कृषि उपजको उचित मूल्य दिन माग | Khabarhub Khabarhub

कृषि उपजको उचित मूल्य दिन माग


१५ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनितादेवी चौधरीले कृषकलाई कृषि उपजको उचित मूल्यको व्यवस्थाका लागि बजारको व्यवस्थापन गर्न सरकारले पहल गरिरहेको बताएकी छिन् । 

आज धनगढीमा आयोजित १९औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवलाई सम्बोधन गर्दै उनले तोकिएको मूल्यमा उत्पादित कृषि उपजको बजारीकरण गर्न सङ्घीय, प्रदेश र स्थानीय तहको सरकारको संयुक्त पहल जरुरी रहेको जानकारी दिइन् ।  कृषि क्षेत्रको विकासका लागि प्रदेशका ८८ वटै तहमा मुख्यमन्त्री एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिएको जनाउँदै उनले भनिन्, ‘कृषि उत्पादन बढाउँदै यसको आयात प्रतिस्थापन गर्न जरुरी भइसकेको छ ।’ 

कृषि ज्ञान केन्द्र कैलालीका प्रमुख खगेन्द्रप्रसाद शर्माले मुख्य खाद्यान्न बाली धानको उत्पादन र उत्पादकत्वको दृष्टिमा कैलाली जिल्ला प्रदेशमा पहिलो स्थानमा रहेको बताउँदै नेपाली समाजमा धानको महत्व सामाजिक, आर्थिक, सांस्कृतिक, धार्मिक क्रियाकलापसँग समेत जोडिएको बताए ।

मन्त्रालयका सचिव डा मदनसिंह धामी, प्रमुख जिल्ला अधिकारी किरण थापा र मुख्यमन्त्री एकीकृत नमूना गाउँका चन्द्रकिरण राना लगायतले धान दिवसको महत्व र उत्पादनका लागि गर्नुपर्ने प्रयासका बारेमा प्रकाश पारेका थिए । सो अवसरमा सामूहिक रुपमा धान रोपाइँसमेत गरिएको थियो । कृषि ज्ञान केन्द्रका अनुसार जिल्ला पछिल्ला केही वर्षदेखि धान र गहुँको बीउमा आत्मनिर्भर भई अन्य जिल्लामा निर्यात भइरहेको छ । जिल्लामा हाल चैते धान बाली र वर्षे धान बाली गरेर दुई समयमा धानको खेती हुने गरेको छ । 

धानको उत्पादन र उत्पादकत्व बढाउन नयाँ नयाँ धानका जातको विकास भएको मात्र नभई खेती गर्न नयाँ प्रविधिसमेत भित्रिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत प्रदेशका विभिन्न ठाउँलाई धानको जोन क्षेत्र घोषण गरी कृषि गतिविधि भइरहेका छन् । यस्तै प्रदेश तहमा मुख्यमन्त्री एकीकृत कृषि कार्यक्रमअन्तर्गत सञ्चालित मुख्यमन्त्री एकीकृत नमूना गाउँ कार्यक्रममार्फत धान, गहुँ लगाएका मुख्य बालीको खेतीमा कृषकलाई विभिन्न खालको सहयोग उपलब्ध गराउने गरिएको छ । 

प्रदेशमा सिँचाइको भरपर्दो सुविधा नहुँदा र समयमै रासायनिक मल नपाउँदा भने धान र गहुँ बालीको खेती गर्नमा कृषकले समस्या झेल्दै आएका छन् । सिँचाइको सुविधाको अभावमा आकासे पानीमा निर्भर रहनु पर्दा प्रदेशमा असार १५ सम्म धान बालीको खेती गरिने झन्डै ६० प्रतिशत क्षेत्रफलको जग्गामा अझै धान रोपाइँ हुन सकेको छैन ।

प्रदेशमा एक लाख ८१ हजार ६०४ हेक्टर क्षेत्रफलको जग्गामा धान रोपाइँ हुन्छ । योमध्ये कैलाली जिल्लामा ७१ हजार ७०० हेक्टर र कञ्चनपुरमा ४७ हजार ५०० हेक्टर जग्गामा धान रोपाइँ हुने गरेको छ । पहाडी क्षेत्रका बाँकी सात जिल्लामा ६२ हजार ४०४ हेक्टरमा रोपाइँ हुन्छ ।  प्रदेशमा ७३ हजार ६१७ हेक्टर जग्गामा वर्षभरि सिँचाइ हुने गरेकामा ३६ हजार ४८३ हेक्टर जग्गामा आंशिक सिँचाइको सुविधा रहेको तथ्याङ्क क्षेत्रीय कृषि विकास निर्देशनालयसँग छ ।

प्रकाशित मिति : १५ असार २०७९, बुधबार  ३ : ३४ बजे

दुई सय बिघा जग्गामा लगाइएको धानखेती बाढीले डुबायो

महोत्तरी – जिल्लाको जलेश्वर नगरपालिका–८ का किसानद्वारा लगाइएको दुई सय

प्रचण्डले भने : उत्पीडित वर्गको अधिकारका लागि सङ्घर्ष जारी छ

लमजुङ – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री

जोखिममा परेका गर्भवती तथा सुत्केरीको सतप्रतिशत हवाई उद्धार गरिने

काठमाडौं – चालु आर्थिक वर्षको वार्षिक योजना तथा कार्यक्रम निर्धारित

साफ यू –१७ महिलाः भुटानविरुद्ध नेपालको जित

काठमाडौं – सहारा लिम्बूको उत्कृष्ट प्रदर्शनसँगै नेपालले दक्षिण एसियाली फुटबल

ओली–विद्या दन्तबझान : एमाले फुटेकै हो ?

काठमाडौं– थापागाउँमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले विहीबार सम्पर्क कार्यालय उद्घाटन गरिन्