‘नेपाल एसियाकै भ्रष्ट देश बन्छ, तर श्रीलंका बन्दैन’ « Khabarhub

‘नेपाल एसियाकै भ्रष्ट देश बन्छ, तर श्रीलंका बन्दैन’


१३ श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : लेखक देवेश झाले नेपाल तत्काल श्रीलंका नबन्ने बताएका छन् । खबरहबले आयोजना गरेको ‘नेपालमा विदेशी ऋण, अवसर र चुनौती तथा श्रीलंका संकट दोहोरिन नदिन के गर्ने भन्ने’बारेको छलफलमा बोल्दै लेखक झाले श्रीलंकाबाट ३५ टन सुन मात्रै आयात भइरहेको अवस्थामा नेपाल श्रीलंकाको अवस्थामा नपुग्ने बताएका हुन् ।

‘नेपाल कसरी श्रीलंका बन्न सक्छ ? जहाँबाट ३५ टन मात्रै सुन आयात भइरहेको छ’ उनले कार्यक्रममा भने, ‘मलाई त तत्कालै नेपाल श्रीलंका बन्न सक्छ जस्तो लाग्दैन । यस्तो कुरा हुँदैन ।’ अहिले सुन आयात, घरजग्गा कारोबारको अवस्थादेखि धेरै कुराको विषयमा नेताहरु जिम्मेवार नभएको पनि उनको भनाई छ ।

अहिले राजनीतिक नेताहरु चर्चित भएपनि विषयवस्तुको ज्ञान नभएका कारण देशमा संकट उत्पन्न भएको पनि लेखक झाले बताए । ‘अहिले नेताहरु चर्चित छन्, विषयवस्तुको ज्ञान छैन,’ उनले कार्यक्रममा भने, ‘देश हाँक्ने नेताहरु जिम्मेवार र विषयवस्तुमा गम्भीर नहुँदा धेरै समस्या निम्तिएका छन् ।’

वर्तमान अवस्थामा नेपाल आर्थिक संकटमा फस्नेभन्दा राजनीतिक भ्रष्टाचारले थप चर्चामा रहने पनि उनले बताए । ‘नेपाल एसियामा भ्रष्टाचारी मुलुक बनिसकेको छ’ उनले कार्यक्रममा आफ्नो मन्तव्यको सारमा भने, ‘तर श्रीलंका बन्दैन ।’

प्रकाशित मिति : १३ श्रावण २०७९, शुक्रबार  ४ : २१ बजे

ग्लोबल आइएमई बैंकको २०औँ साधारण सभा सम्पन्न, शेयरधनीको १० प्रतिशत लाभांश पारित

काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेडको २०औँ वार्षिक साधारण सभा शुक्रबार

पूर्वाधार विकासमा फड्को मार्न एकीकृत ‘छाता कानुन’ र ७ प्रतिशतको आर्थिक वृद्धि : मेरो कार्यदिशा

म अर्थमन्त्रीको जिम्मेवारीमा आएको आधा घण्टाभित्रै १५ वटा पुराना ऐनहरू

लोकप्रियताको शिखर चढिरहेकी आरती

काठमाडौं- कर्णाली प्रदेशको दुर्गम जिल्ला हुम्लाबाट मोडलिङ तथा कलाकारितालाई आफ्नो

मतदाता सूची विवादमा कक्रोच आन्दोलन

नयाँदिल्ली– भारतको ‘कक्रोच’ युवा आन्दोलनले विवादास्पद मतदाता सूची संशोधनको विरोध

न्याय सेवा आयोगले गर्‍यो ५२ कर्मचारीको सरुवा तथा पदस्थापन

काठमाडौं– न्याय सेवा आयोगले नेपाल न्याय सेवाका विभिन्न श्रेणीका अधिकृत