‘बीआरआईबाट पीडित हुने देशको सूची मसँग छ’ « Khabarhub

श्रीलंकाका लागि पूर्वराजदूत प्याकुर्‍याल भन्छन्ः

‘बीआरआईबाट पीडित हुने देशको सूची मसँग छ’

नेपालले श्रीलंका संकटबाट पाठ सिक्न जरुरी छ


१३ श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– श्रीलंकाका लागि पूर्व नेपाली राजदूत प्राध्यापक डाक्टर विश्वम्भर प्याकुर्‍यालले चीनको बीआरआई परियोजनाबाट पीडित हुने देशको संख्या बढ्दै गएको बताएका छन् ।

खबरहबले आयोजना गरेको ‘नेपालमा विदेशी ऋण, अवसर र चुनौती तथा श्रीलंका संकट दोहोरिन नदिन के गर्ने ?’ विषयक कार्यक्रममा बोल्दै पूर्वराजदूत प्याकुर्‍यालले बीआरआई परियोजनाबाट पीडित हुने देशको संख्या बढ्दै गएको बताएका हुन् ।

उनले श्रीलंकामा अहिले आइपरेको संकटका पछाडि चिनियाँ ऋण पनि एउटा कारण रहेको बताए । चीनबाट महङ्गो ब्याजदरमा ऋण लिने देशमा आर्थिक संकट चुलिदै गएको भन्दै उनले यो समस्या धेरै देशमा देखिएको पनि बताए ।

चिनियाँ ऋणबाट आंशिक फाइदा भएका देश र आर्थिक संकटमा परेका देशको सूचि आफूसँग रहेको पनि उनले बताए । आवश्यकताका आधारमा आफूले त्यसलाई सार्वजनिक गर्ने पनि उनले बताए । पछिल्लो समय यसबारे विस्तृत अध्ययन भइहरेको भन्दै उनले आफूसँग चिनियाँ ऋणबाट हुने फाइदा र बेफाइदाका विषयमा केही जानकारी रहेको पनि उल्लेख गरे ।

‘चिनियाँ ऋण लिएर फाइदा हुने देश र बेफाइदा भएका देशको सूचि मसँग छ,’ उनले कार्यक्रममा भने, ‘चीनले ऋण दिने कुरा र त्यसबाट हुने फाइदाका विषयमा नेपालमा पनि अध्ययन भइरहेको छ । बीआरआईका विषयमा थप राम्रोसँग अध्ययन गर्नुपर्छ ।’

श्रीलंकामा राजदूत भएर काम गरिसकेका प्रा.डा.प्याकुर्‍यालले श्रीलंका संकटको विषयले विश्वलाई ठूलो पाठ सिकाएको र नेपालले पनि त्यसबाट पाठ सिक्नुपर्ने बताए ।

प्रकाशित मिति : १३ श्रावण २०७९, शुक्रबार  ५ : ५६ बजे

कांग्रेसलाई फुट्नबाट जोगाउन देउवासमक्ष नैनसिंह महरका तीन प्रस्ताव

काठमाडौं– नेपाली कांग्रेसमा चर्किएको आन्तरिक विवाद मिलाउन युवा नेता नैनसिंह

अमेरिकी ‘आर्थिक दबाब अभियान’ मा सहभागी नहुन इरानको चेतावनी

तेहरान- इरानका एक वरिष्ठ सुरक्षा अधिकारीले छिमेकी तथा अन्य मुलुकहरूलाई

म्याग्दीमा चार किलोमिटर पदमार्ग निर्माण

म्याग्दी- एकिकृत सेवा कार्यालय म्याग्दीमार्फत आर्थिक वर्ष २०८२/८३ मा सञ्चालन

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

हङकङ– चिनियाँ प्रविधि कम्पनी अलिबाबाले कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा लगानी

अमेरिकाबाटै कलाकारिता गर्दै धुर्मुस–सुन्तली, सिरियल ‘म त मर्छु कि क्या हो’ ल्याउने

काठमाडौं – जनताबाट रकम उठाएर चितवनमा रंगशाला बनाउने क्रममा ऋणमा