फ्राइडे फिल्म : ‘पानीफोटो’ लाई सकारात्मक प्रतिक्रिया  « Khabarhub

फ्राइडे फिल्म : ‘पानीफोटो’ लाई सकारात्मक प्रतिक्रिया 


१३ श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- रङ्गकर्मी, लेखक, अभिनेता हुँदै खगेन्द्र लामिछाने निर्देशक बनेका छन् । उनको निर्देशकीय डेब्यु फिल्म ‘पानीफोटो’ प्रदर्शनमा आएको छ । यो गुरुकुलमा मञ्चन भएको चर्चित नाटक ‘पानीफोटो’ कै अनुरुपण गरिएको फिल्म हो । स्वयम् खगेन्द्रले आफू लिखित नाटकलाई फिल्मको स्वरूप दिएका हुन् । उनले फिल्ममा माओवादी युद्धको समयमा बेपत्ता भएको छोराको पर्खाइमा बसेको बा-आमाको कथालाई दर्शक माझ लिएर आएका छन्।

टलकजंग भर्सेस टुल्के मार्फत फिल्म अभिनयमा भित्रिएका खगेन्द्रले पशुपति प्रसाद, धनपति हुँदै डमरुको डण्डीवियोसम्म आइपुग्दा आफूलाई ‘भर्सटायल अभिनेता’ को रूपमा परिचित गराइसकेका छन् । उनी फिल्म ‘पानीफोटो’ बाट निर्देशनमा होमिएका हुन् । फिल्ममा माओवादी युद्धको कारण एउटा परिवारले भोग्नु परेको पिडालाई चित्रण गरिएको छ। फिल्म अनुप बराल, मेनुका प्रधान र मलिका महतको वरपर घुमेको छ। आफ्नो छोराको पर्खाइमा रहेका अनुप र मेनुकासँगै बाल्यकालको प्रेम पर्खिएकी मलिकाको अभिनय जीवन्त रहेको प्रतिक्रियाहरू आइरहेका छन्।

रिलिजको पूर्व सन्ध्यामा निर्माण टिमले प्रिमियरको आयोजना गरेको थियो । आयोजित प्रिमियरमा फिल्म युनिट र फिल्मकर्मी मात्र  सहभागी थिए । फिल्म हेरिसकेपछि निर्देशक प्रदीप भट्टराईले मनलाई छुने फिल्म रहेको बताए । ‘राम्रो लेखक, कलाकार हुँदै कथालाई पर्दामा मर्म अनुसार देखाउन सक्ने  निर्देशकीय क्षमता पाएँ।  फिल्मले मन छोयो’ निर्देशक भट्टराईले भने ।

‘पानीफोटो’ नाटकको रूपमा मन्चन हुँदा नबोल्ने बुढी फुपूको भूमिका निर्वाह गरेका कलाकार रविन्द्र सिंह बानियाँले नाटकको सीमितता लाई भत्काउँदै फिल्म ले ठूलो भूगोल घटना पात्र र परिवेशहरूलाई समेटेको प्रतिक्रिया दिए । ‘फिल्म हेर्दा धेरै ठाउँमा मुटु निचोरिएर आँखा सम्म आइपुगे ! तपाईंले ती समय र पात्रहरू नजिकबाट महसुस गर्नु भएको छ भने फिल्मले तपाईंलाई धेरै ठाउँमा सँगैको सिटमा बसेका साथीसँग आँखा लुकाएर सुटुक्क पुछ्न बाध्य बनाउने छ’ उनले भने ।

फिल्म समीक्षक तथा लेखक यज्ञशले फिल्म हेरेपछि दर्शकलाई पनि सिफारिस गरेका छन् । उनले ‘पानीफोटो’ कथा-पटकथा, अभिनय र प्राविधिक पक्ष सबैजसो पाटोमा सुन्दर फिल्म भएको बताएका छन्। ‘सेतो कुहिरो, अँध्यारो मन, धुमिल आशा र अनन्तसम्मको प्रतीक्षा ! रंग, प्रकाश, विम्ब र दृश्यले पात्र र कथाका भावलाई कसरी व्यक्त गर्छन् ? अभिनयले कसरी कथालाई जीवन्त बनाउँछ ? यस्ता धेरै कुरा ‘पानीफोटो’ मा देख्न पाइन्’ यज्ञश लेख्छन् । उनले ‘पानीफोटो’ अर्काको कथा हेरेर आफ्नो मन पखाल्ने, मनमा राखिएका स्मृतिको पानीफोटो धुलाउने फिल्म रहेको प्रतिक्रिया दिएका छन् ।

