‘एमालेको नेतृत्वमा देश विकास सम्भव’ « Khabarhub

‘एमालेको नेतृत्वमा देश विकास सम्भव’


१३ श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दमौली– नेकपा (एमाले) का महासचिव शङ्कर पोख्रेलले एमालेको नेतृत्वमा देश विकास सम्भव रहेको बताएका छन् । नेकपा (एमाले) शुक्लागण्डकी नगर कमिटीले आज दुलेगौडामा आयोजना गरेको कार्यक्रममा महासचिव पोख्रेलले उक्त कुरा बताएका हुन्। 

‘सुखी नेपाली, समृद्ध नेपाल’ बनाउने अभियानमा एमाले सदैव प्रतिबद्ध रहेको महासचिव पोख्रेलको भनाइ थियो । अन्य राजनीतिक दल यथास्थितिवादी भएकाले अन्य पार्टीको नेतृत्वमा विकास सम्भव नरहेको पोख्रेलले दाबी गरे । 

देश विकास र समाज निर्माणमा एमालेलाई अब्बल बनाउन सबै नेता तथा कार्यकर्ता लाग्नुपर्ने महासचिव पोख्रेलले बताए। “प्रशिक्षण कार्यक्रमबाट नेता तथा कार्यकर्तालाई सक्रिय बनाउँदै देश विकासको अभियानमा लाग्ने प्रेरणा जगाउनुपर्छ”, पोख्रेलले भने । 

प्रकाशित मिति : १३ श्रावण २०७९, शुक्रबार  ७ : २९ बजे

भारतबाट ६५४ मेगावाट विद्युत् आयात अनुमति नवीकरण

काठमाडौं– भारतले ६५४ मेगावाट विद्युत् भारतीय इनर्जी एक्सचेन्ज (आइएक्स)को प्रतिस्पर्धी

चुनावी खर्चबारे आएका समाचारमा निर्वाचन आयोगको स्पष्टिकरण

काठमाडौं– निर्वाचन आयोगले निर्वाचन खर्चसम्बन्धी विषयमा हालै विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति

बिल बीजकबिनाका करिब १५ लाख बराबरका मोबाइल पार्ट्स बरामद

काठमाडौं– बिल बीजकबिनाका करिब १५ लाख रुपैयाँ बराबरका मोबाइलका पार्ट्स

बुधबार १० अंकले बढ्यो नेप्से, ५ अर्ब बढीको भयो कारोबार

काठमाडौं– बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १०.८७ अंकले बढेको छ

कृषिलाई पहिलो प्राथमिकतामा राखेका छौँ : मुख्यमन्त्री यादव

महोत्तरी– मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले कृषि क्षेत्रलाई प्रदेश सरकारले