय भिलेनको बारेमा प्रस्तुत गरिएको छ ।

सञ्जय दत्त

‘मुन्ना भाइ’, ‘रकी’, ‘साजन’, ‘सडक’ जस्ता फिल्ममा अभिनय गरेका सञ्जय भिलेन चरित्रमा पनि उत्तिकै फिट छन् । सञ्जयको हालै रिलिज फिल्म ‘केजीएफ च्याप्टर २’मा उनको भिलेन अभिनयले सबैको ध्यान तान्यो । यसअघि फिल्म ‘अग्निपथ’ र ‘खलनायक’ जस्ता फिल्ममा उनको भिलेन चरित्र उत्तिकै लोकप्रिय थियो । सञ्जय फिल्म ‘शमशेरा’ मा शुद्ध सिंह नामको भिलेन चरित्रमा देखिँदै छन् ।

ऋषि कपुर

‘बबी’, ‘नगिना’, ‘प्रेम रोग’जस्ता फिल्ममा प्रमुख भूमिकामा अभिनय गरेका ऋषिले एक उमेरपछि भिलेनको भूमिकामा काम गर्न सुरु गरे । ऋषिले फिल्म ‘जहरिला इन्सान’बाट भिलेनको भूमिकामा अभिनय गर्न सुरु गरे । त्यसपछि उनी ‘अग्नीपथ’मा रोफ लालाको भूमिकामा देखिए ।

नाना पाटेकर

आफ्नो दमदार अभिनयका कारण दर्शकको मनमा बस्न सफल बलिउड अभिनेता नाना पाटेकरले बलिउडमा कैयौँ राम्रा फिल्ममा अभिनय गरेका छन् । चाहे ‘वेलकम’को उदय भाइ होस् या ‘अपहरण’को तबरेज भाइ, नाना हरेक चरित्रमा आफूलाई ढाल्छन् । फिल्म ‘अंगार’मा उनले जब माजिदको भूमिका निभाए, उनले यो भूमिकाबाट वेस्ट भिलेनको फिल्म फेयर अवार्ड नै जिते । उनले फिल्म ‘शक्ति’, ‘परिन्दा’ जस्ता फिल्ममा भिलेनको भूमिकामा अभिनय गरेका छन् ।

मिथुन चक्रवर्ती

‘मर्द’, ‘डिस्को डान्सर’, ‘जंग’ र ‘इलाका’जस्ता फिल्ममा सशक्त अभिनय गरेका मिथुनले फिल्म ‘जल्लाद’मा विजयबहादुर कुँवरको भूमिकामा पनि उत्तिकै कला देखाए । यो फिल्मका लागि उनले भिलेन चरित्रमा अवार्ड नै जिते । यसबाहेक उनले कैयौँ फिल्ममा भिलेनको भूमिकामा अभिनय गरेका छन् । सन् २०१२ मा रिलिज फिल्म ‘ओह माइ गड’ मा मिथुनले भिलेनकै भूमिका निर्वाह गरेका थिए ।

 सोनू सूद

सोनू साउथ फिल्म उद्योगको लोकप्रिय नाम हो । बलिउडमा उनी प्रायः सहायका भूमिका या भिलेनको भूमिकामा देखिन्छन् । उनले फिल्म ‘दबंग’, ‘आर. राजकुमार’ र ‘सिम्बा’ मा भिलेनको भूमिकामा अभिनय गरेका छन् ।

ज्याकी श्राफ 

बलिउडमा हिरो फिल्म मार्फत डेब्यु गरेका कलाकार हुन् ज्याकी श्राफ । उनले धेरै फिल्ममा एन्टागोनिस्टकै रूपमा अभिनय गरेका छन् । यद्यपि पछिल्लो समय उनलाई भिलेनको रूपमा फिल्ममा देखाउन थलिएको छ । उनले भिलेन बनेर अभिनय गरेको पछिल्लो फिल्म हो ‘सूर्यवंशी’ । यस्तै उनले केही फिल्ममा भिलेनको भूमिका निर्वाह गरेका छन् । उनको बढ्दो उमेरसँगै उनलाई हिरो मात्र नभई भिलेनको रूपमा निर्देशक प्रस्तुत गर्न तत्पर छन् ।

प्रकाशित मिति : १५ असार २०७९, बुधबार  ४ : १३ बजे

छिमेकमा ब्रिक्स सम्मेलन : नेपाल न टेबलमा, न मेनुमा ?

काठमाडौं- नयाँ दिल्लीमा शनिबार र आइतबार दुई दिनसम्म चलेको १८औँ

विश्व अर्थतन्त्र सुधार्न दिल्लीमा शक्तिराष्ट्रको कसरत, नेपाल बेखबर

भारतको राजधानी नयाँ दिल्लीमा विश्व अर्थतन्त्र र बदलिँदो भू–राजनीतिक शक्तिसन्तुलनसँग

रसुवा बाढीले क्षतिग्रस्त महादेव फाँट-छबिसे सडक निर्माण तीव्र (तस्बिरहरू)

धादिङ– रसुवामा आएको बाढीका कारण त्रिशूली नदीले सडक कटान गरेपछि

तेह्रौँ बेइजिङ स्याङसङ फोरममा सहभागी हुन प्रधानसेनापति चीन प्रस्थान

काठमाडौं– प्रधान सेनापति अशोकराज सिग्देल बेइजिङमा आयोजना हुने ‘तेह्रौँ बेइजिङ स्याङसङ

ऊर्जामन्त्री श्रेष्ठ भन्छन् : जोखिमपूर्ण हिमताल फुटाएर जलस्तर घटाउने योजना बनाउँदैछौँ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले जोखिमपूर्ण हिमताल