बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ « Khabarhub

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ


१३ श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

 सुनसरी– बैंकिङ कसूर मुद्दाका एक जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा मोरङ रतुवामाई नगरपालिका–६ घर भई हाल सुनसरी धरान उपमहानगरपालिका–९ बस्ने ३२ वर्षीय लक्ष्मण कार्की छन् । उनलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो । उच्च अदालत विराटनगरले २०७७ पुस २७ गते उक्त मुद्दामा उनलाई २ दिन कैद र ९ लाख ५० हजार रुपैयाँ जरिवाना ठहर गरेको थियो । त्यसपछि कार्की फरार रहेका थिए । 

उनलाई १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरबाट खटिएको प्रहरीले धरान उपमहानगरपालिका–१२ छाताचोकस्थित लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । 

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत सुनसरीमा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि झुम्का कारागार पठाइएको छ ।

प्रकाशित मिति : १३ श्रावण २०७९, शुक्रबार  १ : ०२ बजे

कानुनअनुसार गरिब तथा विपन्नलाई निःशुल्क उपचारको व्यवस्था गर्न बागमती सरकारको निर्देशन

भक्तपुर– बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले प्रदेशअन्तर्गत सञ्चालित सबै अस्पताललाई कूल

दलको नेतामा सहमति खोज्दै कांग्रेस, अन्तिम दौडमा यी तीन सांसद

काठमाडौं- फागुन २१ गतेको निर्वाचनबाट प्रतिनिधि सभामा पुगेका ६ दलमध्ये

रामकुमारीसहित एमाले सांसदलाई ‘साइबर बुलिङ’, दिए प्रहरीमा उजुरी

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महिला सांसदहरूले पछिल्लो समयमा किशोरीहरूमाथि

१४ हजार विद्यार्थीको जन्मजात मुटु रोग तथा बाथ मुटु रोग परीक्षण गर्दै कामपा

काठमाडौं– काठमाडौँ महानगरपालिकाले विद्यालय उमेरका १४ हजार बालबालिकाको जन्मजात मुटु

इरानमा सत्ता अनिश्चितता, खामेनेई कोमामा

लन्डन– इरानको नेतृत्वबारे अनिश्चितता बढिरहेका बेला सर्वोच्च नेता मोजताबा खामेनेई