टिप्परको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु « Khabarhub

टिप्परको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु


१३ श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सर्लाही– सर्लाहीमा सवारी दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा रौतहटको ईशनाथ नगरपालिका वडा नम्बर ५ लक्ष्मीनिया टोल बस्ने महेन्द्र साहको छोरा अन्दाजी २६ वर्षीय मुकेश साह रहेका छन् ।

शुक्रबार बिहान सर्लाहीको बरहथवा नगरपालिका वडा नम्बर १० किशनपुर टोलस्थित भित्री सडक खण्डमा दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००१ क ०१९६ नम्बरको टिप्पर गाडीले विपरीत दिशाबाट जाँदै गरेको ना२१प ७४०१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा रौतहट निवासी मोटरसाइकल चालक साहको घटना स्थलमै मृत्यु भएको हो ।

साहलाई ठक्कर दिने टिप्पर र टिप्पर चालक ईलाका प्रहरी कार्यालय बरहथवाको नियन्त्रणमा रहेको प्रहरीको भनाइ छ । प्रहरीले घटनाबारे अनुसन्धान थालिरहेको जनाएको छ ।

प्रकाशित मिति : १३ श्रावण २०७९, शुक्रबार  १० : ४७ बजे

जी-७ राष्ट्रद्वारा १० करोड ब्यारेल तेल बजारमा ल्याउने सहमति

एजेन्सी– विश्वव्यापी ऊर्जा आपूर्ति संकट र बढ्दो इन्धन मूल्यलाई नियन्त्रण

जापानीज इन्सेफलाइटिसबाट १३१ जना सङ्क्रमित, २८ जनाको मृत्यु

काठमाडौं- नेपालमा सन् २०२६ मा हालसम्म जापानीज इन्सेफलाइटिस (जेई) बाट १३१

म्याक्स टाइगरको ‘दशैँ धमाका’ : ३६ जनाले यामाहा र एक जनाले प्रोटोन कार जित्ने अवसर

ललितपुर-  म्याक्स टाइगर इनर्जी ड्रिंकले दशैँ लक्षित ‘दशैँ धमाका २०२६’

६ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा

लमजुङ– बाढीपहिरोका कारण ६ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा आएको

१६ दिने महालक्ष्मी व्रत समापन गरिँदै

काभ्रे– यही असोज २ गते (भदौ शुक्ल सप्तमी) देखि सुरु