‘नेपाललाई उडान सुरक्षा सूचीमा राखिरहनु पर्ने अवस्था छैन’ « Khabarhub

‘नेपाललाई उडान सुरक्षा सूचीमा राखिरहनु पर्ने अवस्था छैन’


१३ श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले युरोपेली सङ्घ (इयू)ले नेपाललाई उडान सुरक्षासम्बन्धी सूचीमा राख्न नहुने धारणा राखे ।

पर्यटनमन्त्री श्रेष्ठसँग नेपालका लागि गणतन्त्र पोल्यान्डका गैरआवासीय राजदूत आडम बुराकोव्स्कीले आज मन्त्रालयमा गरेको शिष्टाचार भेटको क्रममा उनले नेपाली उड्डयन क्षेत्रलाई अन्तर्राष्ट्रिय उड्डयन सङ्गठन आइकाओले प्रतिबन्ध फुकुवा गरिसकेको अवस्थामा इयुले सुरक्षासम्बन्धी सूचीमा राख्न नहुने बताएका हुन् ।

आइकाओको सुरक्षा इन्डेक्सले नेपाली आकाश तथा वायुसेवा कम्पनी सुरक्षित रहेको पुष्टि भइसकेको अवस्थामा नेपाली उड्डयन क्षेत्रलाई युरोपमा सिधा उडानको व्यवस्था गर्नुपर्नेमा मन्त्री श्रेष्ठले जोड दिएको उनको निजी सचिवालयले जनाएको छ ।

भेटमा उनीहरूबीच नेपाल र पोल्यान्डबीच रहिआएको सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको थियो । मन्त्री श्रेष्ठले नेपाल र पोल्यान्डबीच कूटनीतिक सम्बन्ध स्थापित भएदेखिनै सुमधुर सम्बन्ध रहिआएको चर्चा गर्दै यसलाई अझ मजबुत बनाउनुपर्नेमा जोड दिए । उनले पर्वतारोहणमा पोल्यान्डका जनताको रुचि रहेको र त्यसका लागि नेपाल आकर्षक गन्तव्य रहेको बताए ।

मन्त्री श्रेष्ठले कोरोना भाइरस महामारीपछि नेपालले अहिले पर्यटन पुनरुत्थानका कार्ययोजनाअनुसार पर्यटकलाई सुविधा तथा सहुलियतका कार्यक्रम अघि बढाएको जानकारी गराए । पोल्यान्डमा उच्च अध्ययन र रोजगारीको सिलसिलामा नेपाली जाने गरेको तथा नेपालमा रहेका पोल्यान्डका जनताको भिसा र आवागमन प्रक्रियामा सरलीकरण गर्नेबारेमा पनि उनीहरूबीच छलफल भएको थियो ।

राजदूत बुराकोव्स्कीले सन १९९२ मा कञ्चनजङ्गा हिमाल आरोहणका क्रममा हराएकी पोल्यान्डकी नागरिक वान्डा रुटकिविजको स्मृति कार्यक्रम आगामी अक्टुबरमा नेपालमा गर्ने तयारी गरिएको जानकारी दिएका थिए । रुटकिविज युरोपबाट सगरमाथा र केटु हिमाल आरोहण गर्ने पहिलो महिला आरोही हुन । भेटवार्तामा उनीहरूबीच नेपालको पर्यटन प्रवद्र्धनका उपायबारे छलफल भएको थियो । भेटमा मन्त्रालयका निमित्त सचिव बुद्धिसागर लामिछाने, नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी तथा नेपालका लागि गणतन्त्र पोल्यान्डका महावाणिज्यदूत लोकमान्य गोल्छाको सहभागिता थियो ।

प्रकाशित मिति : १३ श्रावण २०७९, शुक्रबार  ७ : १३ बजे

भारतबाट ६५४ मेगावाट विद्युत् आयात अनुमति नवीकरण

काठमाडौं– भारतले ६५४ मेगावाट विद्युत् भारतीय इनर्जी एक्सचेन्ज (आइएक्स)को प्रतिस्पर्धी

चुनावी खर्चबारे आएका समाचारमा निर्वाचन आयोगको स्पष्टिकरण

काठमाडौं– निर्वाचन आयोगले निर्वाचन खर्चसम्बन्धी विषयमा हालै विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति

बिल बीजकबिनाका करिब १५ लाख बराबरका मोबाइल पार्ट्स बरामद

काठमाडौं– बिल बीजकबिनाका करिब १५ लाख रुपैयाँ बराबरका मोबाइलका पार्ट्स

बुधबार १० अंकले बढ्यो नेप्से, ५ अर्ब बढीको भयो कारोबार

काठमाडौं– बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १०.८७ अंकले बढेको छ

कृषिलाई पहिलो प्राथमिकतामा राखेका छौँ : मुख्यमन्त्री यादव

महोत्तरी– मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले कृषि क्षेत्रलाई प्रदेश सरकारले