ओलीसँग रवीन्द्र मिश्रको भेट, एक मुठ्ठी सिक्का उपहार « Khabarhub

ओलीसँग रवीन्द्र मिश्रको भेट, एक मुठ्ठी सिक्का उपहार


१३ भाद्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – विवेकशील साझा पार्टीका पूर्व अध्यक्ष रवीन्द्र मिश्रले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका छन् ।

भेटका लागि मिश्र हिजो साँझ ओली निवास बालकोट पुगेका थिए । त्यसको भोलिपल्ट मिश्रले ओलीसँग अढाई घण्टा आफ्नो भेटवार्ता भएको बताएका छन् ।

‘आसन्न निर्वाचन, देशको राजनीति र भूराजनीति, विदेशी चासो र हस्तक्षेप, राजसंस्थाको आवश्यकता र असान्दर्भिकता, उहाँको राजनीतिक यात्रा, जेल जीवन र गोलघरको पीडा, चुच्चे नक्सा पारित गर्नु पूर्व भोगेका जटिलता तथा अन्य कयौँ विषयमा कुराकानी भयो।’ मिश्रले सामाजिक सञ्जालमा लेखेका छन् ।

‘तपाईँ धर्म-संस्कृतिदेखि भूगोल र इतिहासका यति धेरै कुरा कसरी गर्न सक्नुहुन्छ भन्ने आफ्नो प्रश्नमा ओलीले आफू अहिले पनि राती सुत्नुअघि कम्तीमा एक घण्टा पढ्ने गरेको जवाफ दिएको मिश्रले उल्लेख गरेका छन् ।

ओलीले  ‘तपाईँ चेस खेलेर आएको मान्छे अहिले बास्केटबलको मैदानमा हुनुहुन्छ, जहाँ छलछाम, घम्साघम्सी सबै हुन्छ। नआत्तिनु होला।’ भनेर सुझाव दिएको मिश्रले बताएका छन् ।

भेटको अन्त्यमा ओलीले आफू प्रधानमन्त्री हुँदा छाप्न लगाएका एक र दुई रुपैयाँको एक मुठ्ठी सिक्का उपहार दिएको तस्बिरसहित उनले फेसबुकमा राखेका छन् ।

प्रकाशित मिति : १३ भाद्र २०७९, सोमबार  ९ : ०९ बजे

अर्थमन्त्री वाग्ले र एआईआईबी अध्यक्ष जियायीबीच दोहामा भेटवार्ता

काठमाडौँ– एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को गभर्नर परिषद्को ११औँ

पहिरोबाट उद्धार गरिएका भन्छन्– ‘नयाँ जीवन पायौँ’

म्याग्दी– पहिरोमा फसिएका म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ गिवाङका ५७ वर्षीय प्रेमबहादुर

ललितपुरको धापाखेलमा साढे दुई तले घर ढल्यो, पूर्वसावधानीले मानवीय क्षति टर्यो

काठमाडाैँ – ललितपुर महानगरपालिका–२४ स्थित धापाखेलमा लगातारको अविरल वर्षाका कारण

मौसममा सुधार आएसँगै जनजीवन सामान्यतर्फ

बाजुरा– केही दिनदेखिको लगातार वर्षापछि मौसममा सुधार भएसँगै बाजुराको जनजीवन

दार्चुलाका किसानको गुनासो– ‘लटरम्म स्याउ फले, बिक्री हुँदैन’

दार्चुला– दार्चुलाको अपी हिमाल गाउँपालिका–३ पाथा र कसौती गाउँमा लटरम्म