किसानलाई मल छैन, मेशिनले मन्त्रीको धान रोपाइँ « Khabarhub

किसानलाई मल छैन, मेशिनले मन्त्रीको धान रोपाइँ

सामाजिक सञ्जालमा रोपाइँको रोइलो गर्ने प्रवृत्ति कहिलेसम्म ?


१५ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : असार १५ गते राष्ट्रिय धान दिवस मनाइरहँदा भन्सारबाट बाहिरिएको तथ्य हो, झण्डै एक वर्षमा ४५ अर्बको चामल मात्रै आयात भयो । यो तथ्य त्यतिबेला बाहिरिएको हो, जतिबेला नेपालका कृषिमन्त्री महिन्द्रराय यादव मेशिनमाथि बसेर धान रोपाइँ गरिरहेका थिए ।

यादव तिनै मन्त्री हुन्, जसले केही समयअघि किसानका लागि रसायनिक मल किन्ने बेलामा आवश्यक सहमति र बजेट दिन आनाकानी गर्दा मल खरिद प्रक्रिया रोकिएको थियो । किसानलाई समयमा मल दिनका लागि खरिद प्रक्रिया अगाडि बढाउनै नसक्ने मन्त्री यादव धान दिवसका दिन मेशिनमाथि बसेर लाज पचाएरै भएपनि धान रोपिरहेका थिए ।

उनले धान रोपिरहेको फोटो सार्वजनिक भइरहँदा सामाजिक सञ्जालमा आलोचना पनि त्यति नै बढेको थियो । कारण किसानका लागि मल ल्याउन नसक्ने मन्त्रीले कसरी मेशिनमा बसेर धान रोपाइँ गर्न सक्छन् ?

उनी त्यस्ता असफल एक मात्रै मन्त्री होइनन्, यसअघि कृषिमन्त्री बनेका चक्रपाणी खनालदेखि घनश्याम भुसालसम्मले पनि किसानको आवश्यकताअनुसार मल खरिदमा कुनै जादुयी गर्न सकेका थिएनन् । बरु मल खरिद गर्ने हाकिम नेत्र भण्डारीमाथि केही समयअघि अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

खरिद गरेको मलको म्याद गुज्रिदा त्यसैलाई बजारमा पठाएको आरोपमा उनी भ्रष्टाचार मुद्दामा तानिएका थिए । कृषि मन्त्रालयमा भण्डारीजस्ता सयौँ कर्मचारी छन् । जो आफ्नो नीहित स्वार्थको काम तत्कालै गर्छन् । तर जनताको अनिवार्य आवश्यकता बनेका विषयमा भने महिनौसम्म टारेरै बस्ने प्रवृत्ति छ । जसकारण मानो रोपेर मुरी फलाउने असार महिना किसान पुर्पुरोमा हात लगाएर बस्न बाध्य छन् ।

तर आफ्नौ नैतिक धरातल गुमाइसकेका र किसानप्रति पूर्ण रुपमा गैरजिम्मेवार रहेका कृषि मन्त्री भने मेशिनमाथि बसेर निर्लज्जताका साथ धान रोपाइँ गरिरहेका छन् । तथ्य यति मात्रै छैन, नेपाल कृषि अनुसन्धान परिषद नार्कले नेपालमै राम्रो चामल उत्पादन गर्न सकिने भनेर पटक पटक प्रस्ताव मन्त्रालयमा लिएको हुन्छ ।

तर त्यसमाथि राजनीतिक दलका नेताहरुले कहिल्यै गम्भीर छलफल गर्दैनन् । तराईका अधिकांश जिल्लामा उत्पादन हुने धान भारतमा बेचिने गरेको तथ्य पनि नार्ककै वैज्ञानिक बाहिर ल्याइरहेका हुन्छन् । तर त्यसबारे कहिल्यै पनि खास छलफल भएन ।

बुधबार कृषिमन्त्री यादवसँगै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि मेशिनमाथि नै बसेर भक्तपुरमा रोपाइँ गरे । तर उनले नेपाली किसानको समस्या, भारतबाट वर्षौ अर्बौ बराबरको चामल आयातबारे कान थुनेरै बसे ।

उनी दुईपटकसम्म प्रधानमन्त्री बनिसकेका व्यक्ति हुन् । तर स्वदेशमै आवश्यक मल र सिँचाईको समस्या समाधान गरेर धान फलाउन सकिन्छ भन्नेबारेमा कहिल्यै राजनीतिक दलका शीर्ष नेता गम्भीर भएनन् । यो नै वर्तमान तर कृषिप्रधान देश भनिने नेपालीको बिडम्बना बनेको छ । आखिर यो कहिलेसम्म ? जसको कुनै जवाफ छैन ।

प्रकाशित मिति : १५ असार २०७९, बुधबार  १० : २४ बजे

गगनले अघि सारे ‘राष्ट्रिय पुनर्जागरण र समुन्नतिको आगामी दशक’को दृष्टिकोण

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देश, लोकतन्त्र र कांग्रेसको

विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम

चितवन– अण्डाको पोषण तथा स्वास्थ्यसम्बन्धी महत्वबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले

यूईएफए नेसन्स लिग : नर्वेमाथि पोचुगलको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा पोर्चुगलले नर्वेलाई हराएको छ । गएराति

सलमानजस्तै देखिने सुफयान को हुन् ? बलिउडमा बढ्यो चर्चा

बलिउडमा कलाकारका सन्तान चर्चामा आउनु सामान्यजस्तै हो। कसैले अभिनयमा डेब्यु

कांग्रेस महाधिवेशनमा आजदेखि बन्दसत्र सुरु हुँदै, विभिन्न प्रतिवेदन पेस गरिँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आजदेखि बन्दसत्र सुरु हुँदैछ