फट्याइको राजनीति गर्ने व्यक्तिका कारण जनतामा वितृष्णा बढ्यो : कांग्रेस नेता महर « Khabarhub

फट्याइको राजनीति गर्ने व्यक्तिका कारण जनतामा वितृष्णा बढ्यो : कांग्रेस नेता महर


१३ श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  नेपाली कांग्रेसका नेता नैनसिंह महरले १० प्रतिशत फट्याइको राजनीति गर्ने व्यक्तिका कारण नेपालमा राजनीतिप्रति वितृष्णा पैदा भएको बताएका छन् ।

विश्व सहयोग संघ नेपाल तथा सौरपानी मिडियाद्वारा आयोजित स्रष्टा सम्मान तथा मणि नेपालीको पुस्तक लोकार्पण समारोहमा बोल्दै नेता महरले ९० प्रतिशत नेताकार्यकर्ता असल रहे पनि १० प्रतिशतको खराब प्रवृत्तिका कारण राजनीतिप्रति वितृष्णा पैदा भइरहेको टिप्पणी गरेका हुन् ।

‘१० प्रतिशत खराब प्रवृत्तिलाई देखाएर समग्र राजनीतिलाई कलंकित पार्न खोजिएको छ। लाञ्छना लगाउन खोजिएको छ। राम्रा कामको चर्चा नै हुन छोडेको छ । राम्रा कार्यको सम्मान नगर्ने प्रवृत्ति मौलाउँदै गएको छ,’ उनले भने । समाजमा पछिल्लो समय नकारात्मक टीकाटिप्पणी हुने क्रम बढेकोप्रति चिन्ता व्यक्त गर्दै युवाहरूले राम्रा कामको तारिफ गर्ने कार्यलाई पनि बढाउनु पर्ने बताए ।

उनले राजनीतिलाई यसरी सुधार गर्दै सम्मान गर्ने बाटोमा लैजान सके देश समृद्धिको बाटोमा जाने बताएका छन् । उनले नेताले मात्र नभएर जनताले पनि राम्रा कामको चर्चा गर्दै सबैलाई सत्मार्गमा लाग्न प्रेरित गर्नुपर्ने बताए ।

प्रकाशित मिति : १३ श्रावण २०७९, शुक्रबार  ९ : ४४ बजे

जी-७ राष्ट्रद्वारा १० करोड ब्यारेल तेल बजारमा ल्याउने सहमति

एजेन्सी– विश्वव्यापी ऊर्जा आपूर्ति संकट र बढ्दो इन्धन मूल्यलाई नियन्त्रण

जापानीज इन्सेफलाइटिसबाट १३१ जना सङ्क्रमित, २८ जनाको मृत्यु

काठमाडौं- नेपालमा सन् २०२६ मा हालसम्म जापानीज इन्सेफलाइटिस (जेई) बाट १३१

म्याक्स टाइगरको ‘दशैँ धमाका’ : ३६ जनाले यामाहा र एक जनाले प्रोटोन कार जित्ने अवसर

ललितपुर-  म्याक्स टाइगर इनर्जी ड्रिंकले दशैँ लक्षित ‘दशैँ धमाका २०२६’

६ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा

लमजुङ– बाढीपहिरोका कारण ६ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा आएको

१६ दिने महालक्ष्मी व्रत समापन गरिँदै

काभ्रे– यही असोज २ गते (भदौ शुक्ल सप्तमी) देखि सुरु