विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम | Khabarhub Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम


१३ श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 5 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आज साउन १३, २०७९ या अंग्रेजी क्यालेन्डर अनुसार जुलाई २९, २०२२। तपाईंले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् :

भारतीय वायुसेनाको विमान दुर्घटना

भारतको पश्चिमी राज्य राजस्थानमा प्रशिक्षण उडानका क्रममा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । प्रशिक्षण उडानका क्रममा भारती वायु सेनाको विमान दुर्घटनामा परेको हो ।

मिगमि–२१ जेट उडानको क्रममा दुर्घटना भएको अधिकारीहरूले शुक्रबार जानकारी दिएका छन् । प्रशिक्षण उडानमा रहेको विमान राजस्थानको राजधानी जयपुरबाट करिब पाँच सय ३२ किलोमिटर पश्चिममा रहेको बारमेर जिल्लामा बिहीबार अबेर दुर्घटनामा परेको थियो ।

भारतीय वायु सेनाले यस दुर्घटनामा ज्यान गुमाएकाहरुप्रति गहिरो दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारहरूसँग दृढतापूर्वक खडा रहेको जानकारी दिएको छ ।

अमेरिका र चीनका राष्ट्रपतिबीच टेलिफोन वार्ता

अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच फोन वार्ता भएको छ।

गए राति भएको दुई घण्टा लामो टेलिफोन वार्तामा चिनियाँ राष्ट्रपति सीले आगोसँग खेले खरानी हुने चेतावनी दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । बाइडेनले चिनियाँ समकक्षी सीलाई ताइवानमाथि भइरहेको एकतर्फी आक्रमण अमेरिकालाई सह्य नहुने बताएपछि सीले त्यस्तो चेतावनी दिएका हुन्।

त्यसक्रममा चिनियाँ राष्ट्रपति सीले अमेरिकालाई एक चीन नीतिको पालना गर्न पनि आग्रह गरेका बताइएको छ। तर अमेरिकाले ताइवानलाई कूटनीतिक मान्यता दिँदैन। उसले स्वशासित ताइवानलाई हतियार बिक्री गर्दै आएको छ। अमेरिकी प्रतिनिधि सभाकी सभामुख न्यान्सी पेलोसीले ताइवान भ्रमण गर्ने योजना सार्वजनिक भएपछि यस विषयमा दुई देशबीच तनाव बढेको छ ।

भारतमा २० हजार बढी सङ्क्रमित थपिए

बितेका २४ घण्टामा भारतको विभिन्न भागमा २० हजार भन्दा बढी कोभिड–१९ सङ्क्रमण पुष्टि भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शुक्रबार जनाएको छ ।

यस अवधिमा २० हजार ४०९ थप व्यक्तिमा कोरोना देखिएपछि भारतमा हाल कोरोना सङ्क्रमितको सङ्ख्या चार करोड ३९ लाखमा ७९ हजार सात सय ३० पुगेको छ । देशभर एक लाख ४३ हजार नौ सय ८८ सक्रिय सङ्क्रमित छन् ।

पछिल्लो एक दिनको अवधिमा १९ हजार दुई १६ सङ्क्रमणमुक्त भएका छन् । योसँगै कोरोना सङ्क्रमणमुक्त भएकाको सङ्ख्या चार करोड ३२ लाख ८६ हजार सात सय ८७ पुगेको छ । कोरोना सङ्क्रमणबाट पछिल्लो एकदिनमा ४७ जनाको मृत्यु भएको छ । यो सँगै कोरोनाबाट पाँचलाख २६ हजार दुई सय ५८ जनाको मृत्यु भएको छ ।

महामारी शुरु भएयता ८७ करोड ४० लाखभन्दा बढीको परीक्षण गरिएको छ । सन् २०२१ को जनवरी १६ देखि देशभर कोभिड–१९ विरुद्ध खोप अभियान जारी छ ।

