उनीहरू अहिले एलजीबीटीलाई निगरानी गरिरहेका छन्। उनीहरूको नाम र ठेगाना पनि छ। उनीहरू कुनै व्यक्ति, सडकमा नभौतारियोस भनेर व्यवस्थापन गर्न घरको खोजी गरिरहेका छन्।
अलीले आफ्नो जीवन अचम्मैसँग बिताए। यदि अफगान सरकारले समलिङ्गी भएको थाहा पाएमा उनी गिरफ्तार हुने र अदालतसम्म लगिने जोखिम हुने थियो। गत वर्ष तालिवानले सत्ता लिएपछि त उनका लागि त्यो ठाउँ छोड्नु नै सबैभन्दा राम्रो उपाय थियो। सारिया कानुन अनुसार समलिङ्गीलाई मृत्युदण्ड पनि हुनसक्ने छ। अलि जस्ता व्यक्तिको त रातभर खोजी भएको थियो।
तालीवानले सत्ता लिएको केही महिनापछि अलि जस्ता व्यक्तिलाई खोजेर बेलायती सरकारको निगरानीमा सञ्चालित एक च्यारिटी अभियानले सुरक्षा प्रदान गरेको छ। त्यहाँ उनी जस्तै ३० जना छन्। शिक्षिका समेत रहेकी बेला ट्रान्सजेन्डरकै रूपमा लामो समय अफगानिस्तानमा बिताएकी थिइन्। तालीवानले सत्ता लिएपछि नै उनले पनि अफगानिस्तान छाडेकी हुन्। ‘ उनीहरूले मलाई जेल हाल्न सक्थे। ढुङ्गाले हानेर मार्न सक्थे या झुन्ड्याउन पनि सक्थे’, उनले भनिन्।
एलजीबीटीको सहयोगमा सक्रिय क्यानडाली संस्था रेन्बो रेलवेसँगको सहकार्यमा उनी त्यहाँबाट निस्किएकी हुन्। यस संस्थाले बेलायतको त्यसै च्यारिटी संस्थाका साथमा ‘ फरेन कमनवेल्थ तथा डेभ्लपमेन्ट अफिस’ सँग मिलेर असक्त र कमजोर व्यक्तिलाई काबुलबाट विमानमा राखेर बाहिर लैजाने गर्छ।
अलीले आफ्नो जीवन अचम्मैसँग बिताए। यदि अफगान सरकारले समलिङ्गी भएको थाहा पाएमा उनी गिरफ्तार हुने र अदालतसम्म लगिने जोखिम हुने थियो। गत वर्ष तालिवानले सत्ता लिएपछि त उनका लागि त्यो ठाउँ छोड्नु नै सबैभन्दा राम्रो उपाय थियो।
तनाव लिँदै घरमा दिनहरू बिताएको त्यस समयमा खाना सकिएमा मात्र उनी बाहिर निस्कने गरेकी थिइन्। विमान चढेर देश नै छाड्ने समयसम्म उनको योक्रम जारी नै रहेको थियो। अलिको गुनासो त अझ फरक छ। ‘ उनीहरू हामी कसैले सम्झेको जस्तो मानिस होइनन्। उनीहरू फोन ह्याक गर्न सक्छन्। म्यासेज हेर्न सक्छन्। एउटा सामान्य गीत पनि जिन्दगी सकाउनका लागि पर्याप्त हुन सक्थ्यो।
बेलाको यात्रा सहज थिएन। राजदूतावासको प्रशासनिक कुराले केही समस्या आएपछि उनले लामो समय पर्खनु परेको थियो। देश छाड्ने समयमा उनले फाटेको एक सरो कपडा बोकेकी थिइन्। साथमा उनको पासपोर्ट र मेडिकल उपचारका लागि तयार पारिएका सबै कुरा थिए। उनी एयरपोर्ट जाँदा पनि एउटा कुरामा निश्चिन्त थिइन्। घर छाडेर अफगानिस्तानमा नै रहनु भनेको ठुलो जोखिम हुनसक्थ्यो। उनको विचारमा यो शतप्रतिशत मृत्युको सम्भावना भएको विषय थियो।
