बाढीले पुल बगायो, विस्थापित घर फर्कंदै « Khabarhub

बाढीले पुल बगायो, विस्थापित घर फर्कंदै


१५ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा : अविरल वर्षाका कारण आएको बाढीले झापामा एउटा पुल बगाएको छ भने एउटामा क्षति पुगेको छ । झापाको भद्रपुर नगरपालिका–१० स्थित भित्री सडकखण्डमा रहेको चैतुवारी–चैतुपारी जोड्ने करिब १२ मिटरको सेती पक्की पुल बगाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

त्यस्तै अविरल वर्षाका कारण गौरीगञ्ज गाउँपालिका–१ कुञ्जिबारीस्थित हुलाकी राजमार्गअन्तर्गत बनियानी खोलामा रहेको पक्की पुलको पश्चिमतर्फको मुखको एकातिर कालोपत्रभन्दा भित्रको आधा भाग खाल्डो परेको छ । पुलमा थप क्षति हुन नदिन ठूला सवारीसाधन आवतजावतमा रोक लगाइएको छ ।

यता जिल्लाका विभिन्न स्थानमा वर्षाका कारण विस्थापित भएका घर फर्किन थालेका छन् । गाउँबस्तीमा बाढी पसेर र पानीको सतह बढ्दै गएपछि विस्थापित भएका २८९ परिवारमध्ये १६४ परिवार घर फर्किएको नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले जानकारी दिए ।

पानीको सतह घटेपछि गौरीगञ्ज–१ दास चौरीका १२ परिवार, भद्रपुर–८ सुकुम्बासी बस्तीका २६ परिवार, गौरादह–६ लेलियाका १२५ परिवार, बाह्रदशी–२ सुकुम्बासी टोलका १३ परिवार घर फर्किएका हुन् ।

त्यस्तै अदुवा खोलाको बाढीका कारण विस्थापित बाह्रदशी–२ का ६० परिवारमध्ये ४७ परिवार दक्षिणेश्वर मन्दिर र गौरीगञ्ज–१ टुनुबस्तीका १२ परिवार स्थानीय रामजानकी प्राविमा र शिवसताक्षी–४ सुकुम्बासी बस्तीका ३३ परिवार त्रिभुवन माविमा आश्रित छन् भने छिमेकीकामा शरण रहेका गौरीगञ्ज–१ भन्सार टोल अधिकारी बस्तीका १५ परिवार घर फर्कन नसकेको रेडक्रस झापाले जनाएको छ ।

यता रेडक्रस झापाले गौरीगञ्ज–१ का विस्थापत परिवारका लागि ६० थान त्रिपाल र ६० थान हाइजिन किट वितरण गरेको छ । रासस

प्रकाशित मिति : १५ असार २०७९, बुधबार  ८ : २२ बजे

मौसम खुलेपछि अन्नपूर्ण आधार शिविरमा पर्यटक भरिभराउ

कास्की– विश्वप्रसिद्ध अन्नपूर्ण आधार शिविर (एबीसी) पदयात्रामा जाने पर्यटकको सङ्ख्या

गगनले अघि सारे ‘राष्ट्रिय पुनर्जागरण र समुन्नतिको आगामी दशक’को दृष्टिकोण

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देश, लोकतन्त्र र कांग्रेसको

विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम

चितवन– अण्डाको पोषण तथा स्वास्थ्यसम्बन्धी महत्वबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले

यूईएफए नेसन्स लिग : नर्वेमाथि पोचुगलको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा पोर्चुगलले नर्वेलाई हराएको छ । गएराति

सलमानजस्तै देखिने सुफयान को हुन् ? बलिउडमा बढ्यो चर्चा

बलिउडमा कलाकारका सन्तान चर्चामा आउनु सामान्यजस्तै हो। कसैले अभिनयमा डेब्यु