फट्याइको राजनीति गर्ने व्यक्तिका कारण जनतामा वितृष्णा बढ्यो : कांग्रेस नेता महर « Khabarhub

फट्याइको राजनीति गर्ने व्यक्तिका कारण जनतामा वितृष्णा बढ्यो : कांग्रेस नेता महर


१३ श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  नेपाली कांग्रेसका नेता नैनसिंह महरले १० प्रतिशत फट्याइको राजनीति गर्ने व्यक्तिका कारण नेपालमा राजनीतिप्रति वितृष्णा पैदा भएको बताएका छन् ।

विश्व सहयोग संघ नेपाल तथा सौरपानी मिडियाद्वारा आयोजित स्रष्टा सम्मान तथा मणि नेपालीको पुस्तक लोकार्पण समारोहमा बोल्दै नेता महरले ९० प्रतिशत नेताकार्यकर्ता असल रहे पनि १० प्रतिशतको खराब प्रवृत्तिका कारण राजनीतिप्रति वितृष्णा पैदा भइरहेको टिप्पणी गरेका हुन् ।

‘१० प्रतिशत खराब प्रवृत्तिलाई देखाएर समग्र राजनीतिलाई कलंकित पार्न खोजिएको छ। लाञ्छना लगाउन खोजिएको छ। राम्रा कामको चर्चा नै हुन छोडेको छ । राम्रा कार्यको सम्मान नगर्ने प्रवृत्ति मौलाउँदै गएको छ,’ उनले भने । समाजमा पछिल्लो समय नकारात्मक टीकाटिप्पणी हुने क्रम बढेकोप्रति चिन्ता व्यक्त गर्दै युवाहरूले राम्रा कामको तारिफ गर्ने कार्यलाई पनि बढाउनु पर्ने बताए ।

उनले राजनीतिलाई यसरी सुधार गर्दै सम्मान गर्ने बाटोमा लैजान सके देश समृद्धिको बाटोमा जाने बताएका छन् । उनले नेताले मात्र नभएर जनताले पनि राम्रा कामको चर्चा गर्दै सबैलाई सत्मार्गमा लाग्न प्रेरित गर्नुपर्ने बताए ।

प्रकाशित मिति : १३ श्रावण २०७९, शुक्रबार  ९ : ४४ बजे

नयाँ रास्वपालाई सुमनाको शुभकामना

काठमाडौं– सुमना श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमार्फत नयाँ रास्वपालाई शुभकामना दिएकी

तोकिएकै मितिमा निर्वाचन हुन्छ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले तोकिएकै मितिमा निर्वाचन गर्ने अवस्थामा मुलुक

समाज कल्याण परिषद्को जग्गा र भवन प्रयोगको बक्यौता छिटो उठाउछौँ : मन्त्री श्रेष्ठ

काठमाडौं– महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले भृकुटीमण्डपस्थित समाज

पूर्वमन्त्री राजकुमार गुप्ता कारागार चलान

काठमाडौं– विशेष अदालतको आदेशपछि पूर्वमन्त्री राजकुमार गुप्तालाई डिल्लीबजार कारागार चलान

भेडेटारमा तीन दिने खाना महोत्सव सुरु

धरान– सुनसरी र धनकुटाको सिमानामा रहेको पर्यटकीय क्षेत्र भेडेटारमा आजदेखि