फ्राइडे रिलिज : हलमा ‘पानीफोटो’ « Khabarhub

फ्राइडे रिलिज : हलमा ‘पानीफोटो’


१३ श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अभिनेता खगेन्द्र लामिछानेको डेब्यु निर्देशन रहको फिल्म ‘पानीफोटो’ प्रदर्शनमा आएको छ ।

शुक्रबारबाट फिल्म प्रदर्शनमा आएको हो। टलकजंग भर्सेस टुल्के मार्फत फिल्म अभिनयमा भित्रिएका खगेन्द्रले पशुपति प्रसाद, धनपति हुँदै डमरुको डण्डीवियोसम्म आइपुग्दा आफूलाई ‘भर्सटायल अभिनेता’ को रूपमा परिचित गराइसकेका छन् । उनी फिल्म ‘पानीफोटो’बाट निर्देशनमा होमिएका हुन् । स्वयम् खगेन्द्रले आफू लिखित नाटकलाई फिल्मको स्वरूप दिएका हुन् । उनले फिल्ममा माओवादी युद्धको समयमा बेपत्ता भएको छोराको पर्खाइमा बसेको बा-आमाको कथालाई दर्शक माझ लिएर आएका छन्।

यो गुरुकुलमा मञ्चन भएको चर्चित नाटक ‘पानीफोटो’ कै अनुरुपण गरिएको फिल्म हो । फिल्ममा खगेन्द्रसँगै अनुप बराल , मेनुका प्रधान , प्रकाश घिमिरे, माओत्से गुरुङ, बुद्धि तामाङ, कमलमणि नेपाल, अशान्त शर्मा, मलिका महत, प्रकाश घिमिरे, राधा श्रेष्ठ,अजस्र ढुङ्गाना, कमल देवकोटा, अनोज पाण्डे, अनिल पाण्डे, नवराज गिरी, श्यामकुमार खड्का लगायतका कलाकारको अभिनय रहेको छ ।

फिल्ममा माओवादी युद्धको कारण एउटा परिवारले भोग्नु परेको पिडालाई चित्रण गरिएको छ। फिल्म अनुप , मेनुका र मलिकाको वरपर घुमेको छ। आफ्नो छोराको पर्खाइमा रहेका अनुप र मेनुकासँगै बाल्यकालको प्रेम पर्खिएकी मलिकाको अभिनय जीवन्त रहेको प्रतिक्रियाहरू आइरहेका छन्।

खगेन्द्रले नाटकलाई फिल्ममा ल्याउनु आफ्नो सपना रहेको बताए । ‘यसलाई फिल्म बनाएर धेरै दर्शकसम्म यो कथालाई पुर्‍याउने मेरो सपना नै थियो । मैले नाटक मन्चनकै समयमा यसलाई फिल्म बनाउने निर्णय लिएको थिए ’ खगेन्द्रले भने । दीपक बज्राचार्यको छायांकन रहेको फिल्ममा निमेष श्रेष्ठको सम्पादन रहेको छ । यसमा पुष्पासंगमको पार्श्व संगीत रहेको छ । फिल्मको छायांकन काठमाडौँसँगै बर्दिया, रोल्पा र स्याङ्जामा गरिएको छ ।

‘पशुपति प्रसाद’ र ‘धनपति’ जस्ता खाँटी नेपाली स्वाद बोकेका सफल फिल्म निर्माण गरेको टुकी आर्ट्सले यसफिल्म निर्माणमा मन्जुश्री फिल्म्ससंग सहकार्य गरेको छ । फिल्ममा लेखन पनि खगेन्द्रकै रहेको छ भने यसमा चिफ एडीको रूपमा अनिल खड्का रहेका छन् । फिल्मलाई रोजिना सिटौला र रविन्द्र बज्राचार्यले संयुक्त रूपमा निर्माण गरेका हुन् ।

प्रकाशित मिति : १३ श्रावण २०७९, शुक्रबार  १२ : २२ बजे

आज २०८२ साल चैत १५ गते आइतबारको राशिफल

काठमाडौँ – आज २०८२ साल चैत १५ गते आइतबार चैत

ओली पक्राउ परेको विरोधमा युवा संघले निकाल्यो मसाल जुलुस (तस्बिरहरू)

काठमाडाैं – आज पक्राउ परेका एमाले अध्यक्ष केपी शर्मा ओलीको

बालेन सरकारको योजना : पासपोर्ट, नागरिकता र लाइसेन्स घर घरमै पुर्‍याउने

काठमाडौं – बालेन्द्र शाह नेतृत्वको सरकारले नागरिकलाई सरकारी सेवा घरमै

बालेन सरकारले सात दिनभित्र संविधान संशोधन सम्बन्धी बहस सुरु गर्ने

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्ले शुक्रबार स्वीकृत गरेको

बालेन सरकारको घोषणा : विद्यालय र विश्वविद्यालयबाट दलीय विद्यार्थी संगठन हटाउने

काठमाडौं – सरकारले आगामी ६० दिनभित्र देशभरका विद्यालय र विश्वविद्यालयबाट