विश्व इतिहासमा आज : परमाणु बमको परीक्षणदेखि माइकल ज्याक्सनको जन्मसम्म « Khabarhub

विश्व इतिहासमा आज : परमाणु बमको परीक्षणदेखि माइकल ज्याक्सनको जन्मसम्म


१३ भाद्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आज २०७९ साल भदौ १३ गते सोमबार । सन् २०२२ को अगस्ट २९ तारिख । आजको दिन इतिहासमा भएका केही महत्त्वपूर्ण घटनाक्रम यस्ता छन् : 

सन् २०१२ अगस्ट २९ मा इजिप्टियन आर्मीको ‘अपरेशन इगल’ का कारण ११ जना शंकास्पद आतंकवादीको मृत्यु हुनुको साथै २३ जना पक्राउ परेका थिए ।

सन् २००३ अगस्ट २९ मा इराकको नजाफस्थित इमाम अलि मस्जिद अगाडि भएको बम विस्फोटमा शिया मुस्लिम नेता अयातोल्लाह सैयद मोहम्मद बाकिर अल–हकिमलगायत १०० जना उपासकहरुको मृत्यु भएको थियो ।

सन् १९९५ अगस्ट २९ मा नाटोले बोस्नियाली सेर बलविरुद्ध ‘ओपरेशन डेलिबरेट फोर्स’ को शुरुवात गरेको थियो ।

सन् १९९१ अगस्ट २९ मा यूएसएसआरको संसदले असफल कुपश्चात कम्युनिष्ट पार्टी गतिविधिहरु निलम्बन गरेको थियो ।

सन् १९८८ अगस्ट २९ मा अब्दुल मोहम्मद अन्तरिक्षमा पुग्ने पहिलो अफगानी व्यक्ति बने । अफगान वायु सेनाका पाइलट रहेका मोहम्मद ‘सोयूज टीएम–६’ नामक सोभियत अन्तरिक्ष यानको एक सदस्य थिए । मोहम्मद अन्तरिक्षमा ९ दिनको लागि थिए ।

सन् १९८२ अगस्ट २९ मा जर्मनीको डाम्सटाडमा भएको ‘जीएसआइ हेल्महोल्ट्ज सेन्टर फोर हेभी आयन रिसर्च’ ले मेइटनेरियम संलेशित गर्न सफल भयो ।

सन् १९६८ अगस्ट २९ मा शिकागो सम्मेलनमा प्रजातन्त्रवादीहरुले ह्युबर्ट एच् हम्फ्रेलाई राष्ट्रपतिले मनोनयन गरेका थिए ।

सन् १९६२ अगस्ट २६ मा क्यालिफोर्नियाको सान फ्रान्सिस्कोस्थित क्यान्डलस्टिक पार्कमा प्रसिद्ध बेलायती रक ब्यान्ड ‘बीटल्स’ ले आफ्नो अन्तिम व्यापारिक कन्सर्ट गरेको थियो । त्यसपश्चाथत सो ब्यान्डले अन्तिम पटक सन् १९६९ जनवरीमा लन्डनस्थित एप्पलको भवनको छतमा अन्तिम प्रस्तुति दिएको थियो ।

सन् १९५८ अगस्ट २९ मा अमेरिकी गायक, संगीतकार, लेखक, निर्माता, डान्सर र कलाकार अभिनेता माइकल ज्याक्सनको जन्म भएको थियो । ‘किङ्ग अफ पप’ को उपनामले चिनिने ज्याक्सन ‘मून वाक’ नृत्यको लागि प्रसिद्ध थिए ।

सन् १९४९ अगस्ट २९ मा सोभियत युनियनले पहिलो पटक परमाणु बमको परीक्षण गरेको थियो । संयुक्त राज्य अमेरिकाले सो बमलाई ‘जो–१’ नाम दिएको थियो ।

प्रकाशित मिति : १३ भाद्र २०७९, सोमबार  ६ : २७ बजे

बङ्गलादेशको निर्यातमा सामान्य कमी

ढाका – सन् २०२५ को जुलाईदेखि सन् २०२६ को जुलाईसम्मको

चारआली ओभरपास : ५० प्रतिशत काम सम्पन्न

झापा – एसियाली राजमार्ग स्तरोन्नति आयोजनाअन्तर्गत झापाको मेचीनगरस्थित चारआलीमा निर्माणाधीन

केप भर्डेका गोलकिपर भोजिन्हामाथि इन्टर मियामीको नजर

काठमाडौं – फिफा विश्वकप २०२६ मा उत्कृष्ट प्रदर्शन गरेर चर्चामा

एनपीएल अक्सनबाट ५२ खेलाडी छनोट हुने, अन्तिम सूचीमा १५५ खेलाडी

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गर्ने नेपाल प्रिमियर