इन्डोनेसियामा आएको बाढीबाट तीन जनाको मृत्यु

इन्डोनेसियाको मध्य सुलावेसी प्रान्तमा आएको बाढीमा परी तीनजनाको मृत्यु हुनुका साथै अन्य चार जना बेपत्ता भएका छन् ।

बेपत्ताको खोजीकार्य जारी रहेको स्थानीय प्रकोप एजेन्सीका एक वरिष्ठ अधिकारीले शुक्रबार बताएका छन् । भारी वर्षाले परीगी माउटोङ जिल्लाको टोरु गाउँका सबै घरहरू डुबानमा परेको जिल्लाको विपद् व्यवस्थापन निकायको परिचालन इकाई प्रमुखले बताएका छन् ।

हिजो अचानक पानी आएको र गाउँका सबै घर र भवन डुबानमा परेको जनाइएको छ । प्रभावित क्षेत्रहरू जाँच गरिसकेपछि तीनजनाको मृत्यु भएको र अन्य चार जना बेपत्ता भएको पत्ता लागेको हो ।

खोज र उद्धार कार्यालयका कर्मचारीहरूले बेपत्ता व्यक्तिहरूको खोजी गरिरहेका जनाइएको छ ।

दक्षिण कोरियामा ८५ हजार भन्दा धेरै सङ्क्रमित थपिए

दक्षिण कोरियामा पछिल्लो २४ घण्टामा ८५ हजार ३२० जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ।

यसैसँगै कुल संक्रमितको संख्या एक करोड ६२ लाख ५१७ पुगेको स्वास्थ्य अधिकारीहरूले शुक्रबार बताएका छन्।

अघिल्लो दिनको तुलना केही मात्रामा कोभिड संक्रमण घटेको जनाइएको छ। तर यो एक हप्ताअघि ६८ हजार पाँच सय ९७ को तुलनामा बढेको कोरिया रोग नियन्त्रण र रोकथाम एजेन्सीले जानकारी दिएको छ ।

नयाँ केसहरू मध्ये, चार सय ३९ जना आयातित रहेको जनाइएको छ। यद्यपि ४३ हजार पाँच सय ३८ जना कोरोनामुक्त भएका छन् । गम्भीर अवस्थामा रहेका संक्रमितको संख्या अघिल्लो दिनको तुलनामा ३८ जनाले बढेर २३४ पुगेको छ । यस अवधिमा थप ३५ जनाको मृत्यु भएपछि मृत्यु हुनेको कुल संख्या २४ हजार नौ सय ९२ पुगेको छ । कुल मृत्यु दर ०.१३ प्रतिशत रहेको छ ।

वुहानमा पुनः लकडाउन

कोरोना भाइरसको संक्रमण बढेपछि चीनको वुहान सहरमा फेरि लकडाउन जारी गरिएको छ । वुहानको जियाङ्गक्सियामा थप चार जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि त्यहाँको प्रशासनले लकडाउन जारी गरेको हो ।

झन्डै १०लाख जनसङ्ख्या रहेको जियाङ्गक्सियामा मानिसहरूलाई घरबाट बाहिर निस्कन रोक लगाइएको छ । १ करोड २० लाख जनसंख्या रहेको वुहानमा नियमित कोरोना परीक्षण गर्ने क्रम निरन्तर भइरहेको छ ।

सबैभन्दा पहिले सन् २०१९ को डिसेम्बरमा पहिलोपटक कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको थियो ।

चीनले कंगोका खानीमा ४० हजार बालश्रमिकको प्रयोग गरिरहेको खुलासा

अफ्रिकी मुलुक कंगोका खानीमा चीनले ४० हजार भन्दा धेरै बाल श्रमिकहरुको प्रयोग गरिरहेको तथ्य पत्ता लागेको छ ।

अमेरिकी कंग्रेसको सुनुवाईका क्रममा प्रत्यक्षदर्शीहरुले चीनले कंगोका कोबाल्ट खानीहरूमा ४० हजार भन्दा धेरै बालश्रमिकको प्रयोग गरेको बयान दिएका हुन्प्रजातान्त्रिक गणतन्त्र कंगोका नागरिक अधिवक्ता हेर्भे डियाकिसे क्युङ्गुले ‘प्रजातान्त्रिक गणतन्त्र कंगोमा बालश्रम र मानवअधिकार उल्लङ्घन’ विषयक सुनुवाईका क्रममा तथ्य सार्वजनिक गरेका हुन्

क्याथोलिक न्युज एजेन्सीमा लेख्दै जेल्दा क्लाडवेलले विद्युतीय उपकरण एवम् विद्युतीय सवारीमा प्रयोग हुने कोबाल्ट नामक खनिज पदार्थ रहेका खानीमा चीनले बालबालिकाहरूलाई निकृष्ट श्रममा लाग्न बाध्य पारेको जनाएकी छिन् ।

‘तस्करी गरेर ल्याइएका कामदार र बालश्रमिकको भरमा प्रजातान्त्रिक गणतन्त्र कंगोका कोबाल्टको स्रोतलाई चीनले शोषण गरिरहेको छ ।’ अमेरिकाको न्यू जर्सी राज्यका तर्फबाट रिपब्लिकन प्रतिनिधि क्रिस्टोफर स्मिथले भने ।

ब्याट्रीका कोबाल्ट र सौर्य प्यानलका लागि लिथियम प्राप्त गर्ने चिनियाँ कम्युनिस्ट पार्टीको प्रयासले अनुमानित ४० हजार बालबालिकालाई जोखिमपूर्ण श्रममा धकेलेको उनको भनाइ छ ।

प्रजातान्त्रिक गणतन्त्र कंगोले विश्वको ७० प्रतिशत कोबाल्ट उत्पादन गर्दै आएको छ ।

पाकिस्तानमा पनि श्रीलंकाकै अवस्था आउन सक्नेमा चिन्ता

बढ्दो मुद्रास्फीति र खुम्चँदै गएको अर्थतन्त्रका कारण पाकिस्तानमा पनि श्रीलंकाको जस्तै अवस्था आउन सक्ने भन्दै विज्ञहरूले चिन्ता व्यक्त गरेका छन् । कोरोना भाइरसको महामारीले उसै पनि थला परेको पाकिस्तानी अर्थतन्त्र रुस र युक्रेनबीच जारी युद्ध र विश्वभर बढ्दो उर्जाको मूल्यले अझ संकटोन्मुख भएको भन्दै विज्ञहरुले चिन्ता व्यक्त गरेका हुन्

भारतीय समाचार संस्था एएनआईका अनुसार सन् २०२० को जुलाई र सन् २०२१ को जनवरी महिनासम्म पाकिस्तान तेस्रो ठूलो युक्रेनी गहुँको उपभोक्ता मुलुकको रुपमा रहेको थियो । सबाहेक नेशनल इन्ट्रेस्ट म्यागजिनका अनुसार सन् २०२० र सन् २०२१ बीच पाकिस्तानको तेलको आयात लागत पछि ८५ प्रतिशतले बढेर ५ अर्ब अमेरिकी डलर पुगेको छ ।

आर्थिक वर्ष २०२१–२२ को अन्त्य अर्थात् जुन २० सम्म पाकिस्तानको व्यापार घाटा झण्डै ५० अर्ब अमेरिकी डलर पुगेको छ । अघिल्लो वर्षको तुलनामा यो ५७ प्रतिशतले बढी रहेको जनाइएको छ । यसबाहेक पाकिस्तानको मुद्रास्फीति पनि २० प्रतिशत पुगेको छ ।

