स्ववियु निर्वाचन तत्काल घोषणा गर्न अखिल क्रान्तिकारीको माग « Khabarhub

स्ववियु निर्वाचन तत्काल घोषणा गर्न अखिल क्रान्तिकारीको माग


१३ श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अखिल क्रान्तिकारीले त्रिभुवन विश्वविद्यालयलाई तत्काल स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मिति घोषणा गर्न माग गरेको छ । त्रिविका उपकुलपति धर्मकान्त बाँस्कोटासमक्ष क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंहको नेतृत्वमा गएको टोलीले १८ बुँदे ज्ञापनपत्र बुझाउँदै १४ वर्षदेखि हुन नसकेको स्ववियु निर्वाचनको घोषणा गर्न माग गरेको हो ।

‘प्रत्येक दुई/दुई वर्षमा हुने स्ववियु निर्वाचन देशका अधिकांश क्याम्पसहरुमा करिब १४ वर्षदेखि हुन सकिरहेको छैन । पछिल्लो समय २०७३ मा स्ववियु निर्वाचन भएका क्याम्पसहरुमा पनि झण्डै ६ वर्षदेखि निर्वाचन हुन सकिरहेको छैन’, ज्ञापनपत्रमा भनिएको छ, ‘स्ववियु बन्धक बनाउने विश्वविद्यालयको अलोकतान्त्रिक रबैया सच्याएर तत्काल स्ववियु निर्वाचनको मिति घोषण गरियोस् ।’

यस्तै ज्ञापनपत्रमा तत्काल खुल्ला विज्ञापन गरी खुल्ला प्रतिस्पर्धामार्फत दक्ष जनशक्ति परिपूर्ति गर्न, प्रश्नपत्र निर्माणमा देखिएको विकृति र लापरबाहीलाई रोक्न स्पष्ट कानुनी व्यवस्था गर्न माग गरिएको छ ।

यस्तै शैक्षिक क्यालेन्डर बनाई सोही अनुरुप विद्यार्थी भर्ना, कक्षा सञ्चालन, परीक्षा सञ्चालन र परिणाम प्रकाशन गर्ने ब्यवस्था गर्न, परीक्षाको परीक्षाफल प्रकाशनमा भएको ढिलासुस्तीको अन्त्य गर्दै सबै तहका परीक्षाको परीक्षाफल ढिलोमा तीन महिना भित्रमा प्रकाशित गर्न, विविध कारणवश निर्धारित शैक्षिक वर्षभित्र तह पूरा गर्न नपाएका विद्यार्थीहरूलाई समय समयमा मौका परीक्षाको व्यवस्था गर्नसमेत ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

यस्तै त्रिविका पदाधिकारी र विभिन्न नियुक्तिमा हुने भागबन्डाको अन्त्य गरी स्वच्छ प्रतिस्पर्धाको आधारमा दक्ष जनशक्ति नियुक्ति गर्नुपर्ने, परीक्षा नियन्त्रण कार्यालयले सञ्चालन गर्दै आएको प्राइभेट परीक्षा कार्यक्रमहरू हाल विना विकल्प बन्द गरिएकाले हजारौँ विद्यार्थीहरू काम गर्दै स्व–अध्ययन गर्ने अधिकारबाट वञ्चित भएकाले निश्चित आधार तयार गरी तत्काल प्राइभेट परीक्षा खुलाउनसमेत माग गरिएको छ । यसैगरी त्रिविले निर्धारण गरेका परीक्षा केन्द्रहरू विद्यार्थीलाई पायक पर्ने स्थानमा निर्धारण गर्न र सेमेस्टर प्रणालीको शुल्क तत्काल समायोजन गर्न पनि माग गरिएको छ ।

प्रकाशित मिति : १३ श्रावण २०७९, शुक्रबार  ९ : ०६ बजे

धानखेतीलाई आधुनिक बनाइनुपर्छ : मुख्यमन्त्री आचार्य

लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण धानखेतीलाई आधुनिक, व्यावसायिक तथा जलवायुमैत्री

उस्तै छ भविष्य खोज्न विदेशिनेको लर्को (तस्बिरहरू)

काठमाडौं– देशमा नयाँ सरकार आए पनि विदेशिने युवाहरूको लर्को उस्तै

बुढानीलकण्ठ विद्यालय प्रकरणमा विद्यालय र अभिभावक संगठनको स्पष्टीकरण, भ्रामक प्रचार नगर्न आग्रह

काठमाडौं– बुढानीलकण्ठ विद्यालयमा विद्यार्थीमाथि शारीरिक तथा मानसिक यातना दिइएको भन्ने

कृषि उत्पादन वृद्धि गरी आत्मनिर्भरतातर्फ अघि बढ्नुपर्छ : मुख्यमन्त्री कार्की

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कृषि उत्पादन वृद्धि गरी

जमिन बाँझो राख्ने प्रवृत्तिको अन्त्य गरी कृषिमा आधुनिकीकरण आवश्यक : राष्ट्रपति

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले जमिन बाँझो राख्ने प्रवृत्तिको अन्त्य गरी