सवारी दुर्घटनामा पाँच जनाको मृत्यु   « Khabarhub

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु  


१३ भाद्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मकवानपुर, काभ्रेपलाञ्चोक, चितवन र रूपन्देहीमा भएका सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–९ स्थित सडकमा ग.२२ प ६१३ नम्बरको मोटरसाइकल ना.४ ख ९६०३ नम्बरको ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । 

आइतबार भएको सो दुर्घटनामा मृत्यु हुनेमा मोटरसाइकलमा सवार पर्सा ठोरी गाउँपालिका–२ घर भएकी २५ वर्षीया सृजना बिक रहेकी छन् ।  दुर्घटनामा गम्भीर घाइते भएकी उनको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक मृतकका श्रीमान र मोटरसाइकलमा सवार उनका छोरा उपचार पश्चात डिस्चार्ज भएका छन् । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–७ बसपार्कस्थित सडकमा बा.६० प ५२४३ नम्बरको मोटरसाइकल गएराति दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा मोटरसाइकल चालक सिन्धुपाल्चोक मेलम्चि नगरपालिका–१३ बस्ने ३० वर्षीय प्रमात्मा तिवारी रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको शिरमेमोरीयल अस्पताल बनेपामा उपचारको क्रममा मृत्यु भएको हो । चितवनको भरतपुर महानगरपालिका–५ कल्याणपुरमा रोकी राखेको ना.७ ख २९७९ नम्बरको टिपरमा बागमती प्रदेश ०३–००४ प ५३७८ नम्बरको मोटरसाइकल सोमबार बिहान ठोक्किँदा एक जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा मोटरसाइकल चालक भरतपुर महानगरपालिका–२७ दिब्यनगर बस्ने ३३ वर्षीय विजय भुजेल रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

रूपन्देहीको तिलोत्तमा नगरपालिका–६ गोरकट्टास्थित सडकमा लु.१६ प ६१३० नम्बरको मोटरसाइकल आइतबार साँझ दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकलमा सवार तिलोत्तमा नगरपालिका–३ शंकरनगर बस्ने १२ वर्षीय समिक्षा खराल र ७ वर्षीय सुग्रिम खराल रहेका छन् । 

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको क्रिमसन अस्पताल मणिग्राममा उपचारको क्रममा मृत्यु भएको हो । उक्त मोटरसाइकल लु.२८ प ४३७३ नम्बरको मोटरसाइकलमा ठोक्किई अनियन्त्रित हुँदा लु.१ क ३०६४ नम्बरको मिनी ट्रकमा समेत ठोक्किन पुगेको थियो । 

दुर्घटनामा घाइते भएका दुवै मोटरसाइकलमा सवार अन्य ४ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

प्रकाशित मिति : १३ भाद्र २०७९, सोमबार  १२ : ३६ बजे

सुर्खेतमा दुई दिन कुरेर सिलिन्डर भर्छन् उपभोक्ता

कर्णाली– सुर्खेतमा एक सातादेखि खाना पकाउने एलपी ग्यास लिन आउनेहरूको

पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

चितवन– ठाउँठाउँमा खसेको पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक पूर्ण रूपमा सञ्चालनमा

संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

गण्डकी– बिना व्यावसायिक योजना निर्माण गरिएका कतिपय विमानस्थल सञ्चालनमा आउन

जेलेन्स्कीलाई बर्नह्यामको पहिलो कूटनीतिक स्वागत, युक्रेनप्रतिको बेलायती समर्थन पुनः पुष्टि

लन्डन- बेलायतका नवनियुक्त प्रधानमन्त्री एन्डी बर्नह्यामले पदभार ग्रहण गरेको एक सातापछि

देवानगञ्ज घटना हुँदा सुनसरीमा थिएनन् दुवैजना एसपी

सुनसरी– सुनसरीको देवानगञ्ज गाउँपालिका-३ स्थित कप्तानगञ्ज (नयाँ हटिया क्षेत्र) मा