एकीकृत समाजवादी वैकल्पिक कम्युनिष्ट शक्तिका रुपमा स्थापित : मन्त्री चौधरी « Khabarhub

एकीकृत समाजवादी वैकल्पिक कम्युनिष्ट शक्तिका रुपमा स्थापित : मन्त्री चौधरी


१३ भाद्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ- एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य एवं सहरी विकास मन्त्री मेटमणि चौधरीले एकीकृत समाजवादी पार्टीलाई जनताले वैकल्पिक कम्युनिष्ट शक्तिका रुपमा लिएकाले जनतामा स्थापित भएको बताएका छन् ।

एकीकृत समाजवादी दाङले सोमबार घोराहीमा आयोजना गरेको पाँचौँ पूर्ण बैठकमा बोल्दै मन्त्री चौधरीले भने, ‘स्थानीय निर्वाचनबाट जनताले हाम्रो पार्टीलाई वैकल्पिक कम्युनिष्ट पार्टीका रुपमा स्वीकार गरिसकेका छन् । त्यसकारण हामी अरूभन्दा भिन्न, वैज्ञानिक चेतनाका आधारमा फराकिलो हृदयका साथ उभिन जरुरी छ । जनताको आशाको केन्द्र बन्न जरुरी छ ।’

स्थानीय चुनावबाट एमाले रेड जोनमा पुगेको र अब ऊसँग राप्रपा र सिके राउतको पार्टी बाहेक कोही पनि दल मिल्न नचाहने अवस्था सिर्जना भएको उनले बताए ।

‘ओली नेतृत्वको एमालेले संवैधानिक सर्वोच्चता र संसदीय प्रणाली माथि नै निरन्तर धावा बोलेकाले ऊ क्रमशः कमजोर बन्दै गइरहेको छ । स्थानीय निर्वाचनमा एकैचोटी ३३ प्रतिशतले ओरालो लागेको एमाले अबको संसदीय निर्वाचनबाट संकटग्रस्त स्थितिमा पुग्नेछ,’ मन्त्री चौधरीले भने ।

दुनियाँमा विद्रोह गर्नेहरू नै मूल धारको शक्ति भएको बताउँदै मन्त्री चौधरीले विद्रोह गर्नु भनेको कमजोर हुनु वा एक्लो हुनु नभएर दिनदिनै फैलँदै जानु अथवा शक्तिशाली बन्नु रहेको जनाए ।

थोरै मान्छेहरूले मात्र विद्रोह गर्ने र विद्रोह गर्नेहरूले इतिहास रच्ने बताउँदै उनले अगाडि भने, ‘हरेक युगमा विद्रोह भएको छ । दास युगमा विद्रोह भयो । सामन्ती युगमा पनि केहीले विद्रोह गरे । त्यसैले आज पुँजीवादी युग प्रारम्भ भएको छ । यो युगमा पनि फेरि विद्रोह अवश्य हुनेछ । यसरी विद्रोहबाट नै समाज परिवर्तन हुँदै अगाडि बढ्छ ।’

प्रकाशित मिति : १३ भाद्र २०७९, सोमबार  १२ : ०५ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु