ग्रामीण क्षेत्रमा पर्यटन पूर्वाधार विकास गर्नुपर्छ : मन्त्री रेग्मी | Khabarhub Khabarhub

ग्रामीण क्षेत्रमा पर्यटन पूर्वाधार विकास गर्नुपर्छ : मन्त्री रेग्मी


१५ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले ग्रामीण क्षेत्रमा पर्यटन पूर्वाधार विकास गरी युवालाई स्वदेशमै रोजगारी उपलब्ध गराउने वातावरण सिर्जना गर्नुपर्ने बताएकी छिन्। एसएस हस्पिटालिटी सोलुसन प्रालिको तेस्रो वार्षिकोत्सवको अवसरमा आयोजना गरेको ‘समुन्नत नेपाल निर्माणमा सङ्घसंस्थाको भूमिका तथा सम्मान कार्यक्रम’मा उनले पर्यटन, कृषि र जलविद्युतमार्फत देशको विकास गर्नुपर्ने बताइन् ।
“मुलुकभित्रका दूर दराजका ग्रामीण क्षेत्रमा ‘होमस्टे’ सञ्चालन गरी पर्यटकलाई सहुलियत दरमा खान र बस्ने सेवा प्रदान गर्नसके नेपालको पर्यटन क्षेत्रले थप फड्को मार्ने विश्वास मैले लिएको छु”, उनले भनिन् । मुलुकलाई चिनाउनका लागि हस्पिटालिटी क्षेत्रको महत्त्वपूर्ण भूमिका रहेको उनको भनाइ छ । मन्त्री रेग्मीले गाउँका युवा रोजगारीका लागि विदेश पलायन हुँदा गाउँघरमा ज्येष्ठ नागरिक र महिला मात्र बाँकी रहेको भन्दै युवालाई स्वदेशमै बस्ने वातावरण निर्माण गर्न पर्यटन क्षेत्रको महत्त्वपूर्ण भूमिका रहेको बताए ।
पर्यटन, कृषि र जलविद्युत क्षेत्रको विकासका लागि सरकारले उच्च प्राथमिकता दिएको उनको भनाइ थियो । उनले दूर दराजका बसेका महिलाको जीविकोपार्जन सुधारका लागि आफ्नो मन्त्रालयले उद्यमशीलता तालिम प्रदान गर्दै आएको बताइन्।
ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ नेपाल (टान)का अध्यक्ष खुमबहादुर सुवेदीले नेपालको पर्यटन उद्योगबाटै देशको विकास हुने भन्दै उद्योगमैत्री वातावरणका लागि पूर्वाधार विकासमा राज्यले ध्यान दिनुपर्ने बताइन् । “संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल पर्यटन बोर्डको झगडाका कारण आम पर्यटन व्यवसायी मारमा परेका छन्”, उनले भने । अध्यक्ष सुवेदीले राष्ट्रको विकासका लागि कलम चलाउन सञ्चाकर्मीलाई आग्रहसमेत गरे।
होटेल एसोसिएसन नेपाल (हान)का वरिष्ठ उपाध्यक्ष विनायक शाहले नेपालको पर्यटन प्रवर्द्धनमा एसएस हस्पिटालिटीले महत्त्वपूर्ण भूमिका रहेको भन्दै होटेल एसोसिएसन हस्पिटालिटी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्ने बताए । एउटा पर्यटक नेपाल आउँदा ११ जना नेपालीले रोजगारी पाउने भन्दै जतिसक्दो धेरै पर्यटक भित्र्याउन राज्य लाग्नुपर्ने बताए ।
नेपाली काँग्रेस काठमाडौँ महानगरपालिका–४ का सभापति रामप्रसाद न्यौपानेले मुलुक आर्थिक क्षेत्रको मेरुदण्डको रूपमा रहेको पर्यटन क्षेत्रलाई अगाडि बढाउन सरकारले विशेष कार्यक्रम अगाडि बढाउनुपर्ने बताए। डेरी एसोसिएसन अफ नेपालका अध्यक्ष प्रह्लाद दाहालले दैनिक देशभर ६२ लाख लिटर दूध उत्पादन हुने गरेको बताए। उनले डेरी व्यवसायबाट देशभरबाट छ लाख जनताले रोजगारी पाएको उल्लेख गरे । सोही अवसरमा राष्ट्रिय समाचार समिति (रासस) का समाचारदाता अच्युत रेग्मीसहित विभिन्न विधामा विशेष योगदान पुर्‍याएका व्यक्ति तथा संस्थालाई सम्मान गरिएको थियो ।

प्रकाशित मिति : १५ असार २०७९, बुधबार  ८ : १८ बजे

कोशी प्रदेश : क्यान्सर, मिर्गाैलालगायतका बिरामीलाई आठ करोड ८५ लाख सहायता वितरण

झापा– कोशी प्रदेश सरकारले कडा रोगका बिरामीलाई आठ करोड ८५ लाख

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

काठमाडौं– स्थानीय बजारमा मंगलबारको तुलनामा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

सयपत्रीको मालाले सजिएका गणेशलाई लड्डुको भोग (तस्बिरहरू)

काठमाडौं– आज गणेश चतुर्थीको दिन भक्तजनहरुले भगवान् गणेशको विशेष पूजा

गणेश चौथीका अवसरमा सूर्यविनायक गणेश खटजात्रा सुरु

भक्तपुर– गणेश जन्मोत्सवका अवसरमा उपत्यकाका चार विनायक गणेशमध्येको सूर्यविनायक गणेश

पशुपन्छी फार्ममा आगलागी हुँदा ५० बाख्रा मरे

सिन्धुपाल्चोक– सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–१ गुन्सास्थित एक पशुपन्छी फार्ममा करेन्ट