उपचार खर्च मिनाहा गरी साउदीबाट नेपाल फर्काइयो « Khabarhub

उपचार खर्च मिनाहा गरी साउदीबाट नेपाल फर्काइयो



दोहा – साउदी अरबमा सवारी दुर्घटना परी गम्भीर घाइते भई अर्धचेतन अवस्थामा रहेका एक नेपालीलाई उद्धार गरी नेपाल फर्काइएको छ।

गत जनवरीमा साउदी अरबको अल कासिम क्षेत्रमा सवारी दुर्घटना परी गम्भीर घाइते भई हायलस्थित साउदी-जर्मन अस्पतालमा उपचाररत काभ्रेको रोशी गाउँपालिका-४ का रामबहादुर तामाङलाई नेपाल पठाइएको रियादस्थित नेपाली दूतावासले जनाएको छ।

दूतावासलगायतको पहलमा अस्पतालले उनको उपचारमा लागेको (स्वास्थ्य बिमाले कभर गरेको बाहेक) २ लाख ५० हजार साउदी रियाल मिनाहा गरिदिनुका साथै उनलाई हायलबाट रियाद विमानस्थलसम्म एम्बुलेन्समा निःशुल्क ल्याइदिएको दूतावासले जनाएको छ ।

अस्पतालले बिरामीलाई उनको परिवारको साथमा राखेर आवश्यक हेरचाह गर्दा छिटो होस् आउन सक्ने भन्दै छिटो नेपाल लैजान सुझाएको थियो ।

साथै, दूतावासले नेपाल एयरलाइन्सको जहाजमा स्ट्रेचर राख्ने व्यवस्था गर्न र स्टेचर बापतको खर्च वैदेशिक रोजगार बोर्डले व्यहोर्ने व्यवस्था गर्न नेपाल सरकारका सम्बन्धित निकाय र नेपाल एयरलाइन्ससँग पहल गरेको थियो ।

नेपाल प्रवासी समाज, हायलले उनलाई सहयोग गर्न भन्दै संकलन गरेको १२ हजार ७३० रियाल दूतावासको सल्लाहमा उनको परिवारलाई पठाएको छ।

सो रकम नेपाली प्रवासी समाज, हायलले जुलाई २४ तारिखमा उनको बुबा अमृत सिं लामाको नाममा कुमारी बैंक लिमिटेडमा रहेको खाता नम्बर १७००९, ५५२५५३०००११ मा पठाइदिएको हो।

दूतावासले बिरामीको आवश्यक कागजातसहित एक्जिट भिसाको लागि साउदी श्रम कार्यालय र अध्यागमन कार्यालयसँग समन्वय गरेको थियो ।

प्रकाशित मिति : १३ श्रावण २०७९, शुक्रबार  ८ : २६ बजे

मध्यपूर्व तनाव कम गर्न मध्यस्थताका लागि चीन इच्छुक

बेइजिङ – चीनका उच्च कूटनीतिज्ञले आइतबार आफ्ना रुसी समकक्षीलाई मध्यपूर्वमा

सबैभन्दा बलियो प्रतिपक्ष नेपाली जनता हुन् : सभामुख अर्याल

काठमाडौं – प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख डोलप्रसाद अर्यालले अहिलेको निर्वाचनबाट सबैभन्दा

बिस्केट जात्रामा सिसी क्यामरा र ड्रोनबाट निगरानी

भक्तपुर – तान्त्रिक विधिअनुसार भक्तपुरमा नौ दिन आठ रातसम्म भव्य

को बन्ला उपसभामुख ? रास्वपालाई फकाउँदै छन् श्रमसंस्कृति, नेकपा र राप्रपा

काठमाडौं – सभामुख चयन गरेको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधि सभाको

सरकारी कार्यालयको समय बिहान ९ देखि अपराह्न ५ बजेसम्म सोमबारदेखि नै लागू हुने

काठमाडौं – सोमबारदेखि सरकारी कार्यालय, सार्वजनिक निकाय तथा शैक्षिक संस्थाहरु