स्ववियु निर्वाचन तत्काल घोषणा गर्न अखिल क्रान्तिकारीको माग | Khabarhub Khabarhub

स्ववियु निर्वाचन तत्काल घोषणा गर्न अखिल क्रान्तिकारीको माग


१३ श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अखिल क्रान्तिकारीले त्रिभुवन विश्वविद्यालयलाई तत्काल स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मिति घोषणा गर्न माग गरेको छ । त्रिविका उपकुलपति धर्मकान्त बाँस्कोटासमक्ष क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंहको नेतृत्वमा गएको टोलीले १८ बुँदे ज्ञापनपत्र बुझाउँदै १४ वर्षदेखि हुन नसकेको स्ववियु निर्वाचनको घोषणा गर्न माग गरेको हो ।

‘प्रत्येक दुई/दुई वर्षमा हुने स्ववियु निर्वाचन देशका अधिकांश क्याम्पसहरुमा करिब १४ वर्षदेखि हुन सकिरहेको छैन । पछिल्लो समय २०७३ मा स्ववियु निर्वाचन भएका क्याम्पसहरुमा पनि झण्डै ६ वर्षदेखि निर्वाचन हुन सकिरहेको छैन’, ज्ञापनपत्रमा भनिएको छ, ‘स्ववियु बन्धक बनाउने विश्वविद्यालयको अलोकतान्त्रिक रबैया सच्याएर तत्काल स्ववियु निर्वाचनको मिति घोषण गरियोस् ।’

यस्तै ज्ञापनपत्रमा तत्काल खुल्ला विज्ञापन गरी खुल्ला प्रतिस्पर्धामार्फत दक्ष जनशक्ति परिपूर्ति गर्न, प्रश्नपत्र निर्माणमा देखिएको विकृति र लापरबाहीलाई रोक्न स्पष्ट कानुनी व्यवस्था गर्न माग गरिएको छ ।

यस्तै शैक्षिक क्यालेन्डर बनाई सोही अनुरुप विद्यार्थी भर्ना, कक्षा सञ्चालन, परीक्षा सञ्चालन र परिणाम प्रकाशन गर्ने ब्यवस्था गर्न, परीक्षाको परीक्षाफल प्रकाशनमा भएको ढिलासुस्तीको अन्त्य गर्दै सबै तहका परीक्षाको परीक्षाफल ढिलोमा तीन महिना भित्रमा प्रकाशित गर्न, विविध कारणवश निर्धारित शैक्षिक वर्षभित्र तह पूरा गर्न नपाएका विद्यार्थीहरूलाई समय समयमा मौका परीक्षाको व्यवस्था गर्नसमेत ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

यस्तै त्रिविका पदाधिकारी र विभिन्न नियुक्तिमा हुने भागबन्डाको अन्त्य गरी स्वच्छ प्रतिस्पर्धाको आधारमा दक्ष जनशक्ति नियुक्ति गर्नुपर्ने, परीक्षा नियन्त्रण कार्यालयले सञ्चालन गर्दै आएको प्राइभेट परीक्षा कार्यक्रमहरू हाल विना विकल्प बन्द गरिएकाले हजारौँ विद्यार्थीहरू काम गर्दै स्व–अध्ययन गर्ने अधिकारबाट वञ्चित भएकाले निश्चित आधार तयार गरी तत्काल प्राइभेट परीक्षा खुलाउनसमेत माग गरिएको छ । यसैगरी त्रिविले निर्धारण गरेका परीक्षा केन्द्रहरू विद्यार्थीलाई पायक पर्ने स्थानमा निर्धारण गर्न र सेमेस्टर प्रणालीको शुल्क तत्काल समायोजन गर्न पनि माग गरिएको छ ।

प्रकाशित मिति : १३ श्रावण २०७९, शुक्रबार  ९ : ०६ बजे

दुर्गा प्रसाईंले भने : नेपाललाई भूराजनीतिक खेलमा धकेल्ने प्रयास भइरहेको छ

काठमाडौं – मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंले सामाजिक सञ्जालमार्फत

मोदीको जन्मदिनमा ट्रम्पसँग फोनवार्ता, रुस–युक्रेन युद्धबारे छलफल

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई

पश्चिम नेपालमा ४.६ म्याग्नीच्यूडको भूकम्प

काठमाडौं – बुधबार राति पश्चिम नेपालमा भूकम्प गएको छ। पूर्वी

पश्चिम नेपालमा भूकम्पको शक्तिशाली धक्का

काठमाडौं – पश्चिम नेपालमा भूकम्पको शक्तिशाली धक्का महसुस गरिएको छ

चाडपर्वलाई लक्षित गरी उपत्यकाका १५ स्थानमा यात्रु सहायता कक्ष

काठमाडौं – नजिकिँदो चाडपर्वमा उपत्यका बाहिर जाने यात्रुको सहजतालाई लक्षित