एयरपोर्टमा रहँदा पनि उनलाई तालीवानले धेरै पटक खोजी गरेका थिए। ‘वातावरण नै कठ्याङ्ग्रिएको जस्तो थियो। डर लागेको जस्तो र एकदमै तनावमय थियो’, बेलाले भनिन्। उनी विमान चढेर त्यहाँबाट हिँडेपछि ज्यान बचेको जस्तो त थियो। तर, परिवारको मायाले उनलाई सताइ रहेको थियो। उनले आफूलाई एक्लो महसुस गरेकी थिइन्। उनले त्यहाँ आफ्नो लैङ्गिक पहिचान लुकाएकी थिइन्। तर, त्यस विमानमा उनी जस्तै अन्य धेरै जना थिए।
यस अवस्थामा कसैले कसैसँग परिचय गरेनन्। उनीहरूलाई आफू कुन देशमा पुग्ने भन्ने अत्तोपत्तो थिएन। उनीहरू सुरक्षित रूपले बेलायतमा व्यवस्थापन भएपछि मात्र सञ्चार माध्यममा एलजीबीटीको एउटा समूह बेलायत पुगेको बताएको थियो। गे रहेका अहमद बेलासँगको त्यसै समूहमा बेलायत पुगेका हुन्। ‘हरेक यस्ता व्यक्ति अफगानिस्तान छाड्न चाहन्थे । किनकी उनीहरूलाई आफ्नै जीवनको माया थियो’, पूर्व युवा अभियन्ता अहदमले भने।
तालीवानले सत्ता लिएको केही महिनापछि अलि जस्ता व्यक्तिलाई खोजेर बेलायती सरकारको निगरानीमा सञ्चालित एक च्यारिटी अभियानले सुरक्षा प्रदान गरेको छ। त्यहाँ उनी जस्तै ३० जना छन्।
सबै जना एयरपोर्टमा हतारिएका थिए। उनीहरू डराएर चाँडो त्यो स्थान छाड्न चाहेका थिए। यी नै मध्यका एक उनी पनि थिए। उनी कुनै एउटा सानो कोठामा लुकेर नै जीवन बिताइ रहेका थिए। यसै समयमा उनले एलजीबीटीलाई कसैले सहयोग गरेको कुरा गाइँगुइँ सुनेका हुन्।
त्यो सूचना पाएपछि उनले अनलाइनमार्फत सबै कुराको जानकारी लिएका हुन्। त्यसपछि उनले अनलाइन फर्म भरेर नै सुरक्षित रूपले त्यहाँबाट बाहिर निस्कने वातावरण निभाएका थिए। विमानमा उनले आफू जस्तै धेरै मानिस देखे। कोही कसैसँग बोलेका थिएनन्। तर, उनले डराएर बसेका गेलाई सहजै पहिचान गरेका थिए। क्रिस्चीयन टर्नर पाकिस्तानका लागि बेलायती उच्च कमिस्नर हुनुका साथै मिसनमा संलग्न धेरै डिप्लोम्याट मध्यका एक हुन्। हामीले अगस्टदेखि काबुलमा भएको घटनालाई हेरिरहेका थियौं र यस कारण हामी त्यहाँ अप्ठेरोमा पर्नेलाई सहयोग गर्न चाहन्थ्यौ।
त्यो विमानमा यात्रा गर्नेहरू एकदमै आत्तिएका थिए। के साँच्चै यी अधिकारीकै सहयोगमा जीवन सुरक्षित त हुनसक्छ भन्ने लगायतका चिन्ता उनको मनमा थियो। उनीहरू धेरै जना डराएको तथा अत्तालिएको थिए। बेलायती सांसदले भने अफगानिस्तानबाट सबै असक्तलाई उद्धार गर्न ढिला भएको भन्दै आलोचना गरेका थिए। यसका बाबजुद एलजीबीटीका लागि विशेष परियोजना नै सञ्चालन गरेर उद्धार गर्ने बेलायत संसारको पहिलो देश हो। स्टोनवाल लगायत च्यारिटी संस्थासँगको सहकार्यमा यो सबै सम्भव भएको थियो।
बेलाको यात्रा सहज थिएन। राजदूतावासको प्रशासनिक कुराले केही समस्या आएपछि उनले लामो समय पर्खनु परेको थियो। देश छाड्ने समयमा उनले फाटेको एक सरो कपडा बोकेकी थिइन्।
