साउदीमा थप १३३ नेपालीले पाए एक्जिट भिसा  « Khabarhub

साउदीमा थप १३३ नेपालीले पाए एक्जिट भिसा 



दोहा – साउदीमा अवैधानिक रुपमा बसेका १३३ जना नेपालीले वहिर्गमन (एक्जिट) भिसा पाएका छन् ।

१८ देखि २८ जुलाईसम्मको अवधिमा रियाद र दमामबाट प्रोसेस गरिएका मध्ये १३३ जनाको एक्जिट भिसा प्राप्त भएको रियादस्थित नेपाली दूतावासले जनाएको छ ।

दूतावासका अनुसार साउदी अरेबियाका विभिन्न कम्पनी तथा प्रतिष्ठानहरुमा कार्यरत रहँदा साउदी आवासीय अनुमति पत्र (इकामा) नबनाइएका वा नवीकरण नगरिएका वा हुरूब लगाइएका नेपालीहरुलाई स्वदेश फर्काउन आवश्यक भिसाका लागि सम्बन्धित निकायमा अनुरोध गरिएको थियो ।

दूतावासले प्रकाशित गरेको लिष्टमा नाम आएकाहरूले दूतावासबाट एक्जिट भिसा पाउनेछन् । एक्जिट भिसा लागेको ६० दिनभित्र अनिवार्य रूपमा साउदी अरब छोड्न दूतावासले अनुरोध गरेको छ ।

एक्जिट भिसा प्रोसेस निःशुल्क हुनेछ तर नेपाल फर्किने हवाई टिकट भने स्वयंले व्यवस्था गर्नुपर्ने दूतावासले जनाएको छ।

त्यसैगरी, जुन ठाउँबाट आफ्नो इकाममा बनेको हो त्यही ठाउँको श्रम कार्यालय र अध्यागमन कार्यालयमा मात्र एक्जिट भिसाको लागि प्रोसेसिङ गर्नुपर्ने साउदी नियम रहेको दूतावासले जनाएको छ । तसर्थ, एक्जिट भिसा प्रोसेसका लागि दूतावासमा आउनुभन्दा पहिले आफ्नो इकामा कहाँबाट बनेको हो अनिवार्य रूपमा यकिन गर्न अनुरोध गरेको छ ।

रियादबाट इकामा बनेकाहरू मात्रै एक्जिट भिसा प्रोसेसको लागि दूतावासमा आउन र रियाद भन्दा बाहिरबाट इकामा बनेकाहरूले एक्जिट भिसा प्रोसेसका बारेमा फोनबाटै जानकारी लिन सक्ने दूतावासले जनाएको छ ।

एक्जिट भिसा प्रोसेसका दूतावासका सम्बन्धित कर्मचारीलाई मोबाइल नं. ०५००० २१४०९ वा ०५४ ७०४ ५२७२ र नेपाली महावाणिज्य दूतावास जेद्दाका सम्बन्धित कर्मचारीलाई मोबाइल नं. ०५८२८१७१८८ मा सम्पर्क गर्न सकिनेछ ।

यस्तो अवस्थामा एक्जिट भिसा प्रोसेस गर्न मिल्छ : 

– इकामाको म्याद सकिएको ३ महिना भन्दा बढी भएमा
– साउदी पुगेको ३ महिना भन्दा बढी समयसम्म पनि इकामा नबनेको अवस्थामा
– र हुरूब लागेका व्यक्तिको मात्र दूतावासबाट एक्जिट भिसा प्रोसेस गर्न सकिनेछ ।

इकामाको म्याद भएकाहरूको एक्जिट भिसा प्रोसेस दूतावासबाट गर्न मिल्दैन ।

प्रकाशित मिति : १३ श्रावण २०७९, शुक्रबार  ७ : १० बजे

प्रतिनिधिसभा निर्वाचन : झापामा सात हजार सुरक्षाकर्मी परिचालन गरिने

झापा– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि जिल्लामा

नवलपुरमा घटे महिला मतदाता

नवलपुर– अघिल्लो निर्वाचन (२०७९) मा भन्दा यसपालि नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा महिला

असावधानीका कारण आगलागीका घटनामा वृद्धि

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यही

बाँकेका थारू बस्तीमा माघीको चहलपहल

राँझा– बाँकेका थारू बस्तीमा माघीपर्वको चहलपहल सुरु भएको छ ।

सुरक्षण मुद्रण केन्द्र : दुई महिनामा नौ हजार लाइसेन्स छपाइ

काभ्रेपलाञ्चोक– पनौती नगरपालिका–५ स्थित सुरक्षण मुद्रण केन्द्रमा दुई महिनामा करिब