ठमेलको फोहोर व्यवस्थापनमा महानगर प्रमुख बालेनको चासो « Khabarhub

ठमेलको फोहोर व्यवस्थापनमा महानगर प्रमुख बालेनको चासो


१३ श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ । राजधानीको प्रमुख पर्यटकीय क्षेत्र ठमेलको फोहोरमैला व्यवस्थापन तथा सौन्दर्यकरणका लागि काठमाडौँ महानगरपालिकाले चासो देखाएको छ ।

महानगरपालिकाका नगरप्रमुख बालेन्द्र शाहले आज ठमेल क्षेत्रको स्थलगत अवलोकन गर्दै त्यस क्षेत्रमा रहेका समस्या समाधानका लागि सरोकारवालासँग छलफल गरेका छन्। ठमेल पर्यटन विकास परिषद्को आयोजनामा बिहान ठमेल भ्रमण गरेका नगरप्रमुख शाहले ठमेलको छाँया सेन्टर परिसरको सडकमा पर्यटन व्यवसायी तथा घरधनीसँग अन्तरक्रिया गरेका थिए ।

सो अवसरमा परिषद्ले ठमेलको प्रमुख समस्याको रुपमा रहेको फोहोर व्यवस्थापन, तार तथा होर्डिङ बोर्ड, सिसी क्यामरा व्यवस्थापन, ढल, सडक तथा सडकबत्ती व्यवस्थापनलगायत समस्या समाधानका उपायसहित १० बुँदे ज्ञापनपत्र नगरप्रमुख शाहलाई बुझाएको थियो ।

परिषद्का अध्यक्ष भविश्वर शर्माले ठमेल सुधार्ने माग र सुझावसहितको ज्ञापनपत्र नगरप्रमुख शाहलाई हस्तान्तरण गरे । ज्ञापनपत्र बुझ्दै नगरप्रमुख शाहले ठमेल क्षेत्रको समस्याबारे कामनपाले वडा कार्यालयसँगको समन्वयमा थप अध्ययन गरेर समस्याको समाधान गरिने विश्वास व्यक्त गरे ।

परिषद्का अध्यक्ष शर्माले ठमेल क्षेत्रको समग्र समस्याको अध्ययन गरी ज्ञापनपत्र बुझाइएको बताए। नगरप्रमुख शाहलाई ठमेलको स्थलगत रुपमा समस्याको अवगत गराइएको थियो । ज्ञापनपत्रमा सडक बालबालिका, सडकमा माग्ने र ठेलागाडा व्यवस्थापन, सार्वजनिक शौचालय व्यवस्थापन, ठमेल सडक महोत्सव, परिषद्को भवन निर्माण गर्न जग्गा व्यवस्थापन, तालिमलगायत माग सम्बोधन गरिदिन महानगरलाई आग्रह गरिएको छ ।

प्रकाशित मिति : १३ श्रावण २०७९, शुक्रबार  ११ : ०१ बजे

टिकटकमा भाइरल हुने भोक बोकेका युवाको कथामा ‘भाइरल गोर्खे’ ट्रेलर

काठमाडौं – माघ १ गते प्रदर्शन मिति तोकिएको फिल्म ‘भाइरल

चीनको अर्थतन्त्र ५ प्रतिशतले बढ्छ : राष्ट्रपति सी

एजेन्सी– चिनियाँ राष्ट्रपति सी जिनपिङले बुधबार चीनको अर्थतन्त्र सन् २०२५

फाइवर इन्ट्रानेटबाट सीसीटिभी क्यामरा जडान 

काठमाडौं– काठमाडौं महानगरपालिकाको वडा नम्बर २६ ले वडाका बालाजु क्षेत्रबाट

‘हामी तीन भाइ’ चैत १३ बाट प्रदर्शनमा आउने

काठमाडौं – मधुसुदन भट्टराई निर्देशित फिल्म ‘हामी तीन भाइ’ आगामी

भृकुटीमण्डप अनुगमनमा पुगिन् मन्त्री श्रेष्ठ (तस्बिरहरू)

काठमाडौं– महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री श्रद्धा श्रेष्ठले बुधबार