थप व्यक्तिको पहिचान गर्ने र कसरी उद्धार गर्ने भन्ने विषयमा सरोकारवालासँग सल्लाह गरेर अगाडि बढ्ने उनले बताएका छन्। यसको असरबारे थप अध्ययन गर्ने जनाइएको छ। अफगानिस्तान छाडिसकेपछि अहमद, अलि र बेला लगायत उनका अनेकौँ साथीहरू बेलायत पुग्ने अगाडि पेपरवर्कका लागि अन्यत्र कतै रोकिएका थिए।
बेलायत पुगेपछि कोभिड निगरानीका कारण उनी केही दिन होटेलको क्वारेनटाइनमा बसेका थिए। त्यसको केही समयपछि यो सबै टोली अन्यत्र कतै पुगेको हो। च्यारीटी माइक्रो रेन्बोले बेलायतमा एलजीबीटीलाई ब्यवस्थापन गर्ने काम गरेको छ। त्यहाँ वर्कसप नै सञ्चालन गरेर उनीहरूलाई सहयोग गरिएको थियो। मानसिक स्वास्थ्यको प्रशिक्षण दिइएको थियो।
बेलालाई च्यारिटीका राष्ट्रिय व्यवस्थापन प्रमुख माउड गोउबासँग पहिलो पटक भेटेको कुरा याद छ। उनले पहिलो पटक आफ्नो नाम भनेकी थिइन्। पहिलो पटक नाम भन्दा नै उनलाई आफूले स्वतन्त्रताको महसुस गरेको अनुभव भएको थियो।
माइक्रो रेन्बोका संस्थापक तथा प्रमुख कार्यकारी सेबास्टीन रोका एलजीबीटी शरणार्थीले भोगेको समस्या र मानसिक अवस्थाको निराकरण गर्न आफू लागि पर्ने बताएका छन्। लामो समय होटेलमा बिताएपछि बेला ब्रीङटनको होटेलमा पुगेका थिए। त्यहाँ उनी एउटा बेड रुम भएको फ्लाइटमा बस्ने गरेकी छिन्। युनिभर्सल क्रेडिट पेमेन्ट अन्तरगत उनले साताको ८० पाउन्ड पाउने छिन्। उनी काम खोज्दै स्वयंसेवक बनेर काम गरिरहेकी छन्। अहिले उनी त्यहाँ समलिङ्गीलाई एकत्रित गराउने अभियानमा लागेकी छन्।
बेलालाई च्यारिटीका राष्ट्रिय व्यवस्थापन प्रमुख माउड गोउबासँग पहिलो पटक भेटेको कुरा याद छ। उनले पहिलो पटक आफ्नो नाम भनेकी थिइन्। पहिलो पटक नाम भन्दा नै उनलाई आफूले स्वतन्त्रताको महसुस गरेको अनुभव भएको थियो।
‘मेरो मनले धेरै लामो समय नबोलेसम्म कसैको कुरा सुन्न, बोल्न र विश्वास गर्न धक मानी रहेको थियो’, बेलाले भनिन्।
उनको विचारमा एकाङ्की पन क्षणिक हो। क्षणिक रूपमा एकाङ्कीपन भए पनि सहन सकेमा राम्रो दिन आउने उनको अनुभव छ।
उनलाई अहिले अफगानिस्तान आफ्नो घर लाग्दैन। बेलायत नै आफ्नो घर भएको महसुस हुन्छ। किनकि अफगानिस्तानमा उनीहरूलाई आफू सुरक्षित भएको महसुस हुँदैन थियो। अहिले बेलायतमा सुरक्षित भएको महसुस हुन्छ।
यस अगाडि एलजीबीटी सुरक्षित स्थानको खोजीमा क्यानडा पनि पुगेका थिए। अहिले हजारौँ यस्ता एलजीबीटी अफगानिस्तानमा छन्, जसले देश नछाडेमा त्यहाँको सारिया कानुन अनुसार जस्तो सुकै सजायको भागीदार हुनु पर्ने खतरा छ।
स्रोत : बीबीसी फरेन पोलीसी
प्रतिक्रिया