भारतमा उपराष्ट्रपतिको निर्वाचन अगस्ट ६ मा हुने « Khabarhub

भारतमा उपराष्ट्रपतिको निर्वाचन अगस्ट ६ मा हुने


१५ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली– भारतमा उपराष्ट्रपतिको निर्वाचन आगामी अगस्ट ६ मा हुने भएको छ ।

निर्वाचन आयोगले बुधबार मिति घोषणा गर्दै निर्वाचनका लागि तयारी सुरु भइसकेको जानकारी दिएको छ ।

वर्तमान उपराष्ट्रपति एम वेकैया नायडुको कार्याकाल यही अगस्ट १० मा सकिने भएकाले नयाँ उपराष्ट्रपति चयनका लागि निर्वाचन हुन लागेको हो ।

म्याद सकिनु तीन दिनअघि नै निर्वाचन हुने भएको छ । त्यसका लागि जुलाई १९ मा उम्मेदवारी दर्ताको अन्तिम दिन तोकिएको छ । त्यसैगरी उम्मेदवारी फिर्ताको अन्तिम मिति भने जुलाई २२ लाई राखिएको छ ।

निर्वाचन आयोगले बुधबार निर्वाचन अन्तिम तालिका सार्वजनिक गरेको छ । अब त्यहीअनुसार काम हुने आयोगको भनाइ छ ।

दुवै सदनका सदस्यहरूले निर्वाचक मण्डल प्रणालीमार्फत उपराष्ट्रपति चयनका लागि मतदान गर्ने व्यवस्था रहेको छ ।

मतदान गोप्य हुनेछ भने कुनै पनि राजनीतिक दलले ह्वीप जारी गर्न नपाउने संवैधानिक व्यवस्था रहेको छ ।

प्रकाशित मिति : १५ असार २०७९, बुधबार  १० : ४७ बजे

वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने

काठमाडौं– अध्यागमन विभागले वैदेशिक रोजगारीमा जाने श्रमिकहरूले श्रम स्वीकृति पत्रबाहेक

शान्ति वार्ताका लागि इरान र अमेरिकाका उच्च अधिकारीहरु पाकिस्तानमा

काठमाडौँ– अमेरिका र इरानबीच जारी करिब ६ हप्ता लामो युद्ध

चैत ३० देखि वैशाख ७ गतेसम्म ‘शून्य बाँकी फाइल अभियान’ मनाइँदै

काठमाडौँ– सरकारले ‘शून्य बाँकी फाइल अभियान’ यही चैत ३० गतेदेखि

हलेसी तुवाचुङले पायो ‘म्युनिसिपल एक्सिलेन्ट अवार्ड’

खोटाङ– खोटाङको हलेसी तुवाचुङ नगरपालिका ‘म्युनिसिपल एक्सिलेन्ट अवार्ड’बाट सम्मानित भएको

क्यामेराको फ्रेमले किन खोज्छ डा. केसीको अनुहार ?

सामाजिक सञ्जाल अन्तर्गत युट्युबमा अन्तर्वार्ताका लागि सर्वाधिक खोजिने पात्र हुन्–