पहिरोका कारण डेढ दर्जनभन्दा बढी सडक अवरुद्ध « Khabarhub

पहिरोका कारण डेढ दर्जनभन्दा बढी सडक अवरुद्ध


१५ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अविरल वर्षासँगै आएको बाढी तथा पहिरोका कारण देशभर डेढ दर्जनभन्दा बढी सडक अवरुद्ध भएका छन् । सडक अवरुद्ध हुँदा सवारी आवागमन प्रभावित भएको छ ।

सिन्धुली, दार्चुला, मोरङ, बागलुङ, प्युठान, धादिङ, दाङ, तनहुँ, नवलपरासी(पूर्व), धनकुटा, उदयपुर र सोलुखुम्बुका विभिन्न स्थानमा पहिरो जाँदा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

सिन्धुलीको गोलन्जोर गाउँपालिका–५ सोलाभन्ज्याङस्थित बिपी राजमार्गमा बुधबार बिहान पहिरो जाँदा सडक पूर्ण रुपमा अवरुद्ध भएको छ ।

यस्तै। सिन्धुलीकै गोलन्जोर गाउँपालिका–६ अकरे भिरस्थित सडकमा बुधबार बिहान ढुङ्गा माटो सहितको पहिरो जाँदा सडक अवरुद्ध भएको छ । दुवै स्थानमा नजिकको प्रहरी कार्यालयबाट खटिएको प्रहरीले सडक खुलाउने पहल गरिरहेको छ ।

दार्चुलाको शैल्यशिखर नगरपालका–९ नक्तडीमा गोकुलेश्वर दार्चुला सडकमा बुधबार बिहान पहिरो जाँदा सडक अवरुद्ध भएको भएको छ । इलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट खटिएको प्रहरीले सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।

मोरङको लेटाङ नगरपालिका–३ फायर लाइनस्थित लेटाङ कानेपोखरी सडकमा मंगलबार दिउँसो रुख लडेर सडक अवरुद्ध भएको छ । इलाका प्रहरी कार्यालय लेटाङबाट खटिएको प्रहरीले स्थानीय र जनप्रतिनिधिको सहयोगमा सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।

बागलुङको गल्कोट नगरपालिका–७ आगाखेतस्थित सडकमा मंगलबार राति पहिरो जाँदा सडक पूर्ण रुपमा अवरुद्ध भएको छ । सडक अवरोध भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी हटियाबाट सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।

प्युठानको सरुमारानी गाउँपालिका–४ अँधेरी खोला, पाँकुरी खोलामा मंगलबार राति लेदो सहितको पहिरो जाँदा प्यूठान भालुवाङ सडक खण्ड अवरुद्ध भएको छ । साथै माण्डबी गाउँपालिका–५ चेरनेटामा बुधबार बिहान लेदो सहितको पहिरो जाँदा सडक अवरुद्ध भएको छ ।

सडक अवरोध भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी बड्डाडाँडा र अस्थायी प्रहरी पोष्ट चकचकेबाट खटिएको प्रहरीले सडक खुलाउने आवश्यक पहल गरिरहेको छ ।

धादिङको गल्छी गाउँपालिका–६ महेश दोभानस्थित पृथ्वी राजमार्गमा बुधबार बिहान लेदो सहित पहिरो जाँदा सडक अवरोध भएको छ । प्रहरी चौकी बैरेनीबाट खटिएको प्रहरीले आवश्यक समन्वयमा सडक एकतर्फी सुचारु गराएको छ ।

दाङको घोराही उपमहानगरपालिका–१३ बगालेमा भेरे खोलामा मंगलबार राति आएको बाढीका कारण घोराही रोल्पा होलेरी सडक पूर्ण रूपमा अवरुद्ध बनेको छ ।

अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले बाढीमा फसेका दुई वटा सवारी साधन निकाल्नुका साथै एउटा डबल क्याप जिप निकाल्ने पहल गरिरहेको छ ।

तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरास्थित पृथ्वी राजमार्गमा बुधबार बिहान ढुंगा माटो सहितको लेदो पहिरो जाँदा सडक पूर्ण रुपमा अवरुद्ध भएको छ । इलाका प्रहरी कार्यालय आँबुखैरेनीबाट खटिएको प्रहरीले सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।

नवलपरासी(पूर्व)को विनयीत्रिवेणी गाउँपालिका–१ स्थित खहरे खोला, मध्य बिन्दु नगरपालिका–१० स्थित ठुलो खहरे र सानो खहरे खोलामा पुल निर्माणको लागि बनाइएको तीन वटा ड्राईभर्सन अविरल वर्षाको कारण बुधबार बिहान बगाएको छ । ड्राईभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ । इलाका प्रहरी कार्यालय नयाँबेलहनीबाट खटिएको प्रहरीले सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।

धनकुटाको धनकुटा नगरपालिका–९ सिम्सुवास्थित मुलघाटदेखि त्रिवेणी जाने सडकमा बुधबार बिहान पहिरो जाँदा सडक अवरोध भएको छ । सडक अवरोध भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी मुलघाटबाट खटिएको प्रहरीले सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।

उदयपुरको कटारी नगरपालिका–१४ वनडाँडास्थित सिद्धिचरण राजमार्गमा बुधबार बिहान पहिरो जाँदा सडक अवरोध भएको छ । प्रहरी चौकी घुर्मीबाट खटिएको प्रहरीले सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।

यसैगरी उदयपुरको चौदण्डिगढी नगरपालिका–१० खैराझोडा र सोही नगरपालिका–९ ज्यामिरे खोलामा आएको बाढीको कारण सडक अवरोध भएको छ । उक्त स्थानमा तत्काल इलाका प्रहरी कार्यालय बेल्टारबाट प्रहरी खटिएको छ ।

सोलुखुम्बुको माहाकुलुङ गाउँपालिका–१ लोचनस्थित बुङबाट सोताङतर्फ आउने सडकमा मंगलबार साँझ पहिरो जाँदा सडक अवरोध भएको छ । प्रहरी चौकी बुङबाट खटिएको प्रहरीले सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।

प्रकाशित मिति : १५ असार २०७९, बुधबार  ४ : ०५ बजे

मौसम खुलेपछि अन्नपूर्ण आधार शिविरमा पर्यटक भरिभराउ

कास्की– विश्वप्रसिद्ध अन्नपूर्ण आधार शिविर (एबीसी) पदयात्रामा जाने पर्यटकको सङ्ख्या

गगनले अघि सारे ‘राष्ट्रिय पुनर्जागरण र समुन्नतिको आगामी दशक’को दृष्टिकोण

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देश, लोकतन्त्र र कांग्रेसको

विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम

चितवन– अण्डाको पोषण तथा स्वास्थ्यसम्बन्धी महत्वबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले

यूईएफए नेसन्स लिग : नर्वेमाथि पोचुगलको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा पोर्चुगलले नर्वेलाई हराएको छ । गएराति

सलमानजस्तै देखिने सुफयान को हुन् ? बलिउडमा बढ्यो चर्चा

बलिउडमा कलाकारका सन्तान चर्चामा आउनु सामान्यजस्तै हो। कसैले अभिनयमा डेब्यु