निर्देशक  दीपेन्द्र के खनालले सुन्दर र मन छुने फिल्म भनेका छन् । उनले पनि दर्शकलाई फिल्म हेर्न सिफारिस गरेका छन् । फिल्ममा खगेन्द्रसँगै अनुप बराल , मेनुका प्रधान , प्रकाश घिमिरे, माओत्से गुरुङ, बुद्धि तामाङ, कमलमणि नेपाल, अशान्त शर्मा, मलिका महत, प्रकाश घिमिरे, राधा श्रेष्ठ,अजस्र ढुङ्गाना, कमल देवकोटा, अनोज पाण्डे, अनिल पाण्डे, नवराज गिरी, श्यामकुमार खड्का लगायतका कलाकारको अभिनय रहेको छ ।

खगेन्द्रले नाटकलाई फिल्ममा ल्याउनु आफ्नो सपना रहेको बताए । ‘यसलाई फिल्म बनाएर धेरै दर्शकसम्म यो कथालाई पुर्‍याउने मेरो सपना नै थियो । मैले नाटक मन्चनकै समयमा यसलाई फिल्म बनाउने निर्णय लिएको थिए ’ खगेन्द्रले भने । दीपक बज्राचार्यको छायांकन रहेको फिल्ममा निमेष श्रेष्ठको सम्पादन रहेको छ । यसमा पुष्पासंगमको पार्श्व संगीत रहेको छ । फिल्मको छायांकन काठमाडौँसँगै बर्दिया, रोल्पा र स्याङ्जामा गरिएको छ ।

‘पशुपति प्रसाद’ र ‘धनपति’ जस्ता खाँटी नेपाली स्वाद बोकेका सफल फिल्म निर्माण गरेको टुकी आर्ट्सले यस फिल्म निर्माणमा मन्जुश्री फिल्म्ससंग सहकार्य गरेको छ । फिल्ममा लेखन पनि खगेन्द्रकै रहेको छ भने यसमा चिफ एडीको रूपमा अनिल खड्का रहेका छन् । फिल्मलाई रोजिना सिटौला र रविन्द्र बज्राचार्यले संयुक्त रूपमा निर्माण गरेका हुन् ।

प्रकाशित मिति : १३ श्रावण २०७९, शुक्रबार  २ : ३० बजे

कार्यसम्पादनमा विशेष ध्यान दिन महानिरीक्षक कार्कीको निर्देशन

काठमाडौं – नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आइजिपी) दानबहादुर कार्कीले मातहतका

इन्डो–प्यासिफिक कमाण्डका कमाण्डर बिहीबार नेपाल आउँदै

काठमाडौँ– संयुक्त राज्य अमेरिकाको इन्डो–प्यासिफिक कमाण्डका कमाण्डर एड्मिरल सामुयल पापारो

कर्णालीको स्वास्थ्य सेवा विस्तारका लागि बजेट अभाव हुँदैन : स्वास्थ्यमन्त्री गौतम

जुम्ला- नेपाल सरकारका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा गौतमले कर्णालीको

गरिखानेहरुको प्रदेश बनाउन शिक्षा प्रणालीमा सुधार गर्छौं : मुख्यमन्त्री बानियाँ

बागमती – बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेशलाई गरिखानेहरुको

पूर्वमुख्यमन्त्री शर्मा नेकपाबाट निष्कासित

काठमाडौँ- कर्णालीका पूर्वमुख्यमन्त्री  राजकुमार शर्मा पार्टीबाट निष्काशित भएका छन् ।