उदीयमान बजारका लागि सिटीग्रुपका पूर्व रणनीति प्रमुख युसुफनजारका अनुसार पाकिस्तानको विदेशी मुद्रा सञ्चिती गत फेब्रुअरी महिनायता केबल ६ अर्ब ३० करोड अमेरिकी डलर आसपास रहेको जनाएका छन् । उनले अहिले पाकिस्तानी अर्थतन्त्रले इरान जस्तै आर्थिक दबाबको सामना गरिरहेको उल्लेख गरेका छन् ।

युक्रेनमा रुसको क्षेप्यास्त्र आक्रमण

रूसी सेनाले युक्रेनको राजधानी किभ नजिकैको चेर्निहिभ क्षेत्रमा आक्रमण गरेको छ । रुसी फौजले सो क्षेत्रमा विशाल एवम् शक्तिशाली क्षेप्यास्त्र प्रहार गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

युक्रेनले देशको दक्षिण भागमा कब्जा गरिएका क्षेत्रलाई मुक्त गर्न कारवाही जारी राखेका बेला रूसी आक्रमण भएको हो । व्यासगोरोड जिल्लाका धेरै स्थानमा आज बिहानै गरिएको क्षेप्यास्त्र प्रहारबाट भएको हताहतीको स्पष्ट विवरण प्राप्त भएको छैन ।

चेर्निहिभका गभर्नर भियाचिस्लाभ चाउसले बेलारुसको क्षेत्रबाट होनचारिभस्का गाउँमा धेरै क्षेप्यास्त्रहरू प्रहार गरिएको जानकारी दिएका छन् ।

युक्रेनी अधिकारीहरूले रूसका योजना आफ्ना सैनिकले चकनाचुर पारेका र अन्तिम समयसम्म लडिरहने बताएका छन् । यसअघि पनि किभचेर्निहिभ क्षेत्र कब्जा गर्न असफल भएपछि रूसी सेना पछि हटेका थिए

रुसी आक्रमणका क्रममा युक्रेनको दोस्रो ठूलो सहर खार्किभ पनि गोलाबारीको चपेटामा परेको छ । यता युक्रेनी सेनाले कब्जा गरेको दक्षिणी क्षेत्र खेरसनमा जवाफी हमला जारी राखेको छ ।

युक्रेनी सञ्चारमाध्यमले युक्रेनका राष्ट्रपतिका सल्लाहकार ओलेक्सी अरेस्टोभिचलाई उद्धृत गर्दै खेर्सनलाई मुक्त गर्ने अभियान सुरु भइसकेको जनाएका छन् । युक्रेनको राष्ट्रिय सुरक्षा एवम् रक्षा परिषद्का सचिव ओलेक्सी ड्यानिलोभले बुधबारको टेलिभिजनमा सम्बोधनमा प्रतिआक्रमणका लागि युक्रेनी फौज सतर्क रहेको बताएकाथिए ।

प्रकाशित मिति : १३ श्रावण २०७९, शुक्रबार  ८ : ०० बजे

राप्ती नदीले पनि खतराको तह पार गर्‍यो, भारतीय बाँधले नागरिक त्रासमा

काठमाडौं– बाँकेको कुसुममा राप्ती नदीले खतराको तह पार गरेको छ

पुल भत्किँदा राजविराज-कञ्चनपुर सडक अवरुद्ध

राजविराज– सप्तरीको तिरुहुत गाउँपालिका–२ स्थित पुललाई मोहुली खोलामा आएको बाढीले

एकीकृत समाजवादीको बैठक भोलि पनि बस्ने

काठमाडौं– नेकपा (एकीकृत समाजवादी) को आज बसेको प्रथम बैठक भोलि

केपी ओली निवासमा कार्यरत सशस्त्रका इन्स्पेक्टरको मृत्यु

काठमाडौं– एमाले अध्यक्ष केपी ओलीको बालकोटस्थित घरमा कार्यरत सशस्त्र प्रहरी

कांग्रेस संसदीय दलको बैठक सुरु

काठमाडौं– नेपाली कांग्रेसले संसदीय दलको बैठक सुरु भएको छ ।