गाईखुरे झरनामा पर्यटकको भिड  « Khabarhub

गाईखुरे झरनामा पर्यटकको भिड 


१३ श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ– चिसो बताससँगै कलकल झरेको झरनाको सुन्दर दृश्य अगाडि उभिएर तस्बिर खिच्ने रहर यहाँ पुग्ने सबैलाई हुन्छ । डुम्रे-बेसीसहर सडकखण्डको छेउमै पर्ने बेँसीसहर नगरपालिकाको उदिपुरमा रहेको गाईखुरे झरनामा रम्नेको अहिले भिड देख्न सकिन्छ । 

पौडी खेल्न र नुहाउन मात्र होइन, साथीभाइ भेटघाट गर्ने थलो पनि बनेको छ गाईखुरे झरना । कोही पौडी खेल्न, कोही नुहाउन त कोही क्यानोनिङको मज्जा लिन धाइरहेका छन् । पहाडको खोँचबाट झरेको झरनाको चिसो पानीमा खेल्न पाउँदा निकै खुसी भएको बेसीसहरकी कल्पना श्रेष्ठ बताउँछिन् । 

बेलाबेलामा यो झरनामा ‘क्यानोनिङ’ समेत सञ्चालन हुने गरेको छ । बर्खाको समयमा मात्र ठूलो झरना हुने गाईखुरे झरनामा युवायुवतीहरूको लर्को लाग्न थालेको छ । हेर्दै सिरिंग हुने झरना । कलकल बगेको पानीले झरनालाई सुन्दरता थपेको छ ।
त्यही सुन्दरता र प्राकृतिक मनोरमलाई चुम्न युवाहरूको लर्को लाग्न थालेको छ ।

वर्षाको समयमा मात्र पानी झर्ने उक्त झरनाले स्थानीय पर्यटकलाई आकर्षण गरेको हो । झरनामा पानीको मात्रा बढेसँगै त्यहाँ रमाउनेहरूको भिड पनि बढ्न थालेको हो । विशेष गरी बिदाको दिन झरनामा हेर्न, भिज्न जानेहरूको निकै भिड लाग्ने गरेको छ । हप्ताभर काममा व्यस्त हुनेहरू बिदाको दिन झरनामा पुगेर थकाई मेटाउने गर्न थालेका छन् ।

कतिपय त दिनभरिको थकाई मेटाउन साँझपख झरना पुग्ने गर्दछन् । सडक छेउमै भएकोले झरनाको आकर्षणले कतिपयले सवारी रोकेर नै अवलोकन गर्ने गरेका छन् । काठमाडौंबाट केही दिनका लागि लमजुङ घुम्न आएकी विष्णु केसी छोटो समयमा लमजुङका पर्यटकीय गन्तव्य पुग्न नसके पनि झरनामा पुगेर आनन्द लिएको बताउँछिन् । झरनामा सदरमुकाम बेसीसहरसहित उदिपुर, भोटेओडार, सुन्दरबजारलगायत ठाउँबाट मनोरञ्जनका लागि आन्तरिक पर्यटकहरू आउने गर्दछन् । 

डुम्रे-बेसीसहर सडकमार्गको छेउमै पर्छ गाईखुरे झरना । मध्यमर्स्याङ्दीको बाँधस्थल आडैमा छ । मनोरम र शान्त वातावरण छ । जिल्लामा पर्यटनको क्षेत्रमा सरकारी तथा गैरसरकारी संस्थाको लगानी बढ्दै गए पनि गाईखुरे झरनाको व्यवस्थापनमा कसैले चासो नदिएको स्थानीयवासीको गुनासो छ । 

थोरै मात्र लगानी गर्न सकिए पनि त्यस क्षेत्र पर्यटकको राम्रो गन्तव्य बन्न सक्ने लमजुङ उद्योग वाणिज्य संघका अध्यक्ष गुणराज सिलवाल थापा बताउँछन् । निश्चित मापदण्ड बनाएर शुल्क लिनेगरी झरनाको व्यवस्थापनको जिम्मा निजी क्षेत्रलाई दिनसके करोडौँ आम्दानी गर्न सकिने उनको भनाइ छ । गाईखुरे झरनालाई पर्यटकीय क्षेत्रको रूपमा प्रचारप्रसार गरिने बेँसीसहर नगरपालिकाका नगरप्रमुख गुमानसिंह अर्याल बताउँछन् ।

प्रकाशित मिति : १३ श्रावण २०७९, शुक्रबार  १ : ०९ बजे

रमेश लेखकले भने- सोमबार जाँचबुझ आयोगमा गएर बयान दिन्छु

काठमाडौं– पूर्व गृहमन्त्री रमेश लेखकले सोमबार जाँचबुझ आयोगमा बयान दिन

रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजदेखि समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया

रास्वपा नेताहरूसँग छलफल गर्दै रवि, बालेन भेट्न पुगे शिशिर

काठमाडौं- नेताहरूसँग छलफल गर्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

इनड्राइभले सार्वजनिक गर्‍यो ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’ सेफ्टी अवेयरनेस अभियान

काठमाडौं- इनड्राइभले आफ्नो सेफ्टी अवेयरनेस अभियान ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’

माओवादी केन्द्रीय समितिको बैठक जारी, एक्लै चुनाव लड्ने तयारीमा जुट्न विप्लवको निर्देशन

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले आगामी निर्वाचनमा