त्रिविको समस्या तत्काल समाधान गर्न सभामुखको रुलिङ « Khabarhub

त्रिविको समस्या तत्काल समाधान गर्न सभामुखको रुलिङ


१३ भाद्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सभामुख अग्निप्रसाद सापकोटाले त्रिभुवन विश्वविद्यालयमा देखिएका समस्या समाधान गर्न सरकारलाई रुलिङ गरेका छन् ।

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा एमालेका सांसद प्रदीप ज्ञवालीले त्रिविको समस्या समाधान गर्न रुलिङको माग गरेका थिए । उनका मागबमोजिम सभामुख सापकोटाले त्रिविमा देखिएका समस्या तत्काल समाधान गर्न सरकारलाई निर्देशन दिएका हुन् ।

लामो समयदेखि त्रिविमा लागेको तालाबारे उपकुलपतिसहितको जवाफ मागेका सांसद ज्ञवालीले समस्या समाधानमा सरकारले पहल नगरेको आरोप लगाए ।

समस्या समाधानका लागि रुलिङ जारी नभएसम्म बैठक चल्न नसक्ने बताउँदै एमालेका सांसद उठेर विरोध जनाएपछि सभामुख सापकोटाले सरकारको नाममा रुलिङ गरेका हुन् ।

प्रकाशित मिति : १३ भाद्र २०७९, सोमबार  ११ : ४० बजे

कांग्रेसको विशेष महाधिवेशन : उम्मेदवारको मनोनयन दर्ता बुधबार बिहान हुने

काठमाडाैं – नेपाली कांग्रेस विशेष महाधिवेशनअन्तर्गत हुने केन्द्रीय कार्यसमितिको निर्वाचनका

फागुन २१ को निर्वाचन देशभर एकै चरणमा हुन्छ : गृहमन्त्री अर्याल

सप्तरी – गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी फागुन २१ गते हुने

अवैध अन्तरराष्ट्रिय कल बाइपासमा संलग्न सात चिनियाँ पक्राउ

काठमाडौं – अवैध अन्तरराष्ट्रिय कल बाइपासमा प्रयोग गरिएका उपकरणसहित सात

बुधबारदेखि राष्ट्रिय लिग फुटबल सुरु हुँदै

काठमाडौं – अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को आयोजनामा बुधबारदेखि काठमाडौंमा

विशेष महाधिवेशनबाट पार्टी झनै बलियो हुन्छ : महामन्त्री शर्मा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनबाट पार्टी