ओलीसँग रवीन्द्र मिश्रको भेट, एक मुठ्ठी सिक्का उपहार « Khabarhub

ओलीसँग रवीन्द्र मिश्रको भेट, एक मुठ्ठी सिक्का उपहार


१३ भदौ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – विवेकशील साझा पार्टीका पूर्व अध्यक्ष रवीन्द्र मिश्रले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका छन् ।

भेटका लागि मिश्र हिजो साँझ ओली निवास बालकोट पुगेका थिए । त्यसको भोलिपल्ट मिश्रले ओलीसँग अढाई घण्टा आफ्नो भेटवार्ता भएको बताएका छन् ।

‘आसन्न निर्वाचन, देशको राजनीति र भूराजनीति, विदेशी चासो र हस्तक्षेप, राजसंस्थाको आवश्यकता र असान्दर्भिकता, उहाँको राजनीतिक यात्रा, जेल जीवन र गोलघरको पीडा, चुच्चे नक्सा पारित गर्नु पूर्व भोगेका जटिलता तथा अन्य कयौँ विषयमा कुराकानी भयो।’ मिश्रले सामाजिक सञ्जालमा लेखेका छन् ।

‘तपाईँ धर्म-संस्कृतिदेखि भूगोल र इतिहासका यति धेरै कुरा कसरी गर्न सक्नुहुन्छ भन्ने आफ्नो प्रश्नमा ओलीले आफू अहिले पनि राती सुत्नुअघि कम्तीमा एक घण्टा पढ्ने गरेको जवाफ दिएको मिश्रले उल्लेख गरेका छन् ।

ओलीले  ‘तपाईँ चेस खेलेर आएको मान्छे अहिले बास्केटबलको मैदानमा हुनुहुन्छ, जहाँ छलछाम, घम्साघम्सी सबै हुन्छ। नआत्तिनु होला।’ भनेर सुझाव दिएको मिश्रले बताएका छन् ।

भेटको अन्त्यमा ओलीले आफू प्रधानमन्त्री हुँदा छाप्न लगाएका एक र दुई रुपैयाँको एक मुठ्ठी सिक्का उपहार दिएको तस्बिरसहित उनले फेसबुकमा राखेका छन् ।

प्रकाशित मिति : १३ भदौ २०७९, सोमबार  ९ : ०९ बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको