‘बीआरआईबाट पीडित हुने देशको सूची मसँग छ’ | Khabarhub Khabarhub

श्रीलंकाका लागि पूर्वराजदूत प्याकुर्‍याल भन्छन्ः

‘बीआरआईबाट पीडित हुने देशको सूची मसँग छ’

नेपालले श्रीलंका संकटबाट पाठ सिक्न जरुरी छ


१३ श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– श्रीलंकाका लागि पूर्व नेपाली राजदूत प्राध्यापक डाक्टर विश्वम्भर प्याकुर्‍यालले चीनको बीआरआई परियोजनाबाट पीडित हुने देशको संख्या बढ्दै गएको बताएका छन् ।

खबरहबले आयोजना गरेको ‘नेपालमा विदेशी ऋण, अवसर र चुनौती तथा श्रीलंका संकट दोहोरिन नदिन के गर्ने ?’ विषयक कार्यक्रममा बोल्दै पूर्वराजदूत प्याकुर्‍यालले बीआरआई परियोजनाबाट पीडित हुने देशको संख्या बढ्दै गएको बताएका हुन् ।

उनले श्रीलंकामा अहिले आइपरेको संकटका पछाडि चिनियाँ ऋण पनि एउटा कारण रहेको बताए । चीनबाट महङ्गो ब्याजदरमा ऋण लिने देशमा आर्थिक संकट चुलिदै गएको भन्दै उनले यो समस्या धेरै देशमा देखिएको पनि बताए ।

चिनियाँ ऋणबाट आंशिक फाइदा भएका देश र आर्थिक संकटमा परेका देशको सूचि आफूसँग रहेको पनि उनले बताए । आवश्यकताका आधारमा आफूले त्यसलाई सार्वजनिक गर्ने पनि उनले बताए । पछिल्लो समय यसबारे विस्तृत अध्ययन भइहरेको भन्दै उनले आफूसँग चिनियाँ ऋणबाट हुने फाइदा र बेफाइदाका विषयमा केही जानकारी रहेको पनि उल्लेख गरे ।

‘चिनियाँ ऋण लिएर फाइदा हुने देश र बेफाइदा भएका देशको सूचि मसँग छ,’ उनले कार्यक्रममा भने, ‘चीनले ऋण दिने कुरा र त्यसबाट हुने फाइदाका विषयमा नेपालमा पनि अध्ययन भइरहेको छ । बीआरआईका विषयमा थप राम्रोसँग अध्ययन गर्नुपर्छ ।’

श्रीलंकामा राजदूत भएर काम गरिसकेका प्रा.डा.प्याकुर्‍यालले श्रीलंका संकटको विषयले विश्वलाई ठूलो पाठ सिकाएको र नेपालले पनि त्यसबाट पाठ सिक्नुपर्ने बताए ।

प्रकाशित मिति : १३ श्रावण २०७९, शुक्रबार  ५ : ५६ बजे

प्रधानमन्त्रीको दाबी ‘राष्ट्रिय गौरवका आयोजना समयमै सम्मन्न हुन्छन्’

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय गौरवका तथा रूपान्तरणकारी

शुक्लाफाँटामा बाह्रसिङ्गाको गणना हुँदै

कञ्चनपुर – शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा विश्वमै दुर्लभ मानिएको वन्यजन्तु बाह्रसिङ्गाको

जनताले महसुस गर्नेगरी काम गर्न गृहमन्त्री लामिछानेको निर्देशन

झापा – उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले जनतालाई परिवर्तनको अनुभूति

युरोप पठाउने भन्दै बङ्गलादेशी नागरिकलाई नेपाल ल्याई बन्धक बनाउने पक्राउ

काठमाडौं – बङ्गलादेशका नागरिकलाई युरोप पठाउने भन्दै नेपाल ल्याई बन्धक

प्रचण्डको ‘उथलपुथल’ सन्देश – नयाँसंग घुर्की, पुरानालाई धम्की

काठमाडौं – नेपालका राजनीतिज्ञहरुले बेला बखत चट्के शब्द प्रयोग गरेर